Nepal Filmy News

  • Home
  • Nepal Filmy News

Nepal Filmy News Nepal Filmy News
www.nepalfilmynews.com

नेपाल आइडल सिजन 6 उपाधी जित्न सफल भएकोमा गङ्गा सोनामलाई हार्दिक बधाई…!
31/08/2025

नेपाल आइडल सिजन 6 उपाधी जित्न सफल भएकोमा गङ्गा सोनामलाई हार्दिक बधाई…!

आजबाट प्रदर्शनमा आएका दुवै चलचित्र हरुलाई व्यवसायिक सफलताको शुभकामना! 🎥🎥
08/08/2025

आजबाट प्रदर्शनमा आएका दुवै चलचित्र हरुलाई व्यवसायिक सफलताको शुभकामना! 🎥🎥

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सुस्केरा बन्नेकाठमाडौ, साउन १९ मणिलिङेस्वर फिल्मसको ब्यानरमा संगीता अधिकारीको प्रस्...
04/08/2025

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सुस्केरा बन्ने
काठमाडौ, साउन १९ मणिलिङेस्वर फिल्मसको ब्यानरमा संगीता अधिकारीको प्रस्तुति रहने नेपाली कथानक चलचित्र सुस्केरा निर्माण हुने भएकोछ
शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहने सुस्केरा चलचित्र लाइ नबराज अधिकारी र डा. ओमकृष्ण प्रसाइले निर्माण गर्ने भएकाछन ! एउटा अबोध सडक बालक जो आफै बाच्न लाइ संघर्स गरिरहेकोछ तर उ अरुको लागि बाच्न चाहान्छ ,यहि सेरोफेरोको कथा सुस्केराले बोल्नेछ ! यस चलचित्रमा दिनेश कोइराला , नेहा देव, डा. ओमकृष्ण प्रसाइ, नबराज अधिकारी ,मौसमी कार्कि, र बालकलाकार हरु आलोक चौरेलि, नायरा प्रसाइको अभिनय रहनेछ ! यस चलचित्रमा रबिन्द्र बरालको छायांकन , राजन महर्जनको नृत्य ,मदन न्यौपानेको मेकप , राजेस कुमारको सम्पादन रहनेछ भने शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहनेछ भने काठमाडौको मिडिया कोर्डिनेटर प्रमोद डिजि हुन भने कोशि प्रदेशको मिडिया कोर्डिनेटर मनोज दहाल रहेकाछन
चलचित्रको छायांकन यहि भदौको दोश्रो साता बाट हुनेछ भने चलचित्रको छायांकन काठमाडौ , भक्तपुर ओरपरको एरियामा हुनेछ।।

02/08/2025

🎥 Movie: Janemaan (जाने मन)
✍️ Writer/Director: Bibek Thapa
🎬 Producer: Krishti / Kausal Malla
🎥 Cinematographers: Binod Chaudhari & Dilip Kahar
💪 Action Directors: Shree Shrestha & Gopal Pariyar
Movie Link :-https://youtu.be/qiJwpuLRGso?si=Wl3bj5ZQDJIOi9o8

सम्पूर्ण टिमलाई हार्दिक शुभकामना । असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को फस्टलुक रिलिज गरिएको छ ।
01/08/2025

सम्पूर्ण टिमलाई हार्दिक शुभकामना । असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को फस्टलुक रिलिज गरिएको छ ।

31/07/2025

Nepal Police Song
Movie :- Desh Bhakta Sipahi
Singer :- Rajesh Payel Rai
Lyrics/ Music :- Kedar Malla

चलचित्र कोशेढुङ्गा को पहिलो तीज गीत "नत्रभने जिन्दगी " सार्वजनिक     ‪ ‬  ‪ ‬ ‬
21/07/2025

चलचित्र कोशेढुङ्गा को पहिलो तीज गीत "नत्रभने जिन्दगी " सार्वजनिक ‪ ‬ ‪ ‬

​ Presents, Natra Bhane Jindagi (Koshedhunga) - New Movie Teej Song 2025 Audio Song Credits:Singer - , ...

चलचित्र "रियल रिङ्गेट"को ट्रेलर सार्वजनिक भइसकेको छ ! ट्रेलर हेरेर कस्तो लाग्यो, कृपया आफ्नो मनमा लागेको कुरा कमेन्ट मार...
17/07/2025

चलचित्र "रियल रिङ्गेट"को ट्रेलर सार्वजनिक भइसकेको छ ! ट्रेलर हेरेर कस्तो लाग्यो, कृपया आफ्नो मनमा लागेको कुरा कमेन्ट मार्फत व्यक्त गरिदिनुहोला। पूरा चलचित्र भने यही श्रावण १६ गते देखि देशभरका सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ।

Official Trailer of New Nepali Movie RIYAL RINGGIT :PRAMOD CHAULAGAIN / NEETA DHUNGANA / CHHULTHIM DOLMA GURUNG / RABINDRA KHADKA / DHRUBA KOI...

