BuddhiSingh Thakuri

  • Home
  • BuddhiSingh Thakuri

BuddhiSingh Thakuri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BuddhiSingh Thakuri, Digital creator, buddhapath, .

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित ‘बोराबाँध’बाट देखिएको सुर्यास्त ।
30/12/2025

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित ‘बोराबाँध’बाट देखिएको सुर्यास्त ।

आज प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम दिन । कार्यालय समयभित्रै दलहरूले निस्सा ...
29/12/2025

आज प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम दिन । कार्यालय समयभित्रै दलहरूले निस्सा लिए पनि कतिपय दलहरूले अझै सूची बुझाइसकेका छैनन्। निर्वाचन आयोगका कर्मचारीहरू पुसको चिसोमा हिटर बालेर सेवा दिइरहेका छन् । आयोगले १०/१० जना कर्मचारीको दुई समूह बनाएर निस्सा वितरण तथा समानुपातिकतर्फको बन्द सूचीसम्बन्धी काम गरिरहेको छ।

29/12/2025

कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनाउने सहमति भएको छ। यही सहमति अनुसार अन्तत: रवि लामिछाने, बालेन र कुलमान आगामी निर्वाचनका लागि एक ठाउँमा उभिने भएका छन्।
सहमतिपत्र :
१. नवयुवाहरु (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,
२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोस्रो पक्षबिच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम "राष्ट्रिय स्वतन्त्र पार्टी", दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी' र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल, र स्वर्णिम वाग्ले रहने,
५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरु सँग जोड्दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तित्वहरूलाई आह्वान गर्ने।

28/12/2025

काेहलपुुर-सुर्खेत १३२ केभी प्रशारण आयाेजना अन्तर्गत सुर्खेतकाे हर्रे-बबई क्षेत्रमा ड्राेनबाट तार तानिदै । भाैगाेलिक कठिनाइका कारण १६०० मिटरमा ड्राेनबाट तार तान्न लागिएकाे हाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ ...
28/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ ।

१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

कास्कीको ताङतिङ गाउँमा अवस्थित क्रपु डाँडाबाट देखिने हिमालको मनोरम दृश्य।
24/12/2025

कास्कीको ताङतिङ गाउँमा अवस्थित क्रपु डाँडाबाट देखिने हिमालको मनोरम दृश्य।

23/12/2025

श्री मावि सिर्पचौर जुनीचाँदे-१० जाजरकोटका शिक्षक वीर बहादुर बस्नेतमाथि विद्यालयका विद्यार्थीहरूले कुटपिट गरेका छन ।
दुई दर्जनभन्दा धेरै विद्यार्थीहरूले शिक्षक बस्नेतमाथि कुटपिट गरेर घाइते बनाएका छन् । विद्यार्थीहरूले विद्यालयको प्राङ्गणबाट कुटपिट र धकेल्दै बाहिर निकालेका थिए । कतिपयले विद्यार्थीले शिक्षकमाथि कुटपिट गर्नुका पछाडि शुक्रबार विद्यालयमा दौड प्रतियोगिता गरिएको र शिक्षक बस्नेतले पक्षपात गरेको भन्दै विद्यार्थीले कुटपिट गरेको बताएका छन् ।

15/12/2025

दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जितेको छ । Congratulations !
13/12/2025

दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जितेको छ । Congratulations !

06/12/2025

Address

Buddhapath

083

Telephone

+9779848031237

Website

Alerts

Be the first to know and let us send you an email when BuddhiSingh Thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share