Tulsipur Online

  • Home
  • Tulsipur Online

Tulsipur Online Everything about Tulsipur, Dang. www.tulsipuronline.com News, Events, Updates, Directory and all the latest from Tulsipur Dang.

जेन जि आन्दोलनमा खण्डहरु भएको मालपोत कार्यालय तुलसीपुर आज देखि सरसफाई गर्न सुरु । अमृत काजी शर्मा, २९ भदौ, तुलसीपुर,जेन ...
14/09/2025

जेन जि आन्दोलनमा खण्डहरु भएको मालपोत कार्यालय तुलसीपुर आज देखि सरसफाई गर्न सुरु ।
अमृत काजी शर्मा,
२९ भदौ, तुलसीपुर,

जेन जी आन्दोलनका क्रममा भदौ २४ गते आगलागी भई पुर्ण रुपमा जलेर नष्ट भएको मालपोत कार्यालय तुलसीपुरमा आज देखि सरसफाई गर्न सुरु गरिएको छ । नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरका लेखापढि कानुन ब्यवसायीहरु र मालपोत कार्यालय तुलसीपुरका कर्मचारीहरुले सरसफाई गर्न सुरु गरेका हुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ अमिलिया रोडमा भाडामा रहेको मालपोत कार्यालय जेन जी आन्दोलनका क्रममा आन्दोलन कर्ताले आगलागी गराएपछि तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, दंगिशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाका जग्गाधनीहरुको मालपोत कार्यालयमा रहेका मोठ, श्रेष्ता, तामेली लगाएतका महत्वपुर्ण कागजातका साथै कार्यालयका फर्निचरका सामानहरु जलेर खरानी बनेका छन भने कतिपय आधा जलेका मोठहरुलाई व्यवस्थापन गरिएको सुचना अधिकारी शान्तराज गौतमले जानकारी दिनुभएको छ ।

मालपोतल कार्यालय तुलसीपुरमा पुर्ण रुपमा जलेको अवस्था रहेको हुंदा केही दिन व्यवस्थापन नहुदा सम्म बन्द रहने सेवा दिन नसक्ने गौतमले बताउनु भएको छ ।

उता मालपोत कार्यालय देखी पुर्व तर्फ रहेका नेपाल लेखापढि कानुन ब्यवसायी एशोसियसन इकाई समिति तुलसीपुरका लेखापढि कानुन ब्यवसायीहरुका फर्म र ब्यक्तिगत भु-सेवाहरुको २० ओटा सटर समेत फोडेर आगो लगाइदिदा झन्डै पचास लाख भन्दा बढिको सामान जलाएर नष्ट बनाइदिएका छन ।

एउटा किराना पसल र एउटा नास्ता पसल पनी आगलागि गराएका छन । उक्त भु सेवाहरुमा कामको सिलसिलामा छोडिएका सेवा ग्राहीहरुका सक्कल नागरिकता, सक्कल लाल पुर्जा र सक्कल लिखत लगाएत महत्वपुर्ण समानहरु जलाएर नष्ट गराइदिएको अध्यक्ष बिनोद न्योपानेले बताउनु भएको छ । आन्दोलन कर्ताले नजिकै रहेका मालोपोत कार्यालय, उच्च अदालत तुलसीपुर र लोक सेवा आयोग आगो लगाएर पुर्ण रुपमा ध्वस्त बनाइदिएका छन ।

12/09/2025

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन् ।

12/09/2025

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।

उनले आज साँझ ८:४५ बजे शपथ लिने तय भएको छ।

राष्ट्रपतिको अपिल ।
11/09/2025

राष्ट्रपतिको अपिल ।

जिल्ला प्रशासन कार्यालयको सुचना ।
11/09/2025

जिल्ला प्रशासन कार्यालयको सुचना ।

बागरमा महाेत्सवमा सञ्चालन हुुने  तुलसीपुर, १९ भदाै । दाङको दंगीशरण गाउँपालिका वडा नंं.६ स्थित बागरमा यस बर्ष पनि महोत्सव...
05/09/2025

बागरमा महाेत्सवमा सञ्चालन हुुने
तुलसीपुर, १९ भदाै ।

दाङको दंगीशरण गाउँपालिका वडा नंं.६ स्थित बागरमा यस बर्ष पनि महोत्सव सञ्चालन हुने भएको छ । दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत बागरमा यही असोज २ देखि १३ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

फ्रेन्डस स्केट जोन प्रालि नारायणपुर दाङको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सहआयोजनामा दोस्रो दंगीशरण कृषि,पर्यटन, ब्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन हुन लागेको हो । जसको संरक्षकमा दंगीशरण गाउँपालिका र दंगीशरण गाउँपालिका वडा नं. ६ रहेका छन् ।

स्थानीय उत्पादनलाई बजारीकरण गर्ने तथा त्यस क्षेत्रको पर्यटनलाई प्रबद्र्धन गर्न महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव सञ्चालक समितिका संयोजक अजय बुढाथोकीले बताए । उनका अनुसार महोत्सवमा ज्योति मगर, जी–बब, राजु परियार, शान्तारानी परियार, श्याम राना,, अनु चौधरी, टीका सानु, अन्जु कुस्मी, भागीरथ चलाउने, शत्तिः चन्द, सिमरन परियारलगायतका कलाकारहरुले प्रस्तुती राख्ने छन् ।

साथै महोत्सवमा स्टलहरु पनि रहनेछन् । स्टलकालागी ३१ भदौसम्म सम्पर्क समेत सूचना जारी गरिएको छ ।

तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार, दुई युवक गम्भीर घाइतेतुलसीपुर १९-भदौ/ तुलसीपुरमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइ...
04/09/2025

तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार, दुई युवक गम्भीर घाइते
तुलसीपुर
१९-भदौ/ तुलसीपुरमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ स्यालीबजारस्थित खुल्ला मैदानमा भएको खसी कप फुटबल प्रतियोगितामा युवाहरूबिच सामान्य विवाद हुँदा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल ठकुरीले जानकारी दिए ।

घाइते हुनेहरुमा तुलसीपुर ५ बस्ने २० वर्षिय आयुष विक र १९ वर्षीय प्रवेश योगी रहेका छन् ।

घाइते योगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात् थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

डिएसपी ठकुरीका अनुसार घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ भने अन्य फरार रहेका छन् । फरार रहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

10/07/2025

गुरुर्ब्रह्मा गुरुर्विष्णुःगुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥

आज गुरु पुर्णिमा ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक :दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिनेकाठमाडौं, ८, असार ।...
22/06/2025

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक :
दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

काठमाडौं,
८, असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थीक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० शैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो ।

बैठकले प्रतिष्ठानको ‘शिक्षक तथा कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली, २०७८’ का केही प्राबधानहरुमा संशोधनका साथै प्रतिष्ठानको लोगो परिवर्तन लगायतका निर्णय गरेको छ ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल स्वास्थ्य विज्ञानको आदि भूमि भएकाले प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति सबै हिसाबले सुविधासम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिन आग्रह गर्नुभयो ।

उहाँले नेपाल सरकारको निरोगी नेपालको सोचलाई आत्मसात गर्दै आरोग्यताका लागि आमसञ्चार र समाजिक सञ्जालबाट जनचेतना फैलाउने काममा विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी परिचालिन हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल लगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भए बमोजिम चार सय शैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराउनुभयो ।

दाङ घोराहिका बाल कलाकार युनिस घिमिरेले पल शाहसगं अभिनय गरेको लाजको पर्दा गीतको म्युजिक भिडियो आज रिलिज भएको छ ।
22/05/2025

दाङ घोराहिका बाल कलाकार युनिस घिमिरेले पल शाहसगं अभिनय गरेको लाजको पर्दा गीतको म्युजिक भिडियो आज रिलिज भएको छ ।

LAAJKO PARDA ...

सामाजिक सञ्जाल विधेयक मानव अधिकार मैत्री बनाउन शान्ति समाज द्वारा जिल्ला प्रशासनमा प्रदर्शन । अमृतकाजी शर्मा २९ माघ, दाङ...
11/02/2025

सामाजिक सञ्जाल विधेयक मानव अधिकार मैत्री बनाउन शान्ति समाज द्वारा जिल्ला प्रशासनमा प्रदर्शन ।

अमृतकाजी शर्मा
२९ माघ, दाङ, सामाजिक सञ्जाल विधेयकमा भएका संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान खारेज गर्न र सरोकारवालाहरुसँग व्यापक परामर्श गरि विधेयकलाई मानव अधिकार एवं प्रयोगकर्ता मैत्री बनाउन आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाएकाे छ ।

शान्ति समाज दाङ शाखाले जिल्ला प्रशासन कार्यालय दाङका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी प्रशासकीय अधिकृत यम बहादुर बुढामगरलाई ज्ञापनपत्र बुझाएकाे छ । सो अबसरमा शान्ति समाजले शान्तिपुर्ण धर्ना प्रदर्शन समेत गरेको छ ।

शान्ति समाज दाङ शाखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय दाङ मार्फत बुझाएकाे हो । प्रदर्शनमा केन्द्रीय सचिब तुल्सिराम सुनार, केन्द्रीय सदस्य निर्मला गौतम, दाङ शाखा सभापति कोमल डाँगी, उपसभापति अमृत प्रसाद शर्मा, सचिव माधब बस्नेत लगायतको सहभागिता रहेको थियो ।

राप्ती विद्या मन्दिरको अभिभावक भेलातुलसीपुर, २८ माघ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित राप्ती विद्या मन्दिर माध्य...
10/02/2025

राप्ती विद्या मन्दिरको अभिभावक भेला
तुलसीपुर, २८ माघ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित राप्ती विद्या मन्दिर माध्यामिक विद्यालयमा अभिभावक भेला भएको छ । सोमबार विद्यालय ब्यबस्थापन समितिका निर्मला डाँगीको अध्यक्षता तथा प्याबसन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा राप्ती विद्या मन्दिर पुरानो विद्यालय भएको बताए । कार्यक्रममा गुण्स्तर बृद्धि गर्नकालागि अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका महत्वपूर्ण रहने समेत बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि बासुदेव रिजाल, डम्बर डाँगी, पत्रकार शोभा डाँगीलगायतको सहभागिता रहेको थियो ।
गुठियार सदस्य एवं शिक्षिका उशा डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा उत्कृष्ट शिक्षक, लेखापाल,लेखराज न्यौपाने, शिक्षक शोभा बुढाथोकी तथा अभिभावकहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिमसागर सुवेदीले विद्यालयको प्रगति विवरण समेत पेश गरेका थिए । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक चुर्णबहादुर केसीले गरेका थिए ।

Address


Alerts

Be the first to know and let us send you an email when Tulsipur Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tulsipur Online:

  • Want your business to be the top-listed Media Company?

Share