Padajungi sansar.com

  • Home
  • Padajungi sansar.com

Padajungi sansar.com माई खोला नहर,
घर हाम्रो पाडाजुँगी बजार।
(1)

31/05/2026

दमकमा मृत अवस्थामा फेला परेकी एक महिलाको पहिचान खुलेको छ। प्रहरीले दिएको जानकारी अनुसार मृतक जिल्ला दमक नगरपालिका–८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेको सनाखत भएको हो। मिति २०८३ जेठ १७ गते मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले शव हेरेर रमा तिवारी भएको पुष्टि गरेका हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा रमा तिवारी मिति २०८३ जेठ १३ गते राति करिब ९:३० बजे घरबाट आफूखुसी निस्किएकी र त्यसपछि घर नफर्किएको बुझिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दमक–१० स्थित सेतुमारी पुलमुनि एक युवती मृत अवस्थामा फेला परेकी छन्। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।मृतकको ...
30/05/2026

दमक–१० स्थित सेतुमारी पुलमुनि एक युवती मृत अवस्थामा फेला परेकी छन्। मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
मृतकको हातमा ट्याटु रहेको र सोही आधारमा पहिचान गर्न सकिने सम्भावना रहेको भन्दै इलाका प्रहरी कार्यालय दमकले चिन्ने वा पहिचान गर्न सक्ने व्यक्तिलाई सम्पर्क गर्न अनुरोध गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फोन चोरी भएको सम्बन्धमा सूचना📢 हराएको/चोरी भएको मोबाइल फोन सम्बन्धी सूचनामिति २०८३ साल जेठ १५ गते राति कमल गाउँपालिका–५,...
30/05/2026

फोन चोरी भएको सम्बन्धमा सूचना

📢 हराएको/चोरी भएको मोबाइल फोन सम्बन्धी सूचना

मिति २०८३ साल जेठ १५ गते राति कमल गाउँपालिका–५, आइतबारे स्थित आफ्नै घरबाट मेरो Samsung Galaxy A24 मोबाइल फोन चोरी भएको जानकारी गराइन्छ।

📱 मोबाइल विवरण:
ब्रान्ड: Samsung
मोडेल: Galaxy A24
रङ: Light Green (हरियो)

उक्त मोबाइल फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन वा सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु।

सम्पर्क नं.: 9817919285, 9817009490
धन्यवाद।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पडाजुङ्गी र दमक जोड्ने रतुवा खोलामाथि आर्च ब्रिज निर्माण कार्य जारी छ। आधुनिक डिजाइनको उक्...
30/05/2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पडाजुङ्गी र दमक जोड्ने रतुवा खोलामाथि आर्च ब्रिज निर्माण कार्य जारी छ। आधुनिक डिजाइनको उक्त पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासी तथा यात्रुहरूको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
हाल पुलको संरचना निर्माणको काम भइरहेको छ भने निर्माणस्थलमा आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ।

शुभ बिहानी 🙏पाथीभरा माता ले सबै को रक्षा गरून् 🙏
27/05/2026

शुभ बिहानी 🙏
पाथीभरा माता ले सबै को रक्षा गरून् 🙏

मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव सोमबार स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ।चा...
26/05/2026

मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव सोमबार स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ।

चार दिनदेखि हराइरहेकी लिम्बूको शव स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। शव परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ।

हर्क साम्पाङसँग सम्बन्धित गतिविधिलाई प्राथमिकता दिँदै श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम, सभा, पोस्टर तथा प...
26/05/2026

हर्क साम्पाङसँग सम्बन्धित गतिविधिलाई प्राथमिकता दिँदै श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम, सभा, पोस्टर तथा प्रचार सामग्रीमा हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ। पार्टीले उक्त निर्णयले संगठनको पहिचान र अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

🎓 UNIQUE COLLEGE – Admission Open for 2083 BS! 📚✨अब भविष्य निर्माण गर्ने सही समय!Damak Adarsha Boarding School अन्तर्गतक...
26/05/2026

🎓 UNIQUE COLLEGE – Admission Open for 2083 BS! 📚✨

अब भविष्य निर्माण गर्ने सही समय!
Damak Adarsha Boarding School अन्तर्गतको Unique College मा +2 तहका विभिन्न आकर्षक कार्यक्रमहरूमा भर्ना खुला भएको छ। 🌟

✅ Science
✅ Management
✅ Hotel Management
✅ Computer Science
✅ Law
✅ Beautification & Hairdressing
✅ Korean & Japanese Language

अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षासँग आफ्नो उज्ज्वल भविष्य सुनिश्चित गर्नुहोस्। 💯

📍 Damak-8, Jhapa
📞 9852683391 | 023-582150

📝 Enroll Now & Shape Your Future!

सम्माननीय प्रधानमन्त्री B***n Shah ले आज काठमाडौँ तथा नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध विभिन्न देशका गैरआवास...
26/05/2026

सम्माननीय प्रधानमन्त्री B***n Shah ले आज काठमाडौँ तथा नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत एवं मिसन प्रमुखहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त भेटवार्ता गर्नुभएको छ।
भेटमा नेपाल–इयू सम्बन्ध, आपसी सहयोग, विकास साझेदारी तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले नेपालसँगको सहकार्यलाई थप मजबुत बनाउन आग्रह गर्नुभएको थियो।

दमकमा उभौली साकेला शिली प्रदर्शन तथा सांस्कृतिक महोत्सव भव्य सम्पन्नकिरात राई समुदायद्वारा आयोजित उभौली साकेला शिली प्रद...
25/05/2026

दमकमा उभौली साकेला शिली प्रदर्शन तथा सांस्कृतिक महोत्सव भव्य सम्पन्न

किरात राई समुदायद्वारा आयोजित उभौली साकेला शिली प्रदर्शन तथा सांस्कृतिक महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा परम्परागत साकेला नृत्य, सांस्कृतिक झाँकी तथा विभिन्न जातीय कला प्रस्तुत गरिएको थियो।

महोत्सवमा स्थानीयवासी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमले किरात राई समुदायको संस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुगेको विश्वास लिइएको छ।

Address

Padajungi

1110605

Alerts

Be the first to know and let us send you an email when Padajungi sansar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share