News Nepal

News Nepal Photography, Videography and Events

एनकेमाथि अनुसन्धान, अब बिर्तामोडका अन्य कम्पनीमाथि निगरानी कहिले ?एनके प्युरिफायरविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कस...
26/09/2026

एनकेमाथि अनुसन्धान, अब बिर्तामोडका अन्य कम्पनीमाथि निगरानी कहिले ?

एनके प्युरिफायरविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र दुई जना नियन्त्रणमा लिइएको अवस्थामा अब प्रश्न अन्य यस्तै कम्पनीतर्फ पनि सोझिएको छ।

बिर्तामोडमा ULC, BOSS Water Purifier, SACHI लगायत अन्य कम्पनीहरू पनि सञ्चालनमा छन्।

अब प्रश्न—समस्या र विवादमा परेपछि मात्रै अनुसन्धान गर्ने कि विवाद हुनुअघि नै सम्बन्धित निकायले यस्ता कम्पनीमाथि निगरानी, अनुगमन र आवश्यक अनुसन्धान अघि बढाउने ?

इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला प्रहरी कार्यालय झापा तथा सम्बन्धित निकाय—अब तैँ चुप, मैँ चुप बस्ने कि सबैमाथि समान रूपमा निगरानी बढाउने ?

26/09/2026

कृष्णभीरको पहिरोको विषयमा जानकारी दिँदै वडाध्यक्ष कुमार बस्नेत ।

प्रतिबन्धित नेटवर्किङ धन्दामा संलग्न एनके वाटरका २ जना पक्राउ....बिर्तामोड । प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन गरी स...
26/09/2026

प्रतिबन्धित नेटवर्किङ धन्दामा संलग्न एनके वाटरका २ जना पक्राउ....

बिर्तामोड । प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन गरी सर्वसाधारणबाट रकम असुल्दै आएको आरोप लागेको एनके वाटर प्युरिफाई कम्पनीमा आबद्ध दुई जनालाई शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनीहरूलाई ठगी तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। यद्यपि, पक्राउ परेका दुवै जनाको परिचय प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन ।

स्रोतले दिएको जानकारीअनुसार उक्त समूहको मुख्य नाइके इलामका राजन चाम्लिङलाई हुन् । चाम्लिङले केही समयअघि उक्त योजना नै मोटो रकममा बिक्री गरेर इलाम गएको र त्यहाँसमेत यस्तै गतिविधि सुरु गरेको स्रोतको दाबी छ ।

एनके वाटरले ९ हजार ९ सय ९९ जना सर्वसाधारणबाट प्रतिव्यक्ति करिब ३८ हजार रुपैयाँका दरले रकम असुल गरेको आरोप छ। उक्त हिसाबअनुसार सर्वसाधारणबाट करिब ३७ करोड ९९ लाख ६२ हजार रुपैयाँ संकलन भएको देखिन्छ । बिर्तामोडकै साँची ग्रुपका संचालक सन्जिव प्रधान, रमेश उप्रेती, रमेश अधिकारीले समेत यस्तै प्रतिबन्धित चिट्ठा उडाएर सर्वसाधारण ठग्ने गरेको पाईएको छ । उनिहरुले वास्तविक सदस्य सङ्ख्याभन्दा बढी सदस्य रहेको देखाउने, नक्कली सदस्य खडा गरेर पुरस्कार विजेता बनाउने र त्यस्तो पुरस्कार रकम कम्पनीकै नियन्त्रणमा राख्ने गरेको प्रमाणसमेत फेला परेको छ।

बिर्तामोडमा नेटवर्किङ व्यवसाय र चिठ्ठाको ठगी धन्दाकानुनी रुपमा प्रतिवन्ध रहेपनि झापाको बिर्तामोडमा नेटवर्किङ व्यवसाय र च...
26/09/2026

