Kavre time

Kavre time सत्य तत्थे खबर तथा रोचक भिडियोका लागि Kavre Time लआइ subscribe gari dinu hola

21/04/2025

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन् । साेमवारकाे मन्त्रिपरिषदले शिक्षकहरूकाे मागकाे प्याकेजमै निर्णय गर्ने बताइरहेकाे समयमा प्रस्ताव गर्ने मन्त्रीकाे राजीनामा आएकाे छ ।

21/04/2025

उत्साहित राजसंस्थावादी ! राजावादीको आन्दोलनलाई अपराधीकरण गर्दै प्रचण्ड

19/04/2025

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण मार्फत नेपाल सरकारले काभ्रेपलाञ्चोक जिल्लाका १० वटा पालिकाका २ हजार ८ सय ९५ घर परिवारका लागि पहिलो किस्ता बापत २५ हजार रकम उपलब्ध गराउने गरी रकम निकासा गरेको छ । दोश्रो किस्ता बापत थप २५ हजार उपलब्ध हुनेछ
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण बैशाख ४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेलाई ७ करोड २३ लाख ७५ हजार रुपैया निकासा गरेको हो । पहिलो चरणमा महाभारतमा १७, बेथान्चोकमा २ सय ३९ र नमोबुद्धमा ८ सय २४ घर परिवारका लागि २ करोड ७० लाख रुपैया निकासा माग गरिएको थियो । चैत्र २१ गते दोश्रो चरणमा जिल्लाका ७ वटा पालिकाको रकम निकासा माग गरिएको थियो । पनौती ६ सय ३४, पाँचखाल ८८, धुलिखेल ८६, मण्डनदेउपुर १ सय ३३, खानीखोला ४६, चौरीदेउराली २ सय ८०, रोशी ५ सय ४८ घर परिवार गरी ४ करोड ५३ लाख ७५ हजार रुपैया निकासा माग गरिएको थियो । अस्थायी आवासका लागि बनेपा, तेमाल र भुम्लु बाहेकका १० वटा पालिकाका नागरिकहरुका लागि पहिलो किस्ता बापतको रकम निकासा माग गरेको डेढ महिनासम्म रकम प्राप्त हुन सकेको छैन । तीनवटा पालिकाका स्थानीय विपद ब्यवस्थापन समितिले गर्नु पर्ने निर्णय नगरी सिधै विवरण मात्रै भरेकाले अस्थायी आवासको पहिलो किस्ता बापतको रकम निकासा माग नगरिएको हो
‘असोज १०–१२ गते परेको अविरल वर्षा, वाढी र पहिरोका कारण क्षति भएका घरपरिवारको अस्थायी आवास निर्माणका लागि स्थानीय तहका लाभग्राहीलाई पहिलो किस्ता भूक्तानीका लागि जिल्ला विपद् ब्यवस्थापन कोषमा रकम निकासा गरिएको छ’–पत्रमा भनिएको छ–‘निजी आवास पूर्ण रुपमा क्षति भएको आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घर परिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न विपद्बाट प्रभावित घर परिवारलाई अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने निर्णय अनुसार पहिलो र दोश्रो किस्तामा २५÷२५ हजारले ५० हजार उपलब्ध गराउन निकासा गरिएको छ
असोज १०–१२ को अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लामा अरबौको क्षति भयो । ८१ जनाले ज्यान गुमाए । हजारौ परिवार विस्थापित बन्न पुग्यो । सयौ घाईते भए । अलपत्र परे । विपत्ति पछि तत्काल गुजाराका लागि १३ वटा पालिकाका ६ हजार ३ सय १५ परिवारले १५ हजार र २० हजारका दरले १० करोड ३९ लाख ३६ हजार ५ सय रुपैया नगद प्राप्त गरेका छन् । यो रकम सरकारले युनिसेफ, नेपाल रेडक्रस सोसाईटी लगायतका संस्थाको सहयोगमा उपलब्ध गराएको हो । यो पनि विपत्तिको ५ महिना पछि उपलब्ध गराईएको हो
जसमध्ये सबैभन्दा धेरै रोशी गाउँपालिकामा १२ सय ३२ घर परिवारले १ करोड ९९ लाख ५ हजार रुपैया प्राप्त गरेका छन् भने तेमालमा १ हजार २१ घर परिवारले १ करोड ९० लाख २५ हजार रुपैया नगद प्राप्त गरेका छन् । बनेपा नगरपालिकामा ४६ घर धुरी, पनौतीमा ९ सय ६३, धुलिखेलमा ८५, नमोबुद्धमा ९ सय २४, मण्डनदेउपुरमा ९ सय ८, पाँचखालमा ६९, बेथान्चोकमा ४ सय ७६, भुम्लुमा ३ सय ३८ घर परिवारले नगद सहयोग प्राप्त गरेका छन् । चौरीदेउरालीमा १ सय ८०, महाभारतमा २७, खानिखोलामा ४६ घर परिवारले नगद बुझेका छन्

19/04/2025

नेपाली भूमिका भारतीय डोजर, निरिह सरकार बरु जंगिए स्थानीय

Who will win today's match Nepal vs Afghanistan
18/04/2025

Who will win today's match Nepal vs Afghanistan

18/04/2025

रास्वपामा फेरि भाँडभैलो, नेताहरु तितरवितर ! -

18/04/2025

गभर्नरका लागि प्रस्ताव भएकाे भनिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ
भट्टकाे योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन्
उप्रेती र थापाले नै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्दै ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन सर्वोच्चले भनेको थियो । साेही रिटमै समावेश हुनेगरी पूरक निवेदन परेको ह
भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

वैवाहिक जीवनको हार्दिक बधाई अनि शुभकामना Abinash Bohara, , Button
18/04/2025

वैवाहिक जीवनको हार्दिक बधाई अनि शुभकामना Abinash Bohara, , Button

18/04/2025

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिएकाे छ । बोर्डले विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनका कारण परीक्षा नसरेको स्पष्ट पारेकाे हाे
सामाजिक सञ्जालमा परीक्षा सरेकाे भन्ने भ्रामक सूचना आएपछि बोर्ड विज्ञप्ति नै जारी गरेकाे हाे
‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

18/02/2025

आनीहरू किन सिक्छन् 'कुङ फू'? | Kung Fu Nuns Nepal | White Gumba | Druk Amitabh

Address


Alerts

Be the first to know and let us send you an email when Kavre time posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre time:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share