Routine of Bagmati Banda

  • Home
  • Routine of Bagmati Banda

Routine of Bagmati Banda i am a journalist as well social servicer.

ओलीको ग्यारेन्टी म भएँ।
01/08/2026

ओलीको ग्यारेन्टी म भएँ।

खुसीको खबर! आशाको उज्यालो अझ बलियो बनेको छ। बोन म्यारो ट्रान्सप्लान्टका लागि भारतमा उपचाररत शर्मिला ठाडा दिदीको खातामा उ...
31/07/2026

खुसीको खबर! आशाको उज्यालो अझ बलियो बनेको छ।

बोन म्यारो ट्रान्सप्लान्टका लागि भारतमा उपचाररत शर्मिला ठाडा दिदीको खातामा उपचार सहयोगस्वरूप रु. १५,००,००० (पन्ध्र लाख) जम्मा भएको छ। यो सहयोगले उहाँको उपचार यात्रामा ठूलो आशा थपेको छ।

यद्यपि, ट्रान्सप्लान्ट सफल बनाउन आवश्यक अस्थिमज्जा दाता (Bone Marrow Donor) भने अझै भेटिएको छैन भन्ने जानकारी प्राप्त भएको छ।

अब सबैको एउटै प्रार्थना छ—छिट्टै उपयुक्त दाता भेटियोस्, उपचार सफल होस् र शर्मिला दिदीले नयाँ जीवन पाएर स्वस्थ रूपमा आफ्ना परिवारको काखमा फर्किन सकून्।

सहयोग गर्ने सम्पूर्ण दातृमन, शुभेच्छुक र अभियानमा साथ दिने सबैप्रति हार्दिक धन्यवाद। तपाईंहरूको सानो सहयोग र सद्भावले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।

शर्मिला दिदी, तपाईं अवश्य जित्नुहुनेछ। हामी सबैको शुभकामना र प्रार्थना तपाईंको साथमा छ। 🙏❤️यो बारे भर्खरै अभिनव बज्रले जानकारी गराएका छ ।

छोरालाई बुढेसकालको लाठी र सहारा मानिन्छ। आफूले आधा पेट खाएर, दुःख-कष्ट सहेर, घाँस-दाउरा गर्दै पसिना बगाउँदै हुर्काएका ति...
31/07/2026

छोरालाई बुढेसकालको लाठी र सहारा मानिन्छ। आफूले आधा पेट खाएर, दुःख-कष्ट सहेर, घाँस-दाउरा गर्दै पसिना बगाउँदै हुर्काएका तिनै सन्तानले भोलि आफ्नै ज्या!न लिनेछन् भनेर कुनै पनि बुवाआमाले कसरी सोच्न सक्छन् र? तर, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, हुसीखोलामा मानवतालाई नै पूर्ण रूपमा ल'ज्जित बनाउने यस्तै एउटा स्तब्धकारी र क्रु'र घ'टना घटेको छ।

जहाँ जन्म दिने ७४ वर्षीय वृद्ध बुवा ठगेन्द्र घर्तीलाई तिनै काँधमा हुर्किएका आफ्नै २६ वर्षीय छोरा पारस घर्तीले हँ'सिया प्र'हार गरी वि'भत्स ह'त्या गरेका छन्। टाउकोमा पछाडिबाट प्र'हार गरी बुवाको घ'टनास्थलमै ज्या'न लिने यो पा'शविक कृ'त्यले पवित्र पारिवारिक सम्बन्ध र मानवीय सं'वेदनाको ध'ज्जी उडाएको छ।

जुन हात समातेर बाबुले पाइला चाल्न सिकाए, तिनै हातले आज बाबुको घाँटी रे'ट्न र ह'त्या गर्न पछि नपर्नुले समाज कतिसम्म विकृत र निष्ठुरी बन्दैछ भन्ने भयावह दृश्य प्रस्तुत गर्छ। रि'स, आ'वेग वा जुनसुकै घरायसी कारण भए पनि, जन्मदातामाथि गरिएको यो ब'र्बर र जघ'न्य अ'पराध घोर निन्दनीय छ। यस्तो ज'घन्य कृत्य गर्ने दो'षीलाई कानुनबमोजिम कडा भन्दा कडा स'जाय हुनैपर्छ।

मृ'तक ठगेन्द्र घर्तीप्रती हार्दिक श्र-द्धा-ञ्ज-ली।

23/07/2026

🇳🇵 नेपाली युवाको साहस ! जो ४ देश पारगर्दै पैदल हिँडेरै पुगे मलेसिया

​नेपाली युवा रबिन सुनार पैदल हिँडेरै मलेसिया पुग्न सफल भएका छन्। भगवान पशुपतिनाथ र भारतको केदारनाथबाट सुरु भएको उनको यो ऐतिहासिक विश्व पैदल यात्रा भारत, बङ्गलादेश, म्यानमार र थाइल्याण्ड हुँदै ३२३ औं दिनमा मलेसिया पुगेको हो l

