13/06/2026
गोरखामा रोधीघरमा कुटपिटबाट घाइते भएका ठोट्नेरीका श्यामको मृत्यु : चार जना पक्राउ
गोरखा नयाँबजारस्थित रोधिघरमा कुटपिटबाट घाइते भएका श्याम भनिने सन्त बहादुर गुरुङको मृत्यू भएको छ । गत बुधबार राती रोधीघरबाट निस्कने क्रममा निर्घात कुटपिटमा परी घाइते भएका गुरुङको गएराती गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मुड्की, लात्ती तथा ढुङ्गा प्रयोग गरी घाइते बनाइएक गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो । उपचारपछि घर फर्किएका उनी शुक्रबार दिउसो घरमा बेहोश भएर ढलेका थिए । तत्काल उपचारका लागि गोरखा अस्पताल पुर्याइएको उनको अस्पतालमै मृत्यू भएको मृतक गुरुङकी दिदी सनमाया गुरुङले जानकारी दिइन् । घटनाको अनुसन्धान लागि कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकरी दिए। गोरखा नगरपालिका ७ रोहटेपानीका बोनस शाक्य, धार्चे २ का मिङ्मार गुरुङ धार्चे १ हुलचुकका सन्तोष गुरुङ र सिरानचोक २ थालाजुङका होमराज गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले बताए ।