Chameli Ko Poi -  चमेलीको पोइ ❣️ चैत्र १३ ‘ रामनवमी ‘ देखि… Nepal Filmy News
16/07/2025

Chameli Ko Poi - चमेलीको पोइ ❣️
चैत्र १३ ‘ रामनवमी ‘ देखि…
Nepal Filmy News

चलचित्र ‘मोहर’(फिल्म साउन २३ देशभर)
15/07/2025

चलचित्र ‘मोहर’(फिल्म साउन २३ देशभर)

काठमाडौं । देशभरका सिनेमा घरमा चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । नर प्रधान (मित्र) को कथा तथा निर्देश...
13/07/2025

काठमाडौं । देशभरका सिनेमा घरमा चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । नर प्रधान (मित्र) को कथा तथा निर्देशनमा बनेको यो चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमा घरमा आएको हो । सामाजिक कथामा बनेको यो चलचित्रका लागि मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै अग्रिम टिकट बुकिङ खुला गरेका छन् । नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित यो चलचित्रको बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । प्रिमियर कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, सुरक्षाकर्मी, कलाकार, संघसंस्थाका पदाधिकारीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो । प्रिमियरमा चलचित्रले तारिफ बटुल्न सफल भएको थियो । चलचित्र हेरेपछि वरिष्ठ निर्देशक तुलसी घिमिरेले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय रहेको प्रतिक्रिया दिनुभयो । उहाँले चलचित्रले नयाँ पुस्तासँगै वर्तमान पुस्तालाई पनि मातृभाषाप्रतिको जिम्मेवारी सम्झाउने सन्देश दिएको बताउनुभयो । कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावना र भाषाको महत्व झल्काउने प्रस्तुति भएका कारण चलचित्र सम्पूर्ण नेपालीका लागि हेर्नलायक रहेको सुनाउनुभयो । निर्देशक अशोक शर्माले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्नुभयो भने लोकगायिका ज्योति मगरले विषयवस्तु सन्देशमूलक भएकाले सम्पूर्ण नेपालीले हेर्नुपर्ने चलचित्र भएको जिकिर गर्नुभयो । सञ्चारकर्मी सुशील नेपालले विदेशमा बस्दा मातृभाषा र संस्कृति कति महत्वपूर्ण हुन्छ भन्ने बोध हुने बताउनुभयो । उहाँले चलचित्रले त्यही अनुभूति दिन खोजेको भन्दै यस्ता चलचित्रलाई राज्यले कर छुट दिनुपर्ने सुझावसमेत दिनुभयो । प्रिमियरमा पत्रकार टिकाराम यात्री, लोकगायक बद्री पंगेनी, गायिका राधिका हमाल, नृत्य निर्देशक कमल राई, निर्देशक राजेन्द्र सलभ, ऋषि लामिछाने, पूर्वसांसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, निर्माता राजकुमार राई, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, हास्य कलाकार दिनेश काफ्लेलगायत विशिष्ट व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो । उनीहरूले चलचित्रले विश्वभर रहेका सबै नेपालीलाई जोड्ने भावनात्मक सन्देश बोकेको बताएका थिए ।
चलचित्रका मुख्य कलाकार विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङले प्रिमियरमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले आफूहरू ढुक्क भएको बताउनुभयो । निर्देशक मित्र प्रधान (नर)ले चलचित्रले उठाएको विषयले दर्शकको मन छोएको र यस्ता कामले भाषा, कला र देशको सम्मान हुने बताउँदै सम्पूर्ण नेपाली दर्शकलाई हलमा गएर चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गर्नुभयो । प्रिमियरमा अमेरिकाबाट नेपाल आउनुभका समाजसेवी तथा गीतकार पाँचम तामाङको उपस्थिति विशेष रहेको थियो । ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा तयार भएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गर्नुभएको हो । चलचित्रमा नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौलालगायतको पनि अभिनय छ । चलचित्रको कथा शिवम् अधिकारीले लेख्नुभएको हो । सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा सत्यम रानाको सिजिआई रहेको छ ।
चलचित्रमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो हृयाङ राईको संगीत छ भने गीतहरूमा दीपक शर्मा, विल्सनविक्रम राई, शंकर अधिकारी घायल र खैजडी गीतका लागि अनिश अधिकारीको शब्द संकलन छ । चलचित्रको वितरण आर आर फिल्मस्ले गरेको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Nepal Filmy News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Filmy News:

  • Want your business to be the top-listed Media Company?

Share