बिर्तामोडमा नेटवर्किङ व्यवसाय र चिठ्ठाको ठगी धन्दा

कानुनी रुपमा प्रतिवन्ध रहेपनि झापाको बिर्तामोडमा नेटवर्किङ व्यवसाय र चिठ्ठा खोलेर हजारौ सर्वसाधारणलाई ठगी गरिरहँदा प्रहरी प्रशासनले दह्रो भएर कार्वाही गर्न सकिरहेको छैन ।

धेरै पीडितहरुको गुनासो आएपछि प्रहरीले एकाध पटक अवैध रुपमा व्यवसाय गर्ने व्यवसायीहरुलाई समातेपनि कानुनी कार्वाही गर्न सकेको छैन । पक्राउ पर्नेहरु केही दिनमै छुट्ने गरेका छन् । ठगी खाने ठूलो गिरोहसम्म प्रहरी पुग्न नसकेको हो । नेटवर्किङ व्यवसाय र चिठ्ठा संचालन गर्दै आएको एनके प्युरिफायरबाट ठगिएको भन्दै केही दिनअघि धेरै पीडितहरु इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेका थिए । एनके बेभरेजको कथित ठगी प्रकरण प्रहरीसम्म पुगेपछि नेटवर्किङ व्यवसायबाट आफूहरू पनि ठगिएको भन्दै अन्य पीडितहरू मिडियाको सम्पर्कमा आउन थालेका छन्।

बिर्तामोडमा एनके ,ब्राभो, साक्षी, अजम्बरी, युटर्न , एसकेडी , युएलसी ,हेल्दी लिभिङ, प्राइम वेलबिइङ जस्ता दर्जनौ कम्पनीहरुले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेको र ती व्यवसायमार्फत हजारौँ सर्वसाधारणलाई सदस्य बनाएर रकम उठाउने गरिएको छ ।

अनुसन्धानका क्रममा ती कम्पनीहरूले आफ्नो व्यवसायको वास्तविक सदस्य संख्याभन्दा बढी सदस्य देखाउने, नक्कली सदस्य खडा गरेर पुरस्कार विजेता बनाउने र त्यस्तो पुरस्कार रकम कम्पनीमै राख्ने गरेको प्रमाणसमेत फेला परेको छ।
त्यसैगरी, वास्तविक सदस्यलाई पुरस्कार परेमा पनि विभिन्न शीर्षकमा रकम काट्ने गरिएको पाइएको छ। पुरस्कार पाउने व्यक्तिलाई एजेन्टको नाममा ५ प्रतिशत तथा २५ प्रतिशत कर भन्दै रकम काटेर राखेपनि उक्त रकम सरकारी राजस्वमा दाखिला नगरेको पाईएको छ ।

नेटवर्किङ कम्पनीहरूले आकर्षक आम्दानी, पुरस्कार तथा विभिन्न सुविधा पाउने प्रलोभन देखाउँदै सर्वसाधारणलाई सदस्य बनाउने गरेको पीडितहरूको भनाइ छ। सदस्य बनाएबापत कमिसन तथा विभिन्न तहमा रकम प्राप्त हुने संरचना देखाएर नयाँ सदस्य थप्न प्रोत्साहित गर्ने गरिएको उनीहरूको आरोप छ । महँगो कार , मोटरसाइकल , फ्रिज , वासिङ मेसिनजस्ता आकर्षक उपहार दिने भन्दै संचालन गरिएको चिठ्ठाको लोभमा धेरै सर्वसाधारण परिसकेका छन् ।

प्रत्येक महिना आकर्षक उपहार पाइने र कोही पनि खाली हात नजाने लोभ देखाएर महिना–महिनामा सर्वसाधारण ग्राहकलाई रकम बुझाउन लगाउने गरी चिठ्ठा धन्दाको संजाल विस्तार भइरहँदा प्रहरी प्रशासनले रोक्न नसकेको हो ।

