Lekhnath Khabar

Lekhnath Khabar सात तालको बगैंचा शहर लेखनाथ बाट सञ्चालित लेखनाथ खबर डट कम एक विश्वसनीय न्यूज पोर्टल हो ।www.lekhnathkhabar.com

लेखनाथ खबर डट कम सात तालको बगैंचा शहर लेखनाथ बाट सञ्चालित एक विश्वसनीय न्यूज पोर्टल हो । https://lekhnathkhabar.com

२१ औं लेखनाथ महोत्सवको तयारी तिव्र : दिनहुँ छलफल र बैठकलेखनाथ, १९ मंसिर ।लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४...
05/12/2025

२१ औं लेखनाथ महोत्सवको तयारी तिव्र : दिनहुँ छलफल र बैठक
लेखनाथ, १९ मंसिर ।

लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सव तयारी तीव्र पारेको छ ।

महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरी विभिन्न उपसमितिसँगको छलफललाई तीव्रता दिइएको छ ।

महोत्सवमा रहने ३ सय ३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भईसकेका छन् । कार्य सम्पादन, सुरक्षा व्यवस्थापन, सहकारी संस्था समन्वय, विद्यालयस्तरीय कार्यक्रम, झाँकी र्याली व्यवस्थापन, युवा परिचालन तथा पार्किङ व्यवस्थापन, टोल विकास संस्था समन्वय, महोत्सव सुपरिवेक्षण उपसमितिसँग छलफल तथा अन्तक्र्रिया गरिएको र महोत्सव सफल बनाउने विषयमा आआफना तर्फबाट खटेर लाग्ने प्रतिबद्धता व्यक्त भएको संघकी अध्यक्ष एवं महोत्सव मुल संयोजक जानुका पराजुलीले बताइन् ।

महोत्सवका विशेष आर्कषणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी रहनेछन ।

यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने महोत्सवका प्रचार प्रसार समितिका संयोजक ध्रुबवावु भट्टराईले बताए ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

'डायमण्ड रनिङ सिल्ड-२०८२' शुरु
01/12/2025

'डायमण्ड रनिङ सिल्ड-२०८२' शुरु

लेखनाथ, १५ मंसिर । पोखरा–२७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयले डायमण्ड रनिङ सिल्ड २०८२ शुरु गरेको छ । .....

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
01/12/2025

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ, १५ मंसिर । यहि मंसिर ३ गतेदेखी १४ गतेसम्म लेखनाथमा सञ्चालन हुन गईरहेको २१ औं संस्करणको लेखनाथ महोत्सवलाई ....

सतिघाट शवदाह संरक्षण समितिको पाँचौँ साधारण सभा सम्पन्न
30/11/2025

सतिघाट शवदाह संरक्षण समितिको पाँचौँ साधारण सभा सम्पन्न

लेखनाथ, १२ मङ्सिर । पोखरा–३० गगनगौडा स्थित सेती ९सरस्वती० नदी किनारमा अवस्थित सतिघाट शवदाह स्थलमा समितिका अध्यक....

आदर्शको २८औं स्थापना दिवसमा २६ औं रत्तदान ४४ युनिट रगत संकलन
30/11/2025

आदर्शको २८औं स्थापना दिवसमा २६ औं रत्तदान ४४ युनिट रगत संकलन

लेखनाथ, १२ मंसिर । लेखनाथ क्षेत्रको अग्रणी युवा क्लवको रुपमा चिनिएको आदर्श युवा क्लवको २८औं स्थापना दिवसका अवसरम...

मंसिर १३ गते शनिबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने
27/11/2025

मंसिर १३ गते शनिबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने

लेखनाथ, ११ मंसिर । पोखराको बेगनासताल लगायत वरपरको क्षेत्रलाई साहसिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउन यहि मंसि....

लेखनाथ निर्माण ब्यवसायिको बृक्षारोपण
27/11/2025

लेखनाथ निर्माण ब्यवसायिको बृक्षारोपण

लेखनाथ, ११ मंसिर । लेखनाथ निर्माण ब्यवसायि समितिले पोखरा ३० को खुदीमा रहेको आफनो कार्यलय परिसर भित्र बृक्षारोपण .....

27/11/2025

साहसिक खेलहरुको प्रर्वद्धनका 'एक्सटेरा नेपाल २०२५'
यहि मंसिर १३ गते बेगनासतालमा
फुल डिस्टेन्स ट्रायथलन (१.५ किमि स्विमिङ, २८ किमि साइक्लिङ र १२ किमि ट्रेल रन)
स्प्रिन्ट ट्रायथलन (७५० मि.पौडी, १४ किमी माउण्टेन बाइक रेस, ६ किमी ट्रेल रन)

‘जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्छु’ : सभापति शर्मा
27/11/2025

‘जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्छु’ : सभापति शर्मा

नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफूहरूलाई जिम्मेवारी दिए एक महिनामै महाधिवेशन गर्ने ब....

25/11/2025

साहसिक खेलहरुको प्रर्वद्धनका लागि एक्सटेरा नेपाल प्रस्तुत गर्दछ
दोश्रो संस्करण एक्सटेरा नेपाल २०२५, यहि मंसिर १३ गतेसम्म बेगनासतालमा

डायमण्डको खेलकुद कार्यक्रम
24/11/2025

डायमण्डको खेलकुद कार्यक्रम

लेखनाथ, ८ मंसिर । डायमण्ड सेकेन्डरी स्कूल, पोखरा–२७, तालचोकमा अवस्थित आज वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गर.....

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
24/11/2025

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

लेखनाथ, ८ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ३ गते देखि १४ गते सम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महो....

Address

Nelson

Alerts

Be the first to know and let us send you an email when Lekhnath Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lekhnath Khabar:

Share

www.lekhnathkhabar.com

Lekhnath Khabar is a brand name of local news in Lekhnath. This is operating own news portal i.e. http://lekhnathkhabar.com/