यो एफ.एम. बिबिध जात,जाती,भाषा,भाषी,कला,संस्कृतीको संगम जस्तो देखिन्छ ।यही यथार्थतालाई मनन् गर्दै एफ.एमले बिबिध जातजाती,भाषाभाषीको कला,संस्कृती र परम्परा झल्किने एवं पूर्वी पहाड एवं तराइका ऐतिहासिक तथा पुरातत्विक महत्व रहेका स्थानहरुको पहिचान झल्कने सप्तरङ्गी गाथा हरेक दिन बिहान पौने ५बजे प्रसारण गर्ने गरेको छ ।सबै जातजाती तथा भाषा भाषीको प्रतिनिधित्व हुने सप्तरङ्गी गाथा एफ.एम.को मौलिक पहचिान हो ।
� यसका साथै एफ एमले स्थानिय भाषामा समाचार प्रसारण गर्ने लक्ष्य अनुसार तथा धिमाल भाषाको समाचार प्रत्येक दिन प्रसारण गर्दै आइरहेको छ ।यसका अतिरिक्त बिभिन्न जातजातिका मौलिक कला,संस्कृतीलाई प्रर्वद्धन गर्ने खालका शिक्षामुलक तथा जनचेतनामुलक कार्यक्रम उत्पादन तथा प्रसारण गरी रहेको छ �।लोपोन्मुख अवश्थामा रहेका बिबिध जातजातीका कला संस्कृतिलाई संरक्षण गर्ने तर्फ हामी प्रतिबद्ध रहेको एफएमले जनाएको छ ।
लक्षित श्रोता
यस एफ.एम.ले हरेक बर्ग,क्षेत्र,समुदाय,जात जातीलाई उत्तिकै प्राथमिकता दिदै आएको छ ।बालबालिका, यूवा, बृद्धबृद्धा, दलित, महिला, आदीबासी, जनजाती, मधेसी सबैलाई समेट्ने गरी कार्यक्रम प्रसारण गरीरहेको छ ।सबै नागरिक आफना लक्षित साथी हुन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै एफएमले सबै बर्ग क्षेत्र,लिङ्ग,समुृदाय प्रति लक्षित भएर कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ । गतबर्ष देखि एफएमले आफनो प्रसारण क्षमतामा केही बृद्धी गरेको छ ।जसले गर्दा उसको प्रसारण क्षेत्र पनि बढेको छ ।जस्तै भोजपुर,खोटाङ,धनकुटा,तेह्रथुमसम्मका श्रोताले सप्तरङ्गी एफ.एम.सुन्न सक्ने भएका छन् । एफ.एम.ले गरेको श्रोता सर्भेक्षणको आधारमा २०लाख श्रोता भएको दाबी गरेको छ ।
सञ्चार संस्थासंगको समन्वय
एफएमले राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार संस्थाहरुसंग सम्पर्क,समन्वय र सम्बन्ध सुदृढ गर्ने कार्यलाई निरन्तरता दिइरहेको देखिन्छ ।यस एफ.एमको बिकासका लागी काठमाण्डौमा रहेको सगरमाथा एफ.एम,कम्यूनिकेसन कर्नर,इक्वेल एक्सेस,सर्च फर कमन ग्राउण्ड,एण्टेना फाउण्डेसन,प्रो पब्लिक,बि.बि.सी,वल्र्ड ट्रष्ट जस्ता संस्थाहरुसंग सहकार्य गरेको देखिन्छ ।यि संस्थाहरुले उत्पादन गरेका जनहितका निम्ती उत्पादन गरेका कार्यक्रमहरुलाई उपयूक्त स्थान दिई प्रसारण गरेर पूर्वाञ्चलका स्रोतालाई राजधानी र पश्चिम नेपालसंग जोडेको देखिन्छ ।