Mukundasen TV HD- मुकुन्दसेन टेलिभिजन

  • Home
  • Mukundasen TV HD- मुकुन्दसेन टेलिभिजन

Mukundasen TV HD- मुकुन्दसेन टेलिभिजन MUKUNDASEN MEDIA PVT. LTD.
(2)

परियार सेवा समाज, नवलपुरको निःशुल्क एम्बुलेन्स सेवाको समुद्घाटन समारोहका तस्बीरहरु
17/07/2025

परियार सेवा समाज, नवलपुरको निःशुल्क एम्बुलेन्स सेवाको समुद्घाटन समारोहका तस्बीरहरु

16/07/2025

मध्यविन्दु नगरपालिकाद्धारा निर्मित अरुणखोला सामुदायिक सभाहलको समुद्घाटन तथा हस्तान्तरण समारोहमा मध्यविन्दु नगरपालिकाले अहिलेसम्म गरेका प्रगतीहरुको जानकारीका साथ नगरबासीलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख भिमलाल अधिकारी

बिमा सेवा सम्बन्धि सूचना
16/07/2025

बिमा सेवा सम्बन्धि सूचना

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया ...
16/07/2025

भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मंगलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टी ट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिए पनि साँझ मृत्यु भएको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो । नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूल...
16/07/2025

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो । नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ । भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ । सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरु दुबैको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ ...
15/07/2025

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।

घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
15/07/2025

घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

15/07/2025

विपद ब्यवस्थापनको लागि मध्यविन्दु नगरपालिकाले कस्तो तयारी गरेको छ ? बाढी पहिरोको जोखिम न्यूनिकरणका लागि गरिएका प्रयासहरु के के हुन् भन्ने विषयमा रहेर मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारी सँग गरिएको कुराकानी

नवलपुरको कावासोतीमा करेन्ट लागेर कामदारको मृत्यु भएको छ । नवलपुरको कावासोती-३ मा निर्माणाधिन नमूना सदरमुकाममा करेन्ट लाग...
14/07/2025

नवलपुरको कावासोतीमा करेन्ट लागेर कामदारको मृत्यु भएको छ । नवलपुरको कावासोती-३ मा निर्माणाधिन नमूना सदरमुकाममा करेन्ट लागेर कामदारको मृत्यु भएको हो । सोमबार दिउसो एक बजेको समयमा सदरमुकाम निर्माण स्थलमा करेन्ट लागेर बर्दिया ठाकुरबाबा घर भई हाल कावासोती दुईमा डेरा गरी बस्ने ३५ वर्षका सरोज थारुको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । नमुना सदरमुकाम निर्माण स्थलमा निर्माणाधीन सरकारी भवनको सभाहलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको हो ।

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना, २९ जना घाइते, तीनको अवस्था गम्भीरकाठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिल...
13/07/2025

काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना, २९ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पंकज चुदांलीका अनुसार काठमाडौंदेखि दाङ जाँदै गरेको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो।

लु।प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा तीन जनको अवस्था गम्भीर रहेको उनले बताए। गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक चुदांलीको भनाइ छ।

नेवा मिसा दबु गैंडाकोट नगर समितिद्धारा आयोजित सम्मान कार्यक्रमका तस्बीरहरुमुकुन्दसेन टेलिभिजनलाई पनि योगदानको कदर गर्दै ...
12/07/2025

नेवा मिसा दबु गैंडाकोट नगर समितिद्धारा आयोजित सम्मान कार्यक्रमका तस्बीरहरु

मुकुन्दसेन टेलिभिजनलाई पनि योगदानको कदर गर्दै गर्नुभएको सम्मान प्रति हामी मुकुन्दसेन टेलिभिजन परिवार खुशी भएका छौं र अध्यक्ष सीता श्रेष्ठ मेडम लागयत सम्पूर्ण नेवा मिसा दबु गैंडाकोट नगर समिति प्रति हार्दिक आभार ब्यक्त गर्दछौं ।

Address


Alerts

Be the first to know and let us send you an email when Mukundasen TV HD- मुकुन्दसेन टेलिभिजन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mukundasen TV HD- मुकुन्दसेन टेलिभिजन:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share