Prabin Baniya

  • Home
  • Prabin Baniya

Prabin Baniya भ्रष्ट र भ्रष्टाचारको प्रतिवादी नागरिक, लेख्न मन पराउने मान्छे ! 'न्यूज डेस्क'को श्रमिक ! ✊

वि. सं. २०५५-५६ देखि २०६४ सम्म फोटो खिच्ने क्यामेरा र त्यो बेलाका सामानहरू ! २९, ३०-३१ वटा 'रिल' गन्ने जमानाको मान्छे हो...
07/05/2026

वि. सं. २०५५-५६ देखि २०६४ सम्म फोटो खिच्ने क्यामेरा र त्यो बेलाका सामानहरू ! २९, ३०-३१ वटा 'रिल' गन्ने जमानाको मान्छे हो हामी! 😯 🤗

जीवनको यही छेउबाट छुट्टिएको हो एक जोडी प्रेम! 💔 हामी सँगै बस्ने चप्लेटीको चौतारो ढलिसक्यो कि उस्तै होला?त्यहाँका बरपिपलल...
06/05/2026

जीवनको यही छेउबाट छुट्टिएको हो एक जोडी प्रेम! 💔

हामी सँगै बस्ने चप्लेटीको चौतारो ढलिसक्यो कि उस्तै होला?
त्यहाँका बरपिपलले हामीलाई सम्झिँदा हुन् कि बिर्सिसके होलान्?
भानु माविको चउर छेउका दुई बोट गुराँस अचेल फुल्छन् कि फुल्दैनन् होला?
हामीले चुइगम साटेर खाने
बाल सुबोधिनी माविको बार्दली घामपानीले मक्कियो कि उस्तै होला?

'जरुर फर्की आउँछु' भनेर हिँडेकी प्रेमिका कहाँ पुगिन् होला?

छैन प्रश्न कसैसँग- किन रेटियो फूलले मुटु?
बरु, गुनासो छ आफैंसँग- किन बन्न सकिनँ म तिमीजस्तै निठुर ?

जीवनको यो छेउबाट सोध्न मन छ तिमीलाई-
आखिर कसले दिएन हामीलाई बरपिपल झैं सँगै हुन ? 🥹

_______________________
१९ वर्षअघि यी तस्बिरमाथि लेखिएको कविता पुरानो डायरीमा अक्षरहरू मेटिँदै गरेको अवस्थामा भेटियो)

गाउँमा रम चिया ! 🌿☘️🍀 ☕
18/04/2026

गाउँमा रम चिया ! 🌿☘️🍀 ☕

🚨 सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । ढल्यो देउवा...
17/04/2026

🚨 सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । ढल्यो देउवा-आरजुको बूढो रुख ! 😳

🚨 AI लाई भनेर पैसा जलाउन लाउने कांग्रेस नेता दीपक खड्का पक्राउ परेपछि बाटैमा बिरामी परे । थुनामा नलगी सोझै अस्पताल भर्ना...
17/04/2026

🚨 AI लाई भनेर पैसा जलाउन लाउने कांग्रेस नेता दीपक खड्का पक्राउ परेपछि बाटैमा बिरामी परे । थुनामा नलगी सोझै अस्पताल भर्ना गरियो । यत्तिका दिन उनी सिकिस्त बिरामी परेर अस्पतालमै सुते । आज अदालतबाट छाड्ने आदेश आयो, त्यसपछि उनी एक घण्टाभित्रै निको भएर अस्पतालबाट डिस्चार्ज भएर घर लागे । केपी ओली पनि पक्राउ पर्नासाथ बाटैमा सिकिस्त बिरामी परेका थिए ।

हामी होचा, निमुखालाई फक्रिनासाथ हातमा हत्कडी, भ्रष्ट र घुसखोरी नेतालाई पक्राउ गर्दा अस्पतालको बेड । अब यसो गरौं– यी चुतिया र भ्रष्ट नेताहरूलाई पक्राउ गरेर थुनामा नलगी अस्पताल भर्ना गर्नुपर्ने र यिनीहरू चैं थुनामा जानै नपर्ने हो भने देशमा अत्याधुनिक, सुविधासम्पन्न ठूला अस्पतालहरू बनाऔं । यस्ता अस्पतालमा भ्रष्ट र घुसखोरी नेतालाई ज्वाइँ बनाएर राखौं । र, अदालतको छाड्ने आदेश कुरौं । अनि, देशमा सुशासन भन्ने चिज सधैं 'खुलिबिन्दाङ' ! 😳

आमाहरू– आफ्नै आयु घटाएर सन्तानको दीर्घायुको कामना गर्छन् ! हो, आमाहरू महान् हुन्छन् । ❤️ 🙏 fans
17/04/2026

आमाहरू– आफ्नै आयु घटाएर सन्तानको दीर्घायुको कामना गर्छन् ! हो, आमाहरू महान् हुन्छन् । ❤️ 🙏
fans

12/04/2026

‼️ नयाँ सरकारका प्रधानमन्त्री र मन्त्री त सबै हिराकुमार, सुनमाया र चाँदीमति पो रैछन् ! हैट ! 🤯

‼️ ए आम्मा हो ! सुन नभएको मान्छे त नेपालमा म मात्रै हो कि के हो ? 🤭
12/04/2026

‼️ ए आम्मा हो ! सुन नभएको मान्छे त नेपालमा म मात्रै हो कि के हो ? 🤭

12/04/2026

‼️ प्रधानमन्त्रीको बैंक ब्यालेन्स नै १ करोडभन्दा बढी ! कोही मन्त्रीको मधेश र काठमाडौंमा जग्गैजग्गा ! अर्थमन्त्रीको घर नै ४ वटा, ४–५ वटा अपार्टमेन्ट ! अनि, कुनै मन्त्रीको कूल सम्पत्ति नै २० वटा कुखुरा र एउटा कुकुर ! 😳
#सम्पत्ति_विवरण

देशले पायो ३६ वर्षको प्रधानमन्त्री अनि २५ वर्षीया उपसभामुख ! 😍 ✌️
09/04/2026

देशले पायो ३६ वर्षको प्रधानमन्त्री अनि २५ वर्षीया उपसभामुख ! 😍 ✌️

‼️ मन्त्रीले आफ्नी श्रीमतीलाई सरकारी पद थमाएपछि त्यसबारे समाचार आउनासाथ प्रधानमन्त्री बालेनले रास्वपाको सिफारिसमा तत्काल...
09/04/2026

‼️ मन्त्रीले आफ्नी श्रीमतीलाई सरकारी पद थमाएपछि त्यसबारे समाचार आउनासाथ प्रधानमन्त्री बालेनले रास्वपाको सिफारिसमा तत्कालै आफ्नै पार्टीका श्रममन्त्रीलाई बर्खास्त गर्दै स्वास्थ्यमन्त्रीलाई पनि चेतावनीसहित सचेत गराएको छ । सुशासनका लागि निर्मम प्रयास भनेको यही हो । पदीय शक्तिको दुरुपयोग गरे आफ्नैलाई पनि नछाड्ने रास्वपाको यो अठोट गजब लाग्यो । विगतमा पुराना र अनुभवी भनिएका पार्टीले कहिल्यै यस्तो गरेको देखिएन । अस्ति भर्खर चुनाव जितेर मन्त्री बनेका युवा मन्त्री पदमा १५ दिन त टिकेनन् अब यो देशमा भ्रष्टाचारी र घुसखोरीको हालत होला त ? 😊

Address


Website

Alerts

Be the first to know and let us send you an email when Prabin Baniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabin Baniya:

  • Want your business to be the top-listed Media Company?

Share