Madhya nepal online

  • Home
  • Madhya nepal online

Madhya nepal online समाचार मध्य नेपालको

गुनासो व्यवस्थापन केन्द्रमार्फत जनगुनासोको सुनुवाइ हुने : मन्त्री न्यौपानेतनहुँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्...
25/07/2025

गुनासो व्यवस्थापन केन्द्रमार्फत जनगुनासोको सुनुवाइ हुने : मन्त्री न्यौपाने

तनहुँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले नागरिकका गुनासोहरुको तत्काल सुनुवाइ तथा समाधानका लागि मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको जानकारी दिएकी छन्।

शुक्रबार तनहुँको देवघाट, आबुँखैरेनी र बन्दीपुरमा आयोजित जनप्रतिनिधि, कर्मचारी तथा नागरिकसँगको भेटघाट र अन्तरक्रियामा मन्त्री न्यौपानेले सेवा प्रवाहसँग सम्बन्धित कुनै पनि प्रकारका गुनासोलाई प्रक्रियागत रुपमा समाधान गरिने बताइन्।

उनले भनिन्, “सेवाग्राहीबाट प्राप्त गुनासाहरूको अध्ययन र वर्गीकरण गरेर कारबाहीको आवश्यकता पर्ने विषयमा तुरुन्त प्रक्रिया अगाडि बढाइनेछ।” मन्त्रीका अनुसार गुनासो व्यवस्थापन केन्द्रमा दर्ता भएका गुनासालाई प्राथमिकताका आधारमा समाधान गरिनेछ।

कार्यक्रममा उनले कर्मचारी सरुवा सम्बन्धी मापदण्ड परिमार्जनको कार्य भइरहेकाले अब सरुवामा एकरुपता कायम हुने बताइन्। प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा हाजिर नगराउने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसप्रकारको कार्यलाई निरुत्साहित गरिने स्पष्ट गरिन्।

मन्त्री न्यौपानेले तनहुँ जिल्लाको विकासमा आफूले सक्दो सहयोग पुर्याएको उल्लेख गर्दै आगामी दिनमा बजेट विनियोजनमा पनि सक्रियता देखाउने बताइन्।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले स्थानीय तहमा कर्मचारीको अभाव, संघीय निजामती ऐन अभावका कारण देखिएको प्रशासनिक कमजोरि, वन ऐन तथा सार्वजनिक खरिद ऐन परिमार्जनको आवश्यकता जस्ता सुझावहरू दिएका थिए।

"निजामती कर्मचारी संगठन तनहुँको गौरवमय पहल: मन्त्री स्वागतदेखि शैक्षिक अक्षय कोष स्थापनासम्म"तनहुँ, साउन ७ — पेशागत महास...
24/07/2025

"निजामती कर्मचारी संगठन तनहुँको गौरवमय पहल: मन्त्री स्वागतदेखि शैक्षिक अक्षय कोष स्थापनासम्म"

तनहुँ, साउन ७ — पेशागत महासङ्घ नेपालसँग आबद्ध निजामती कर्मचारीहरूको राष्ट्रिय स्तरको ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई स्वागत तथा शुभकामना कार्यक्रमको आयोजना गर्ने भएको छ।

संगठनले आइतबार दमौलीस्थित जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम आयोजना गर्ने जनाएको छ। संगठनका अध्यक्ष भगवान त्रिपाठीका अनुसार कार्यक्रममा प्रमुख आतित्यता मन्त्री न्यौपानेको रहनेछ। भने उक्त अवसरमा १ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना समेत गरिने जानकारी दिए ।

कार्यक्रम अन्तर्गत बन्दीपुर गाउँपालिका–२ स्थित शान्ति आधारभूत विद्यालयमा अक्षय कोष स्थापनाको घोषणा गरिने कार्यक्रम तय भएको छ। त्यस्तै, मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमलाई समेत मन्त्री न्यौपानेले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने आफ्नो गृहजिल्ला तनहुँ आउने भएकी छन्। मन्त्री बनेपछि पहिलो पटक तन...
24/07/2025

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने आफ्नो गृहजिल्ला तनहुँ आउने भएकी छन्। मन्त्री बनेपछि पहिलो पटक तनहुँ आउन लागेकी उनी विभिन्न कार्यक्रमहरूमा सहभागी हुने सचिवालयले जानकारी दिएको छ।