घुमाउरो पाराले आफ्नो कम्पनीको प्रोडक्ट बिक्री गर्ने उद्धेश्यसहित चिठ्ठा बिक्रीबाट लाखौं कमाउने गरी बिर्तामोडमा एकपछि अर्को गर्दै दर्जन बढी कम्पनीहरुले त्यस किसिमको अवैध धन्दा संचालन गरिरहेका छन् । राजनीतिक पृष्ठभूमि भएकै व्यक्तिहरुले अवैधरुपमा चिठ्ठा संचालन गरिरहेकाले प्रहरी प्रशासनले अहिलेसम्म कार्वाही गर्न नसकेको बताइन्छ ।
विगत दुई दशकअघि पिके फर्निचर , डिजाइनर फर्निचरजस्ता व्यवसायिक संस्थाले घरदैलो कार्यक्रमको नाममा त्यस किसिमको चिठ्ठा संचालन गरेका थिए । धेरैजना ठगीमा परेपछि प्रहरी प्रशासनले त्यसबेला बन्द गराएको थियो । अहिले त्यही चिठ्ठा कार्यक्रमको पुनरावृत्ति भएको हो ।

यसरी खोलिएका चिठ्ठा कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले कुनै पनि अनुमति नदिएको बताइन्छ । केही साताअघि बिर्तामोड प्रहरीले ग्लोबल ओरियन्स कम्पनीको कार्यालयमा छापा मारी ४१ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये एकजनालाई मात्र प्रहरीले मुद्धा चलाएको छ ।

करिव दुई दशकअघि बिर्तामोडमा चिठ्ठा कार्यक्रमकै कारण तनाव हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो ।

26/09/2026

#बेलिबिज पुल त गयो अब यहा पनी 7 दिन्म बनोस #बाटो पुन रुपम बन्द भयको छ!अब यतानी #नजर जावोज !🙄🙄😎

26/09/2026

ओखलढुंगाको फुलमती माविमा पहिरोले क्षति, प्रहरी कार्यालयसमेत जोखिममा

ओखलढुंगा । लगातारको वर्षाका कारण ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–५ स्थित फुलमती माध्यमिक विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ।

शुक्रबार गएको पहिरोले विद्यालयका कक्षाकोठा, डेस्क–बेन्च तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको हो। पहिरोसँगै आएको लेदो कक्षाकोठाभित्र पस्दा पठनपाठनका सामग्रीमा समेत क्षति पुगेको छ।

पहिरोले विद्यालय परिसरका ढल तथा पानी निकासका संरचना पुरिएका छन्। विद्यालय नजिकै रहेको इलाका प्रहरी कार्यालय खिजीफलाटेको भवनसमेत जोखिममा परेको छ।

विद्यालयमा बिदा रहेकाले पहिरो जाँदा शिक्षक तथा विद्यार्थी उपस्थित थिएनन्।

#ओखलढुंगा #पहिरो #फुलमतीमाध्यमिकविद्यालय #फूलमतीमाता

26/09/2026

धरानमा बालकले पढ्न शिक्षक देउ भनी अनसन बसेको २४ घन्टापछि फिनेल खाए

सुरक्षा निकायलाई अनसन टोलीले फिनिल पिउन सक्ने भन्दै पूर्व-सतर्कता अपनाउन नसूचना दिएका थिए। तर, पर्याप्त सुरक्षा हुँदाहुँदै पनि उनीहरूले कहिले फिनिल पिए पत्तै भएन। अनसन बसेको २४ घण्टा बितिसक्दा पनि मेयर आएर माग सम्बोधन नगर्दा यो घटना घटेको हो।😥

26/09/2026

कपनमा बाढीले यसरी स्कुटी बगायो !
कृपया सुरक्षित रहनुहोला !!

25/09/2026

पृथ्वीराजमार्गको घाँसीकुवा खण्डमा पहिरोमा पुरिएको बाइक प्रहरीले निकाल्यो !

25/09/2026

बाढीले यसरी घर खेत लगिरहेको छ तेसैले सुरक्षित स्थानमा बसौ

Address


Telephone

+9779804975159

Website

Alerts

Be the first to know and let us send you an email when News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Nepal:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share