03/08/2026
आउँदो October देखि हामी 'द होलटाइमर' को दोस्रो खण्ड खिच्ने तरखर गर्दैछौं । इच्छुक कलाकार साथीहरुले कृपया आफ्नो परिचय खुल्ने छोटो भिडियो हामीलाई पठाउनुहोला ।
आवेदन दिनु अगाडि उल्लिखित बुँदाहरू राम्ररी पढ्नुहोस् ।
१. तत्कालीन जनमुक्ति सेना/शाही नेपाली सेनाको हिस्सा भएर अभिनय गर्नुपर्ने हुनाले कलाकार शारीरिक/मानसिक रुपमा चुस्त हुनुपर्ने ।
२. हामी निकै सिमित साधन स्रोतका साथ यो चलचित्र निर्माण गरिरहेका छौं । त्यसैले, इच्छा हुँदा-हुँदै पनि गाउँले परिवेशमा उपलब्ध साधारण खानपिन र बास बाहेक हामी अन्य सुविधा उपलब्ध गराउन असमर्थ छौं ।
३. चलचित्रका लागि कलाकारहरुले कम्तिमा २ हप्ताको सैन्य / राजनीतिक तालिम लिनुपर्नेछ । तालिम September को दोस्रो हप्ताबाट सुरु हुनेछ र त्यसका लागि कलाकारहरु अछामको, रामारोशनमा सो समयमा उपस्थित भइसक्नु पर्नेछ।
४. दसैं र तिहारका दौरान पनि हामी छायांकनमा व्यस्त हुनेछौं । त्यसैले, चलचित्रमा आबद्ध हुन चाहने साथीहरुले यसपालिको दसैं-तिहार यतै मान्ने मनसाय बनाउनु होला ।
चलचित्र र पात्र सम्बन्धि सबै जानकारी यो छोटो पोष्टमा सम्प्रेषण गर्न असम्भव छ । त्यसैले, छनोटमा पर्नुभएका कलाकारले आफ्ना जिज्ञासाहरु निर्देशक तथा निर्मातासँग Zoom मार्फत राख्न सक्नुहुनेछ।
आवेदन पठाउने ठेगाना:
[email protected]
[email protected]
9841325178/9744239712
The Whole Timers