साउन ९ गते शुक्रबार न्यौपानेले आँबुखैरेनी, देवघाट र बन्दीपुरमा आयोजना हुने कार्यक्रमहरूमा सहभागिता जनाउनेछिन्।
साउन १० गते शनिबार उनी भानु नगरपालिकास्थित नेकपा एमाले जिल्ला समिति कार्यालयमा पार्टी कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
साउन ११ गते आइतबार भने मन्त्री न्यौपानेले जिल्ला प्रशासन कार्यालय तनहुँमा विभिन्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिने कार्यक्रम तय गरिएको छ।

बन्दीपुरमा आजदेखि  बोलबम जात्रा सुरु बन्दीपुरमा शिव महिम्नाहा उत्सव अन्तर्गत आजदेखि बृहत बोलबम जात्रा सुरु भएको छ।बन्दीप...
21/07/2025

बन्दीपुरमा आजदेखि बोलबम जात्रा सुरु

बन्दीपुरमा शिव महिम्नाहा उत्सव अन्तर्गत आजदेखि बृहत बोलबम जात्रा सुरु भएको छ।

बन्दीपुर गाउँपालिका–४ मर्स्याङ्दी दोभानस्थित शिवालय मन्दिरबाट बिहान ९ बजे जात्रा सुरु भएको हो। बोलबम यात्रीहरूले उक्त स्थानबाट बोलबमको पानी बोकी बन्दीपुर केवलकारको बटम स्टेसनमा रहेको तान्त्रिक शक्तियुक्त सिद्धेश्वर महादेव मन्दिरमा रुद्राभिषेक गर्ने कार्यक्रम रहेको छ।। त्यसपछि भजन, कीर्तन र झाँकीसहित केवलकार चढेर माथिल्लो स्टेशनतर्फ गएका तीर्थालुहरूले खड्गमाई मन्दिरमा पूजा तथा परिक्रमा गर्नेछन्।

जात्राको मुख्य आकर्षणका रूपमा बन्दीपुरमा अवस्थित १२०० वर्ष पुरानो तीनधारा स्थित तीनधारे ज्योतिर्लिङ्ग मन्दिरमा महापूजन, महाश्रद्धा अभिषेक तथा शिव महिमा वाचन कार्यक्रम आयोजना गरिएको मूल आयोजक समिति शिव महिम्नाहा उत्सवका महासचिव लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए।

शिव महिम्नाहा उत्सव अन्तर्गतको बोलबम जात्राको प्रवर्धन आदियोगी प्रज्ञा धाम, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको सहकार्यमा गरिएको हो। तीर्थालुहरूका लागि धार्मिक यात्रामा सहयोग पुर्‍याउन केवलकारको टिकट मूल्य मात्र २०० रुपैयाँ तोकिएको छ। वृद्ध तीर्थालुहरूका लागि भने टिकट निःशुल्क गरिएको बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले जानकारी दिए।

जात्रा साउन महिनाभरि प्रत्येक सोमबार सञ्चालन हुने साथै दैनिक रूपमा सन्ध्या आरती भइरहेको र बोलबम यात्रालाई धार्मिक आस्थासँगै पर्यटन प्रवर्धनमा योगदान दिने माध्यमका रूपमा लिएको बन्दीपुर केवलकार ऐन टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन्।

Good morning beautiful people have a beautiful day ❤️
20/07/2025

Good morning beautiful people have a beautiful day ❤️

नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र अन्तरगत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा चर्दे गरेका घोडा । यतिबेला...
19/07/2025

नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र अन्तरगत पर्ने ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकामा चर्दे गरेका घोडा । यतिबेला रङ्गीचङ्गी फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ ||
तस्बिर : खेमराज गौतम/रासस

गीतकार सागर उदासको “फूल्यो गुराँस ” गीतको म्युजिक भिडिओ सार्वजनिक, दमौलीका हेमन्त र सुनिताको अभिनयदमौली । नेपाली लोकधुनम...
19/07/2025

गीतकार सागर उदासको “फूल्यो गुराँस ” गीतको म्युजिक भिडिओ सार्वजनिक, दमौलीका हेमन्त र सुनिताको अभिनय

दमौली । नेपाली लोकधुनमा आधारित लोक आधुनिक गीत “फूल्यो गुराँस ” सार्वजनिक गरिएको छ।

ड्रिम्स प्रोडक्सनको प्रस्तुतिमा बनेको यो गीतले नेपाली मौलिकता, संस्कृति र ग्रामिण सौन्दर्यलाई उजागर गर्ने प्रयास गरेको छ।

गीतमा तनहुँमा रहेर क्रियाशील साहित्यकार सागर उदासको शब्द, बी.बी. अनुरागीको संगीत र रीमा गुरुङ होडाको सुमधुर स्वर रहेको छ।

