Morang Khabar मोरङ खबर

  • Home
  • Morang Khabar मोरङ खबर

Morang Khabar मोरङ खबर मोरङको सुन्दरहरैंचाबाट सञ्चालित मोरङ खबर डटकम नामक समाचार पोर्टलको आधिकारिक फेसबुक पेज
(1)

15/07/2025

विद्यालयसम्म पुगेर छात्राहरुको समस्या सुन्दै लेटाङ नगरपालिका
लेटाङ । लेटाङ नगरपालिकाले विद्यालयसम्म पुगेर छात्राहरुको समस्या सुन्नका लागि हरेक वर्ष “छात्रासँग उपमेयर” कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सोही अनुशार आर्थिक वर्ष ०८१।०८२ मा पनि नगरपालिकाले विभिन्न विद्यालयमा छात्राहरुको समस्या सुन्ने कार्यक्रम अन्तरगत लेटाङ ९ जाँतेस्थित श्रीमाविमा पुगेर छात्राहरुसँग अन्तरकृया गरेको छ । हेर्नुहोस् भिडियो सामाग्री :

15/07/2025

रमेश निरौलाको गजलसंग्रह ‘भावका भँगालाहरू’ लोकार्पण
मोरङ । मोरङका स्रष्टा रमेश निरौलाको गजलसंग्रह ‘भावका भँगालाहरू’ लोकार्पण गरिएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा निरौलाको उक्त कृतिको लोकार्पण गरिएको हो । हेर्नुहोस् भिडियो सामाग्री ।

15/07/2025

कोशी प्रदेशका प्रदेश प्रमुखको उपस्थितिमा लेटाङ नगरपालिकाको बजेट सार्वजनिक, विभिन्न व्यक्तित्वहरु सम्मानित । हेर्नुहोस् भिडियो सामाग्री :

https://morangkhabar.com/news/ANtsvBnZ-2025-07-14
14/07/2025

https://morangkhabar.com/news/ANtsvBnZ-2025-07-14

लेटाङ । लेटाङ नगरपालिकाले विभिन्न व्यक्ति तथा विद्यालयलाई सम्मान गरेको छ । सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख प....

साहारा नेपालका  कर्मचारीमाथि दुव्र्यवहार गर्नेविरुद्ध उर्लाबारी प्रहरीमा जाहेरीमिक्लाजुङ । सहारा नेपाल बचत तथा ऋण सहकारी...
14/07/2025

साहारा नेपालका कर्मचारीमाथि दुव्र्यवहार गर्नेविरुद्ध उर्लाबारी प्रहरीमा जाहेरी

मिक्लाजुङ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मिक्लाजुङ सेवा कार्यालयका कर्मचारीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नहरूविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ।

संस्थाका कर्मचारीहरूले मोरङको मिक्लाजुङ–२ रचनाटारकी दुर्गामाया लिम्बु र माया मगरविरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएका हुन्। सहारा नेपाल मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने बि.क. ऋण असुलीका लागि आइतबार स्थानीयबासीकहाँ पुगेका थिए। सोही क्रममा दुर्गामाया लिम्बु र माया मगरले उनीहरूलाई अपशब्द बोल्दै गालीगलौज गर्दै हातपातसम्म गरेको संस्थाले जनाएको छ।

सहारा नेपालले विज्ञप्ति जारी गर्दै ऋण असुलीका क्रममा कर्मचारीमाथि योजनाबद्ध रूपमा दुव्र्यवहार गरिएको दाबी गरेको छ। संस्थाका अनुसार पीडित कर्मचारीहरूमाथि जुत्ताको माला लगाई अपमानित गरिएको थियो भने घटना मोवाइलमा खिची सामाजिक सञ्जालमा पोष्टसमेत गरिएको थियो।

पीडित पक्षले यस्तो आचरणले सहकारी क्षेत्रको गरिमा र कर्मचारीको आत्मबलमा चोट पु¥याएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्। सहारा नेपालले उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोरियोस् भन्ने अपेक्षा पनि व्यक्त गरेको छ।

प्रदेश प्रमुखको उपस्थितिमा लेटाङ नगरपालिकाको बजेट सार्वजनिक, विभिन्न व्यक्तित्वहरु सम्मानित, पुरा समाचार पहिलो कमेन्टमा ...
14/07/2025

प्रदेश प्रमुखको उपस्थितिमा लेटाङ नगरपालिकाको बजेट सार्वजनिक, विभिन्न व्यक्तित्वहरु सम्मानित, पुरा समाचार पहिलो कमेन्टमा । हेर्नुहोस् तस्विरहरु :

कानेपोखरी गाउँपालिकाद्वारा छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्नकानेपोखरी । मोरङको कानेपोखरी गाउँपालि...
14/07/2025

कानेपोखरी गाउँपालिकाद्वारा छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार कानेपोखरी गाउपालिकाको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
कानेपोखरी गाउँपालिकाको आयोजनामा बृहत औपचारिक कार्यक्रमका बिच आ.व. २०८१/८२ मा उत्तीर्ण भएका विभिन्न कक्षाका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

कानेपोखरी गाउँपालिकाको विशेष कार्यक्रम अन्तरगत रहेको "प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी" कार्यक्रम अन्तर्गत पालिका भरिका प्राविधिक विषयमा अध्ययनरत १८ जनालाई नगद २७ हजार ५ सय रुपैयाँका दरले सम्मान गरिएको थियो भने, आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गराउने गाउँपालिकाका शिक्षक र कर्मचारीहरुलाई पनि समयावधिको आधारमा नगद पुरस्कार सहित ३० जनालाई सम्मान गरिएको थियो ।

