23/07/2025
शिवराजमा बस दुर्घटना : १९ जना घाइते, दुईको अवस्था गम्भीर
आज मिति २०८२ साउन ७ गते दिउँसो करिब ३:४५ बजे बहादुरगञ्जबाट कृष्णनगरतर्फ जाँदै गरेको भे. १ ख ११८२ नम्बरको यात्रुबाहक बस शिवानगर क्षेत्रमा दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन्।
दुर्घटनामा परेकाहरूको प्रारम्भिक उपचार शिवराज अस्पताल, बहादुरगञ्ज मा भइरहेको छ। अस्पतालका अनुसार सामान्य चोटपटक लागेकाहरूको उपचार सोही अस्पतालमै भइरहेको छ भने दुई जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
घाइतेहरूको विवरण यस्तो छ:
१. रेन बहादुर सार्की (६४) – अर्घाखाँची छत्रदेव-३
२. सरस्वती सार्की (५७) – अर्घाखाँची (गम्भीर, रिफर)
३. रामबहादुर सुनार (३५) – दाङ, घोराही-३
४. विष्णु बस्नेत (२९) – तुलसीपुर उपमहानगरपालिका-१२
५. कोकिल ब. केसी (६४) – कृष्णनगर-१, शिवानगर
६. लखपती कुर्मी (३५) – महाराजगंज-२
७. गणेश बस्नेत (३४) – तुलसीपुर-१२
८. ओम प्रकाश चौधरी (४८) – कृष्णनगर-९, जुमिला
९. जवाहिरलाल कोरी (२२) – चन्द्रौटा (गम्भीर, रिफर)
१०. राधेश्याम कुर्मी (५०) – कृष्णनगर-९
११. सकिल अहमद (१७) – डुमरिया, भारत
१२. महेश नाउ (३६) – कृष्णनगर-९
१३. शिवपुजन यादव (२५) – कृष्णनगर-९
१४. अकलमती कोरी (४८) – कृष्णनगर-९
१५. बिफै कोरी (४९) – कृष्णनगर-९
१६. दिलबहार अली (५२) – शिवराज-८
१७. तिलकराम कोरी (४०) – कृष्णनगर-९
१८. रिता कोरी (४०) – कृष्णनगर-९
१९. सुरेन्द्र कुमार चौधरी (३३) – कृष्णनगर-९
#आज #भारत #बस