भिडिओमा हेमन्त सुवेदी र सुनिता थापा मगरको आकर्षक अभिनय प्रस्तुत गरिएको छ भने साथमा समिर बराल, मनिता सुनाम, समीक्षा सापकोटा, बिपना भुजेल र मरियम भुजेल जस्ता कलाकारहरूको साथमा उत्साहजनक सहयोगी भूमिकाहरू देख्न सकिन्छ।

भिडिओको निर्देशन सुदीप पौडेलले गरेका हुन्, जसले नेपाली ग्रामीण परिवेश र सांस्कृतिक सौन्दर्यलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्। भिडियोलाई सुसन पन्थले छायांकन, सम्पादन र रंग संयोजन गरेका छन् भने कोरियोग्राफरको रूपमा प्रकाश भुजेलको योगदान रहेको छ।

भिडिओ लिंक :
https://youtube.com/watch?v=UeucNtBKCuA&si=Ztex0z6J84JQhbNK

सुपा देउराली माईको आशीर्वादले आजको दिन शुभ रहोस्। 🙏🇳🇵तस्बिर प्रकाश फोटोग्राफी
19/07/2025

सुपा देउराली माईको आशीर्वादले आजको दिन शुभ रहोस्। 🙏🇳🇵

तस्बिर प्रकाश फोटोग्राफी

बन्दीपुर गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी, कृषक र उद्यमीहरू सम्मानिततनहुँको बन्दीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ ...
16/07/2025

बन्दीपुर गाउँपालिकाद्वारा उत्कृष्ट कर्मचारी, कृषक र उद्यमीहरू सम्मानित

तनहुँको बन्दीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, कृषक र युवा उद्यमीहरूलाई बुधबार सम्मान गरेको छ।

कार्यक्रममा पर्यटन शाखाका प्रमुख सुरोज भट्टराई, रोजगार शाखाका शरणसिँ गुरुङ, शिक्षा, युवा तथा खेलकुद शाखाकी सिर्जना अधिकारी, आर्थिक प्रशासन शाखाका लेखापाल गगन थापा, महिला तथा बालबालिका शाखाकी कविता पौडेल न्यौपाने, प्राविधिक शाखाका दिपक महतो, वडा नं. २ की वडा सचिव सविना पोख्रेल, वडा नं. ६ का वडा सचिव ललन साह रौनियार, साथै कार्यालयमा कार्यरत मीना रानाभाट र तिल कुमारी थापा सम्मानित भएका हुन्।

उनीहरूलाई गाउँपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माण कार्य र समग्र बन्दीपुरको उन्नयनमा प्रभावकारी योगदान दिएको आधारमा आर्थिक वर्ष २०८१/८२ का उत्कृष्ट कर्मचारीको रूपमा सम्मान–पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

त्यस्तै, कृषि र उद्यम क्षेत्रमा उल्लेखनीय योगदान दिने उत्कृष्ट कृषकहरू र युवा उद्यमीहरूलाई पनि सम्मान गरिँदै, आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी कार्यसम्पादनको अपेक्षा व्यक्त गर्दै बधाई दिइएको थियो।

बन्दीपुर गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोह सम्पन्नबन्दीपुर गाउँपालिका, तनहुँको आर्थिक वर्ष २०८१...
16/07/2025

बन्दीपुर गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण समारोह सम्पन्न

बन्दीपुर गाउँपालिका, तनहुँको आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने समारोह बुधबार सम्पन्न भएको छ। बन्दीपुर गाउँपालिका वडा नं. ४ स्थित खड्गमाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षता रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष पञ्चमाया गुरुङ, निवर्तमान अध्यक्ष पूर्णसिंह थापा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख राजु कँडेल, प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, बन्दीपुर अस्पतालका मेसु डा. अनिल गिरी, वडा नं. १ देखि ६ का वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि तथा संघसंस्थाका प्रमुख र प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बन्दीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिकको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। बन्दीपुर गाउँपा...
16/07/2025

बन्दीपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिकको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। बन्दीपुर गाउँपालिकाको आयोजनामा मध्यनेपाल ब्रोडकास्टिङ प्रालीको सहजीकरणमा बुधबार बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित गाउँपालिका भवन नजिकै खड्गमाई मन्दिरको परिसरमा सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न भएको हो।

Address


Alerts

Be the first to know and let us send you an email when Madhya nepal online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhya nepal online:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share