Nepal Europe online TV

Nepal Europe online TV Nepal Europe Online TV is a news & media website based in Nepal & Europe.

12/11/2025
Happy Retirement Legendary cricketer Sharad Vesawkar.   # 🇳🇵🙏
09/11/2025

Happy Retirement Legendary cricketer Sharad Vesawkar. # 🇳🇵🙏

12/10/2025
दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन गरेपछि ओमानी भूमिमा टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्समा नेपालले १ रनको रोम...
12/10/2025

दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन गरेपछि ओमानी भूमिमा टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्समा नेपालले १ रनको रोमाञ्चक जित हात पारेको छ ।

अल अमेरत ग्राउण्डमा कप्तान रोहित कुमार पौडेलले टस जितेपछि नेपालले ओपसनर आसिफ शेखको अर्धशतकमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

१४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएपछि नेपालले हार नजिक पुगेर जित निकाल्यो ।

नेपाली क्रिकेट टोलीले ओमानमा यूएईविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा यसअघि सधैं हार बेहोरेको थियो ।

रोमाञ्चक जितपछि नेपालका कप्तान रोहित पौडेलले १५-२० रन थोरै भएपनि बलिङमा पुनरागमन गर्द जित सम्भव भएको बताए ।

‘१४० रन बोर्डमा पर्याप्त थिएन । हामीले १६०-१७० रन बनाउनुपर्ने थियो । तर उनीहरुले लास्ट १० ओभरमा राम्रो बलिङ गरे । जब हामीले अलिसानको विकेट लियौं हामीलाई थाहा थियो अब खेलमा फर्कन सकिन्छ।’ आजको दिन नेपालको पक्षमा रह्यो । त्यसमा दीपेन्द्र सिंह ऐरीले सानदार प्रदर्शन गरे ।

रोहितले दीपेन्द्रको निकै तारिफ पनि गरे । ‘यदि तपाईँसँग दीपेन्द्र सिंह ऐरी छ भने अरु केही चाहिँदैन । दीपेन्द्रले रन नबनाए पनि बलिङ र रनआउटबाट योगदान गर्छन् । उनी फुल प्याकेज हुन्’ दीपेन्द्रको प्रदर्शनबारे कप्तान रोहितले भने ।

ब्याटिङमा १ रनमै आउट भएपनि बलिङ र फिल्डिङमा भने उनले जबरजस्त प्रदर्शन गरे । ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका उनले एक रनआउट पनि गरे ।

सुपर सिक्समा यूएईलाई हराएपछि नेपालले घरेलु टोली ओमान समान ४ अंक जोडेको छ र अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि एक खुड्किलो अगाडि बढाएको छ ।

एसोसिएट क्रिकेटमा ‘एल क्लासिको’को रूपमा चर्चा पाएको नेपाल र यूएईबीच आइतबारको खेल प्रतिस्पर्धात्मक मात्र भएन फिनिसिङ पनि निकै रोमाञ्चक रह्यो ।

पहिलो इनिङमा नेपालका आसिफ शेखले ४७ बलमा ५१ रन बनाएका थिए ।

त्यसपछि दोस्रो इनिङमा सोमपालले कप्तान मुहम्मद वासिमलाई १ रनमै आउट गरेका थिए । अलिशान सराफुले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए ।

यूएई समय ८३-१ को अवस्थामा थियो । तर त्यसपछि खेलमा नायक दीपेन्द्रले नै सराफु र जोनाथन फिगीको ८१ रनको साझेदारी तोडे । उनले १२औं ओभरमा फिगीलाई आउट गर्दै पहिलो विकेट लिए ।

त्यसपछि १४औं ओभरमा दीपेन्द्रले सराफुको महत्वपूर्ण विकेट लिए । अर्धशतक बनाउँदै यूएईको इनिङ्स सम्हालेका सराफुलाई दीपेन्द्रले बोल्ड गर्दै खेललाई नेपालतिर ढल्काए ।