​म्यानमार र थाइल्याण्डमा रहेका नेपालीहरूबाट अभूतपूर्व साथ र सपोर्ट पाएका रबिनले मलेसियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट पनि यस्तै माया र सहयोगको अपेक्षा राखेका छन्।

​विश्वसामु नेपालको नाम उच्च बनाउने यी साहसी नेपाली विश्व पैदलयात्री रबिन सुनारलाई हार्दिक बधाई तथा आगामी यात्राको लागि धेरै-धेरै शुभकामना!
पुरा समाचार कमेन्टमा 👇️

​

ब्राजिलियन मिडफिल्डर कासेमिरोले करिअरको अधिकांश सयम मेसीको प्रतिद्वन्द्वीका रुपमा खेले। ब्रालिजलका लागि खेल्दा होस् या र...
23/07/2026

ब्राजिलियन मिडफिल्डर कासेमिरोले करिअरको अधिकांश सयम मेसीको प्रतिद्वन्द्वीका रुपमा खेले। ब्रालिजलका लागि खेल्दा होस् या रियल मड्रिडमा हुँदा ।

अब भने कासेमिरो मेसीको टिममेट बनेका छन्। उनी औपचारिक रुपमा मेसी रहेकै क्लब इन्टर मियामीमा आबद्ध भएका छन्। सिजनको अन्त्यसँगै म्यान्चेस्टर युनाइटेड छाडेका उनी फ्रि ट्रान्सफरमा इन्टर मियामी पुगेका हुन्।

धनकुटाका मनोज (नाम परिवर्तन) मलेसियाबाट बिदामा नेपाल आउँदा टिकटकमार्फत परिचित एक महिलाले उनलाई काठमाडौंमा भेटिन्। उनीहरू...
12/07/2026

धनकुटाका मनोज (नाम परिवर्तन) मलेसियाबाट बिदामा नेपाल आउँदा टिकटकमार्फत परिचित एक महिलाले उनलाई काठमाडौंमा भेटिन्। उनीहरू एक रात सँगै होटलमा बसे। त्यसपछि मनोज धनकुटा फर्किए भने ती महिला काभ्रे गइन्।

अविवाहित मनोजले घरमा आमाबुबा र आफन्तसँग समय बिताए। मलेसिया फर्कनुअघि उनी फेरि काठमाडौं आए। उनलाई बिदाइ गर्न ती महिला पनि काठमाडौं आइन् र उनीहरू पुनः एक रात सँगै बसे।

मलेसिया फर्किएको करिब दुई महिनापछि ती महिलाले आफू गर्भवती भएको बताउँदै मनोजलाई नेपाल आउन दबाब दिन थालिन्। मनोजका अनुसार, साउदी अरबमा कार्यरत श्रीमान् र तीन सन्तान भएकी ती महिलाको आग्रहले उनी समस्यामा परे। नेपाल आउन नसक्ने बताएपछि उनले गर्भपतनका लागि पटक–पटक गरी हालसम्म दुई लाख रुपैयाँ पठाइसकेको बताएका छन्।

तर, रकम प्राप्त गरेपछि पनि गर्भपतन नगरी विवाहका लागि दबाब दिइएको र विभिन्न धम्कीसमेत आएको उनको दाबी छ। यो व्यथा मनोजले म्यासेन्जरमार्फत अवगत गराएका हुन्।

ती महिलाप्रति मेरो प्रश्न छ—के यो साँच्चिकै माया हो? के यस्तो सम्बन्ध दिगो हुन सक्छ? कृपया आफ्नो उमेर, छोराछोरीको भविष्य र परिवारका लागि विदेशमा संघर्षरत श्रीमान्को मिहिनेतबारे पनि एकपटक सोच्नुहोस्।

यदि उद्देश्य साँच्चै विवाह गर्ने हो भने दुई लाख रुपैयाँ किन लिनुपर्‍यो? मैले तपाईंलाई सन्देश पठाइसकेको छु। कृपया अबदेखि पैसा माग्ने, धम्की दिने वा ‘युट्युबरलाई फोटो देखाउँछु’ अथवा ‘नेपाल झिकाउँछु’ भन्दै तर्साउने कार्य नगर्नुहोस्।

यस्ता गतिविधि नरोकिएमा प्राप्त सन्देश र प्रमाण सार्वजनिक गर्न बाध्य हुने अवस्था आउन सक्छ। समयमै आफ्नो गल्ती सच्याएर विदेशमा पसिना बगाइरहेका युवालाई फसाउने यस्ता कार्य तत्काल बन्द गर्नु उचित हुनेछ।

बालेन शाहले चैत १३ गते दिउँसो १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने र दिउँसो २:१५ बजेपछि सिंहदरबार जाने तयारी गरेका छन्!
25/03/2026

बालेन शाहले चैत १३ गते दिउँसो १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने र दिउँसो २:१५ बजेपछि सिंहदरबार जाने तयारी गरेका छन्!

जय श्री गणेशाय नम : 🙏🙏
25/03/2026

जय श्री गणेशाय नम : 🙏🙏

Address


Telephone

+9779851000431

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Bagmati Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share