Routine Of Loksewa Nepal

  • Home
  • Routine Of Loksewa Nepal

Routine Of Loksewa Nepal loksewa Suchana, aayog mcq, daily pcs

08/10/2025
07/10/2025
26/09/2025
26/09/2025
26/09/2025
26/09/2025

नेपालमा साक्षरता जिल्ला ६८ पुग्दा, कर्णालीका ९ जिल्ला साक्षरता घोषित — अब कर्णाली प्रदेस को साक्षरता घोषणा हुन बाँकी केवल डोल्पा जिल्ला

25/09/2025
25/09/2025

विभिन्न दल र सरकारका नाममा दशकौंदेखि देश लुटिएको अवस्था थियो । यो अवस्थाबाट निराशाको पराकाष्ठा नाघेका नेपालीले...

25/09/2025

विराटनगर । मन्त्रिपरिषद्को आइतबारको बैठकले अनुत्पादक खर्च कटौती गर्ने निर्णय गर्दै सांसद र मन्त्रीहरूलाई उपलब्ध गराइँदै आएको स्वकीय सचिव हटाउने घोषणा गरेको छ।

यस निर्णय कार्यान्वयन भए सातै प्रदेशका ४७३ जना प्रदेशसभा सदस्य र राष्ट्रिय सभाका ५९ जनाका स्वकीय सचिव पद खारेज हुनेछन्। कोशी प्रदेशसभा सचिवालयका अनुसार गत आर्थिक वर्षमा मात्रै स्वकीय सचिवका नाममा ३ करोड ७४ लाख ७६ हजार रुपैयाँभन्दा बढी खर्च भएको थियो। औसतमा एक जना प्रदेश सांसदको स्वकीय सचिवका लागि वार्षिक ४ लाख ५१ हजार रुपैयाँ खर्च हुने गरेको छ।

हाल सातै प्रदेशमा ७४ जना मन्त्री छन्। उनीहरूलाई स्वकीय सचिव राख्ने अनुमति कायम रहनेछ। बाँकी ४७३ जना प्रदेशसभा सदस्यका स्वकीय सचिव हटाउँदा मात्र वार्षिक २१ करोड ३५ लाख रुपैयाँभन्दा बढी बचत हुने अनुमान गरिएको छ। त्यस्तै, राष्ट्रिय सभाका ५९ सदस्यका स्वकीय सचिव हटाउँदा ३ करोड २९ लाख रुपैयाँभन्दा बढी खर्च जोगिनेछ।

प्रदेशगत विवरणअनुसार कोशीमा ८३, मधेशमा ९५, बागमतीमा ९६, गण्डकीमा ४९, लुम्बिनीमा ७५, कर्णालीमा ३२ र सुदूरपश्चिममा ४४ जना सांसदका स्वकीय सचिव हट्नेछन्।

सरकारको विज्ञप्तिमा ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रदेश प्रमुख’ बाहेकका पदाधिकारीलाई सल्लाहकार नियुक्त नगर्ने व्यवस्था गरिएको छ। यस्तै, सांसदलगायत अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिव सुविधा खारेज गर्ने स्पष्ट उल्लेख गरिएको छ।

साथै, मन्त्री तथा पदाधिकारीका लागि छुट्टै स्वकीय सचिवालय नबनाउने, मन्त्रालयमा कार्यकक्ष नदिनेजस्ता व्यवस्था पनि गरिएको छ। यस्ता सचिवालयमार्फत सवारी साधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा उपलब्ध नगराइने निर्णय सरकारले गरेको छ।

Address


Telephone

+9779812517816

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Loksewa Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share