Shanti Saathi Samuha

  • Home
  • Shanti Saathi Samuha

Shanti Saathi Samuha Shanti Saathi Samuha is a dedicated student group known for fostering unity, leadership, and community service.

Comprising students from Shanti Vidya Griha, Lainchaur, Kathmandu, they work together to promote peace, friendship, and positive change.

शान्ति साथी समूहले बिनायक हस्पिटलमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग गरे वापत इनोभा  हस्पिटललाई सम्मान ग...
18/06/2026

शान्ति साथी समूहले बिनायक हस्पिटलमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग गरे वापत इनोभा हस्पिटललाई सम्मान गदैॅ ।

Certificate Distribution for Blood Donor.
16/06/2026

Certificate Distribution for Blood Donor.

शान्ति साथी समूहले बिनायक हस्पिटलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बिशेष सहयोग गरे वापत बिनायक हस्पिटलका कार्यकारी अध्...
15/06/2026

शान्ति साथी समूहले बिनायक हस्पिटलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बिशेष सहयोग गरे वापत बिनायक हस्पिटलका कार्यकारी अध्यक्ष श्री के. पि. लामिछानेज्यू लाई सम्मान गदैॅ ।

Thank you to all the incredible donors who participated in our blood donation campaign on the occasion of “World Blood D...
14/06/2026

Thank you to all the incredible donors who participated in our blood donation campaign on the occasion of “World Blood Donor Day”, Your contributions are a vital part of our community. Thanks to your willingness to give, which has the potential to help save the lives of people.

Thanks to the technical team from Inova Hospital, Sponsors and well wisheres.
Date 2083.02.23
Place : Binayak Hospital, Samakhushi

Shout out to my newest followers! Excited to have you onboard! Shiva Hari Sapkota, Keshu Baba, Shiva Ram Bhatta
11/06/2026

Shout out to my newest followers! Excited to have you onboard! Shiva Hari Sapkota, Keshu Baba, Shiva Ram Bhatta

06/06/2026
रक्तदान जिवनदान! जिवनदान महादान । मानव जीवन बचाउने महान अभियानमा स्वत: स्फुर्त सहभागी भैइ रक्तदान गरौं  ।
03/06/2026

रक्तदान जिवनदान! जिवनदान महादान । मानव जीवन बचाउने महान अभियानमा स्वत: स्फुर्त सहभागी भैइ रक्तदान गरौं ।

निःशुल्क बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्नसम्पूर्ण स्थानीय बासिन्दाहरूको स्वास्थ्य सुधार तथा जनचेतना अभिवृद्धि ग...
18/04/2026

निःशुल्क बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न
सम्पूर्ण स्थानीय बासिन्दाहरूको स्वास्थ्य सुधार तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर अत्यन्त सफल, प्रभावकारी तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ।

यस शिविरमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो। उल्लेखनीय संख्यामा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाउँदै अपेक्षित उपलब्धि हासिल गर्न मद्दत पुर्‍याएको छ।
👨‍⚕️ सहभागी वरिष्ठ डाक्टरहरूको दक्षता, समर्पण र सेवाभावका कारण बिरामीहरूले गुणस्तरीय उपचार पाएका छन्। साथै, ECG सेवा सहित आवश्यक स्वास्थ्य जाँचहरू प्रभावकारी रूपमा सञ्चालन गरिएको थियो।
🤝 यस कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनु हुने विनायक हस्पिटल तथा प्रसूति गृह प्रा.लि., सम्पूर्ण चिकित्सक टोली, स्वयंसेवकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

🌿 साथै, शान्ति साथी समूहबाट स्वयंसेवकको रूपमा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा विशेष धन्यवाद व्यक्त गर्दछौं।
यस अवसरमा Destination Unlimited Treks Thir Raj Niroula द्वारा स्वयंसेवकहरूका लागि प्रदान गरिएको ज्याकेट सहयोगले सेवाभावलाई अझ प्रोत्साहित तथा सम्मानित बनाएको छ।

📍 आयोजक सरस्वती चिल्ड्रेन पार्क स्कूल, शंख–११, महादेवबेसी, धादिङ परिवारले भविष्यमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
🙏 कार्यक्रममा सहभागी भई सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा कृतज्ञता।

10/04/2026

🏥 निःशुल्क बृहत् स्वास्थ्य शिविर

सम्पूर्ण स्थानीय बासिन्दाहरूको स्वास्थ्य परीक्षण तथा उपचारलाई ध्यानमा राख्दै एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको छ। यस शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट परामर्श तथा उपचार सेवा प्रदान गरिनेछ।

👨‍⚕️ वरिष्ठ डाक्टरहरू:
डा. शिवप्रसाद शर्मा – बालरोग विशेषज्ञ
डा. विधानिधि पौडेल – पेट तथा आन्द्राको विशेषज्ञ
डा. राजेश चौधरी – वरिष्ठ नशा तथा हाड जोर्नी सर्जन
डा. राम लामा तामाङ – वरिष्ठ नाक, कान, घाँटी (ENT) सर्जन
डा. राधिका कुँवर – वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ
डा. मनोज कुमार शाह – जनरल फिजिसियन
डा. जनक राज पाण्डे – मेडिकल अफिसर
🫀 “साथै मुटुको लागि ECG सेवा”

🗓 मिति:
२०८२ साल चैत १८ गते, शनिबार
⏰ समय:
बिहान ८:०० बजे देखि दिउँसो २:०० बजे सम्म

🤝 प्राविधिक सहयोग:
विनायक हस्पिटल तथा प्रसूति गृह प्रा.लि.

📍 आयोजक:
सरस्वती चिल्ड्रेन पार्क स्कूल
ठेगाना: शंख–११, महादेवबेसी, धादिङ

💡 सेवाहरू समावेश:
विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य जाँच
निःशुल्क परामर्श
आवश्यक औषधि वितरण (सीमित)
ECG सेवा (मुटु जाँच)

👉 सबैलाई समयमै उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
Saraswati Children Park School

डेस्टिनेशन अनलिमिटेड ट्रेक्सका तर्फबाट प्रबन्ध निर्देशक श्री थिर राज (अशोक) निरौलाज्यूलेशान्ति साथी समूहका अध्यक्ष श्री ...
09/04/2026

डेस्टिनेशन अनलिमिटेड ट्रेक्सका तर्फबाट प्रबन्ध निर्देशक श्री थिर राज (अशोक) निरौलाज्यूले
शान्ति साथी समूहका अध्यक्ष श्री अनुप मलाकारज्यूलाई धादिङस्थित सरस्वती चिल्ड्रेन स्कूलमा सञ्चालन हुने स्वास्थ्य शिविरमा प्रयोगार्थ रु. १८,००० बराबरका ज्याकेटहरू उपलब्ध गराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं।
यस सहयोगले स्वास्थ्य शिविरलाई थप प्रभावकारी, सुव्यवस्थित र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं। समाजसेवाप्रति देखाइएको यस उदार योगदानप्रति उच्च सम्मान प्रकट गर्दै आगामी दिनहरूमा पनि यस्ता सकारात्मक सहकार्यहरू निरन्तर रहिरहून् भन्ने अपेक्षा गर्दछौं।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Shanti Saathi Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shanti Saathi Samuha:

  • Want your business to be the top-listed Media Company?

Share