
15/08/2025
लुम्बिनी प्रदेश क्रिकेट संघको चौथौ” साधारण सभा यही भाद्र २५ गते पाल्पा जिल्लाको सुन्दर नगरी तानसेनमा हुने भएकोछ।
दाङ देउखुरीको लमहीमा लुम्बिनी प्रदेश क्रिकेट संघको बैठक लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीको अध्यक्ष्यता,नेपाल क्रिकेट संघ केन्द्रीय सदस्य एवम् दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मज्गैयाको विशेष आतिथ्यता,नेपाल क्रिकेट संघका पुर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल,लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य हरू धिराज अधिकारी,पदम श्रेष्ठ,प्रथम प्राजुली,बालकृष्ण खत्री,कपिल कवर(अनीस),सल्लाहकार बिजय ज्ञावली,नवलपरासी क्रिकेट संघ अध्यक्ष कृष्ण श्रेष्ठ,कपिलवस्तु क्रिकेट संघ अध्यक्ष प्रकाश गैरे,दाङ क्रिकेट संघका उपाध्याक्ष किशोर घर्ति मगर एवम् रूपन्देही क्रिकेट संघका राष्ट्रीय खेलाडी ज्वलेश प्रधानको उपस्थितिमा केही महत्वपूर्ण निर्णय हरू गरी बैठक समापन पछी देउखुरी अन्तराष्ट्रीय क्रिकेट रंगशालामा फोटो सेसन।
लुम्बिनी प्रदेश क्रिकेट संघ
सचिव
कैलाश रोका मगर