त्यसपछि गुल्सनले १५औं ओभरमा हर्सित कोशिकलाई आउट गरे । सन्दीप लामिछानेले बलिङ गरेको १६औं ओभरमा नेपालले २ विकेट लियो । सन्दीपको बलिङमा दीपेन्द्रले नै राहुल चोपरालाई रनआउट गरे भने सन्दीपले बसिल हमिदलाई बोल्ड गरे ।

त्यसपछि खेलको क्लाइमेक्स अन्तिम ओभरमा देखियो । यूएई जितको नजिक थियो । क्रिजमा सेट ब्याटर ध्रुव पारासेर थिए । तर अन्तिम ओभरको नायक दीपेन्द्र बने ।

अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको अवस्थामा कप्तान रोहितले बल दीपेन्द्रलाई थमाए । खेलको अन्तिम ओभर बलिङ गरेका उनले १० रन डिफेण्ड गरे ।

जाहिद अलीले पहिलो बलमा सिंगल लिएर पारासारलाई स्ट्राइक दिए । दोस्रो बल डट खेलेका पारासारले तेस्रो बलमा दीपेन्द्रलाई छक्का प्रहार गरेपछि यूएई १३८-६ रन बनाउँदै जितको निकै नजिक पुगेको थियो ।

तर चौथो बलमा दीपेन्द्रले पारासारलाई सन्दीप जोराबाट लङअनमा क्याचआउट गराए ।

पाँचौ बलमा दुई रन लिने चक्करमा यूएईका ब्याटर हैदर अली रनआउट भए ।

३ बलमा ३ रन आवश्यक रहेको यूएईले अब अन्तिम बलमा ३ रन जोड्नुपर्ने अवस्था आयो । यस्तोमा जुनैद सिद्दिकीले एक रन लिएपनि दोस्रो रन लिने क्रममा जाहिद अली पनि रनआउट भए ।

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आइसिसी टी-२० ...
10/06/2024

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि सन्दीप नेपाली टोलीमा समावेश हुनेछन्।

यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो।
तर अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकाको डलासमा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थिए। साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा श्रीलंकाविरुद्धको खेल गुमाउँदैछन्।
क्यानका पदाधिकारीका अनुसार सन्दीप वेस्ट इन्डिज पुगिसकेका छन्। नेपाली टोली श्रीलंकासँग खेलेपछि बिहीबार वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुग्नेछ।
उनी वेस्ट इन्डिज पुगेपछि मात्र क्यानले आधारिकारिका विज्ञप्ति जारी गरेको छ। उनी वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुगेका हुन्।

क्यानका अनुसार सन्दीपको नाम सामवेश गर्दै तीव्र गतिका युवा बल प्रतिश जिसीलाई टाभलिङ रिजर्भमा राखिएको छ।
‘सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेश गरेको थियो,’ क्यानको भनाइ छ, ‘गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल टिममा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं।’

नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल हारेको नेपालले श्रीलंकासँग आगामी बुधबार विहान खेलेपछि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा खेल्नेछ।

⏰ The wait is almost over! ⌛️Tonight at 9:15 PM, the excitement begins! 🏏
04/06/2024

⏰ The wait is almost over! ⌛️

Tonight at 9:15 PM, the excitement begins! 🏏

२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।उच्च अदालत पाटनले बलात्कार मुद्द...
15/05/2024

२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।

निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

अध्यक्ष चतुरबहादुर चन्दले बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएकाले अन्तर्राष्ट्रिय र घरेलु सबै प्रकारको क्रिकेट गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराएका छन् ।

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्र...
15/05/2024

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो । लामिछाने त्यसविरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् ।

‘...निज प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद र सोही दफाको (३) (ग) बमोजिम ३ लाख रुपैयाँ जरिवाना र २२८ बमोजिम २ लाख रुपैयाँ क्षतिपूर्ति समेत भरी पाउने गरी जिल्ला अदालत काठमाडौँबाट २०८० पुस १३ गते कसुर निर्धारण भई २०८० पुस २५ गते सजाय निर्धारण गर्ने गरी भएको फैसला मिलेको नदेखिँदा उल्टी बदर भई निज प्रतिवादी उपरको बादी नेपाल सरकारको अभियोग मागदाबी नपुगेकाले निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ’, अदालतको फैसलामा भनिएको छ ।