यस्तै कानेपोखरी गाउँपालिका स्तरिय आधारभूत शिक्षा (कक्षा ५ र ८) उत्तीर्ण परीक्षामा सामुदायिक विद्यालयतर्फ पालिका प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको हो ।

सुदर्शन निरौला कक्षा ८ प्रथम नगद रु.१० हजार, द्वितीय सरिना धिमाल रु.७ हजार र कक्षा ५ तर्फ सृष्टि राई प्रथम नगद रु.५ हजार र द्वितीय ममता भट्टराई नगद रु.३ हजारले सम्मानित भएका थिए ।
त्यस्तै माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई.) २०८१ मा सामुदायिक विधालयहरुको तर्फबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो ।

श्री सिंहदेवि माध्यमिक विद्यालय, कानेपोखरी ५ की छात्रा आराधना कार्की प्रथम नगद रु.२५ हजार र जनसेवा माध्यमिक विद्यालय, कानेपोखरी-६ का आर्यन आचार्य द्वितीय रु.२० हजारले सम्मान गरिएको थियो ।

यस्तै माध्यमिक शिक्षा परिक्षा (एस.ई.ई.) २०८१ मा सामुदायिक विधालयहरुको तर्फबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय प्रथम श्री शिक्षासदन माध्यमिक विद्यालय, कानेपोखरी-३ लाई नगद रु.३० हजार र प्रमाणपत्र र दृतिय हुने श्री सिंहदेवि माध्यमिक विद्यालय, कानेपोखरी-५ लाई नगद रु.२० हजार राशी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा मन्तब्य राख्नुहुदै उपाध्यक्ष भोलाप्रसाद अधिकारीले शिक्षामा सुधार ल्याउन पालिका व्यापक लागिपरेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि नै अहिले विद्यालय मर्जको अवधारणामा पालिका अघि बढेको समेत जोड दिनुभयो । उहाँले पालिकाले लगानीको स्तरमा वृद्धि गर्दै थप शिक्षामा लगानी गर्न पछि नपर्ने बताउनुभयो । उत्कृष्ट विद्यार्थी, विद्यालय सबैलाई शुभकामनासहित अन्य विद्यालयलाईसमेत यस खाले नतिजा ल्याउन लागि पर्न सुझाव राख्नुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले पालिकाको सामुदायिक विद्यालय सुधारमा सबै पक्ष एकजुट भएर लागि पर्न सुझाव दिनुभयो । उहाँले विद्यालयमा अनावश्यक विषयमा टिकाटिप्पणी गर्दै विद्यालयलाई हानीनोक्सानी हुने काम नगर्न अनुरोध गर्नुभयो । सबैजना एकजुट भएर लागिपरे मात्र सामुदायिक विद्यालयको उन्नती प्रगतिहुने भन्दै वहाँले शिक्षामा आगामी वर्षमा अझ बजेटको सिमा बढाउने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पालिका अध्यक्ष राजमती इङ्गनामले पालिकाले शिक्षालाई उच्च स्थानमा पुर्याउनलाई ठुलो लगानी गरेको बताउनुभयो ।उहाँले पालिकाले शिक्षामा स-सानादेखि ठुला कक्षासमेत लाभान्वित हुने कार्यक्रम गरिरहेको बताउनुभयो । वहाँले विद्यालयको पुर्वाधारतर्फ पनि बृहत लगानी गरिरहेको जनाउनुभयो । उहाँले अर्को वर्ष अझ शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । वहाँ भन्नुहुन्छ “सामुदायिक विद्यालय अध्ययन गरेका विद्यार्थी खाडी मुलुक मात्र जान सक्ने बनाउने हैन, अन्य ठूला राष्ट्रहरुमा अध्ययन गर्न, रोजगारी गर्न वा नेपाल कै उच्च पदमा जागिर गर्न सक्ने सक्षम बनाउनु पर्छ ।"
कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामज्यूको अध्यक्षता रहेको थियो भने, उपाध्यक्ष भोलाप्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम संचालन शिक्षा साखा प्रमुख चूडामणि रेग्मीले गर्नुभएको थियो ।

https://morangkhabar.com/news/iL1fN8ab-2025-07-14
14/07/2025

https://morangkhabar.com/news/iL1fN8ab-2025-07-14

लेटाङ । लेटाङ नगरपालिकाको सत्रौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष ०८२।०८३ को नीति, बजेट तथा कार्यक्रम एक समारोह...

14/07/2025

लेटाङ नगरपालिकाको आगामी आर्थिक वर्ष ०८२/०८३ को वजेट सार्वजनिक कार्यक्रम । भाग-२

14/07/2025

लेटाङ नगरपालिकाको आगामी आर्थिक वर्ष ०८२/०८३ को वजेट सार्वजनिक कार्यक्रम ।

https://morangkhabar.com/news/0YLMoUxW-2025-07-14
14/07/2025

https://morangkhabar.com/news/0YLMoUxW-2025-07-14

मोरङ । मोरङका स्रष्टा रमेश निरौलाको गजलसंग्रह ‘भावका भँगालाहरू’ लोकार्पण गरिएको छ । बेलबारी साहित्य विकास समित.....

https://morangkhabar.com/news/x7ghcr99-2025-07-13
13/07/2025

https://morangkhabar.com/news/x7ghcr99-2025-07-13

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले १२ दम्पतिलाई उत्कृष्ट दम्पतिको रुपमा सम्मान गरेको छ । नगरपालिक....

Address


Alerts

Be the first to know and let us send you an email when Morang Khabar मोरङ खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Morang Khabar मोरङ खबर:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share