27/08/2026
बाढीपीडितका नाममा आर्थिक दुरुपयोग हुनसक्ने एनआरएनए जापानको चिन्ता : नेपाल सरकार वा एनआरएनए जापानले उपलब्ध गराएको आधिकारिक खातामा मात्रै सहयोग जुटाउन अपिल
नेपालमा बाढी पीडितलाई राहतकालाई सहयोग गर्न एनआरएनए जापानले अपिल गरेको छ । तर, सहयोग रकम व्यक्तिगत खाता, क्यूआर तथा व्यक्तिगतरुपमा नभई नेपाल सरकारले आधिकारिक रूपमा सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा वा एनआरएनए जापानले आधिकारिक रूपमा सार्वजनिक गरेको संस्थागत बैंक खातामा मात्र प्रदान गर्न भनेको छ । एनआरएनए जापानले राहत संकलन अभियानलाई पूर्ण रूपमा पारदर्शी, संस्थागत र आधिकारिक माध्यमबाट सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै संकलित सहयोग रकमको विवरण तथा यसको उपयोग सम्बन्धमा आवश्यक जानकारी संस्थागत रूपमा सार्वजनिक गर्ने पनि जनाएको छ ।
🔹एनआरएनए जापानको आधिकारिक बैंक खाता
Bank Name: GMOあおぞらネット銀行
Financial Institution Code: 0310
Branch Name: 法人第二営業部
Branch Code: 102
Account Number: 2073125
Account Holder (Kanji): 一般社団法人NRNA JAPAN 海外在住
Account Holder (Katakana): イッパンシャダンホウジン エヌアールエヌエー ジャパン カイガイザイジュウ