महाशिवरात्रिको शुभकामना🙏
07/03/2024

महाशिवरात्रिको शुभकामना🙏

सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।नेपाल क्...
06/03/2024

सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ ।

क्यानले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङ्ग ज्यूप्रति नेपाल क्रिकेट संघ (क्यान) हार्दिक आभार व्यक्त गर्दछ ।’

सरकारको यो साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानले स्पष्ट पारेको छ ।

नेपाल विश्वकपमा छनोट भए लगत्तै प्रधानमन्त्री प्रचण्डले टिमको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको र अहिले त्यो प्रतिबद्धता परेको बताउँदै राखेपका सदस्य सचिव घिसिङ्गले अब खेलाडीले उच्च मनोबलका साथ तयारी गरेर विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिबृद्धि गर्ने विश्वास लिएको बताएका छन् ।

नेपाल टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ ...
05/03/2024

नेपाल टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो ।

जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।

नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद्‌ पुनर्गठन गरेपछि पहिलो चरणमा माओवादी के...
04/03/2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरणमा हेरफेर गर्दै मन्त्रिपरिषद्‌ पुनर्गठन गरेपछि पहिलो चरणमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

गएको वर्ष मङ्सिरमा भएको आम चुनावमा तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सुरुमा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए।
राष्ट्रपति चुनावमा कांग्रेससँग गठबन्धन गरेपछि टुटेको एमाले माओवादी सत्ता सहयात्रा पछिल्लो सहमतिसँगै पुनः सुरु भएको हो।

पुनर्गठित मन्त्रिमण्डलमा नेकपा एमालेबाट प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपाध्यक्ष डीपी अर्याल मन्त्री बनेका छन्।
अहिले तीनै जनालाई बिना विभागीय मन्त्री बनाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
तीनै जना यसअघि पनि मन्त्री बनिसकेका नेताहरू हुन्। एमालेका गिरी यसअघि स्वास्थ्य मन्त्री रहेका थिए भने तामाङ झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिए। अर्याल भने गएको वर्ष प्रचण्डले एमालेसँग समीकरण गर्दा रास्वपाकातर्फबाट श्रम तथा रोजगार मन्त्री बनेका थिए।

यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‌मा दुई जना उपप्रधानमन्त्रीसहित २१ जना मन्त्री र एक जना राज्यमन्त्री थिए।
गठबन्धन फेर्ने प्रधानमन्त्रीको निर्णयलाई कतिपयले कांग्रेससँग हालैका महिनाहरूमा चिसिएको सम्बन्धको परिणामका रूपमा लिएका छन्।

प्रधानमन्त्री प्रचण्डले भने सोमवार सार्वजनिक टिप्पणी गर्दै नयाँ गठबन्धन बन्नुलाई एउटा ‘उथलपुथल’ भन्दै मन्त्रिपरिषद्को पुनर्गठन गर्ने आफ्नो निर्णयको बचाऊ गरेका छन्।
राजधानीमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, “प्रायः मान्छेहरूले भन्ने गर्छन् धेरै नै अविस्वस्नीय। कुन बेला कता फड्किन्छ बुझ्नै नसक्ने मान्छे भन्छन्। म त्यस्तो होइन। म नेपाल राष्ट्रपति इमानदार हुने कुरामा जहिल्यै पनि कायम छु। तर प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु।”
प्रधानमन्त्रीले पछिल्लो समीकरणले नयाँ राजनीतिक धुव्रीकरणको सुरुवात गराएको पनि उल्लेख गरेका थिए।
उनले पछिल्लो समीकरणले 'समाजवादी दलहरूबीच नयाँ एकताको सङ्केत गरेको' पनि उल्लेख गरे।
Source:BBC

Endereço

Casterhovenstraat
Lisbon
3500

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Nepal Europe online TV publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Nepal Europe online TV:

Compartilhar

Categoria