
24/04/2025
रोटरीको सहयोगमा रामज्योतिमा कम्प्यूटर ल्याब श्थापना
पोखरा ११ बैशाख । रोटरी क्लबको सहयोगमा
पोखरा महानगरपालिका–२६ स्थित रामज्योति माध्यमिक विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको छ । रोटरी क्लव अफ पोखरा फिस्टेल, रोटरी क्लव अफ पोखरा मिड टाउन, रोटरी क्लव अफ नियोट्रिक हङकङ र एडुटेक नेपाल को सहयोगमा बिद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको हो ।
उक्त कम्प्युटर ल्याबको उदघाटन रोटरी क्लब डिष्ष्ट्रिक ३२९२ का बर्ष २०२५/२६ का गभर्नर बिनोद कोईरालाले गर्नुभयो । सो अबसरमा बोल्दै कोईरालाले रोटरीले शिक्षा श्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा सेवा गर्दै आएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा रोटरी क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष सूर्यनारायण बराल, एडुटेक नेपालका क्षेत्रीय निर्देशक आकाशकुमार दास रोटरी क्लव अफ नियाट्रिक हडकडका अध्यक्ष लगायतले कम्प्युटर ल्याबको महत्व र उद्देश्यबारे प्रकाश पारे । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य गुमानाथ लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर थापा, विद्यार्थी अभिषेक बिकले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका अवसरमा हङकङबाट आएका प्रतिनिधिहरूद्वारा विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री प्रदान गरिएको थियो भने विनोद कोइरालाले विद्यार्थीका लागि खेलकुद पोशाक प्रदान गरेका थिए । सहयोगदाताहरूलाई विद्यालयद्वारा सम्मान गरिएको थियो ।