25/04/2026
विश्वकै सर्वाधिक प्रदूषित सहर बन्यो काठमाडौं, AQI २१० पुगेकाे छ । विश्व स्वास्थ्य संगठन World Health Organization का मापदण्डअनुसार २०१ देखि ३०० सम्मको AQI ‘अति अस्वस्थकर’ मानिन्छ, जसले सबै उमेर समूहका मानिसमा गम्भीर स्वास्थ्य जोखिम बढाउँछ।
सूचीमा भारतको Delhi १६२ AQI सहित दोस्रो स्थानमा रहेको छ भने बंगलादेशको Dhaka १५२ AQI सहित तेस्रो स्थानमा परेको छ। त्यस्तै, थाइल्यान्डको Chiang Mai चौथो, पाकिस्तानको Lahore पाँचौँ र भारतको Kolkata छैटौँ स्थानमा रहेका छन्।
विज्ञहरूले यस्तो प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, मुटु तथा फोक्सोका रोगको जोखिम बढाउने चेतावनी दिएका छन्। बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।