04/07/2025
आज अलि फरक बिषयमा मनन् गरौं
"अपाङ्गता परमेश्वरको सुन्दर सृष्टि"
यो चाहिँ नेपालमा हालै भएको एउटा खीष्टियन मिडिया कार्यशाला गोस्टीको अनुभवमा आधारित छ। खासमा अपाङ्गता लाई हेर्ने दृष्टिकोणमा के कस्ता कुराहरू आए। के परिवर्तन देखिए त्यसमा केन्द्रीत छ। सुरुमा एउटा निकै प्रभाव पार्ने घटना यहाँ राख्न चाहन्छु। ललितपुरको होटल भ्यु भृकुटी गोदावरी मा भएको त्यस कार्यशालामा सुन्दर ढोका साथी सेवाकी निर्देशक बिजेता लूइटेल अधिकारीले आफ्नो परिचय दिनुहुँदा पूण्य शाहको लागि भनेर आफ्नो पहिरन बारे बताउनुभएको थियो। पूण्य प्रसाद शाह जो पूर्ण दृष्टिबिहिन हुनुहुन्छ। यो सानो कुरा जस्तो लाग्छ तर कति अर्थ पूर्ण थियो। मलाई यस्तो खालको परीचय ले साँच्चै फरक महशुस भयो। समावेशीता त यो पो हो भन्ने लग्यो। त्यो क्षण साँच्चै अर्थ पूर्ण थियो। यसले के देखाउँछ भने सम्मान भनेको खाली सहानुभूति देखाउनू मात्र होइन ब्यक्ति को आवाश्यकता बुझ्न त्यो अनुसार ब्यबहार गर्नुनै कार्यशाला को मुख्य उद्देश्य रहेको थियो। अर्थात् बाइबल मा अपाङ्गता भएको ब्यक्ति हरूलाई कसरी हेरिएको छ यशुले उहाहरुसंग कस्तो ब्यबहार गर्नुको भयो र नेपालमा अहिले उहाँहरूको अवस्था कस्तो छ अनि अझ महत्वपूर्ण कुरा संचार तथा मिडिया ले कसरी सकारात्मक भुमिका खेल्न सक्छ उनिहरूको पक्षमा वकालत गर्न सक्छ भन्ने नै थियो।अनि कार्यशालाको अर्को राम्रो पक्ष के थियो भने अपाङ्गता भएका व्यक्तिहरुलाई नै बक्ताको रूपमा निम्त्याईएको थियो। जस्तै रजुना श्रेष्ठ उहाँ शारीरिक अपाङ्गता भएर पनि तिन वटा बिषयमा मास्टर डिग्री गर्नुको भएको अनि नेपालकै पहिलो बहिरा पास्टर भनेर चिनिने शुरेस देसार र पूण्य शाह जो आफै दृष्टिबिहिन हुनुहुन्छ उहाँहरूको प्रस्तुति ले नै त्यो बिचरा भन्ने धारणा लाई गलत साबित गरिदियो। अपाङ्गता बोझ होइन आधा जिबन होइन यो त ईश्वर को एक सुन्दर सृष्टि हो जिबन को एक फरक अध्याय हो भन्ने कुरामा दुई मत थिएन। यसले त अपूर्ण भन्ने शब्द लाई नै हटाएर फरक किसिमले पूर्ण भन्न खोजेको जस्तो लाग्यो।
कार्यशालामा दुई वटै सत्रहरू यस्तै ब्यबहारीकपक्ष मा थिए। कानुनबिद तेजेन्द्र वुढाले अपाङ्गता भएको ब्यक्ति हरूको कानुनी अधिकार सम्बन्धी बताउनुभयो त्यस्तै प्रेस काउन्सिल नेपालका सन्त राम बिडारीले अपाङ्गता मैत्री संचार निर्देशिका बारे जानकारी दिनुभएको थियो। यो कार्यशाला भरिनै सहभागी हुँदै गर्दा एउटा प्रस्न मनमा आइरह्यो।
यदि हामीले अपाङ्गता लाई केवल एउटा समस्या जसलाई समाधान गर्नुपर्छ भन्ने दृष्टिकोण बाट नहेरेर यस लाई ईश्वरीय सृष्टिको बिबिधतां, एउटा सौन्दर्य को अंशकोरुपमा हेर्न सक्यौ भने हाम्रो ब्यक्तिगत ब्यबहारमा, समाजको संरचनामा, अनि संचार माध्यमले प्रस्तुत गर्ने तरीकामा कस्तो फरक आऊला, र कस्ता अर्थ पूर्ण परिवर्तन हुन सक्लान्?