Nepal Europe online TV

Nepal Europe online TV Nepal Europe Online TV is a premium television channel based in Europe.

12/11/2025
Happy Retirement Legendary cricketer Sharad Vesawkar.   # 🇳🇵🙏
09/11/2025

Happy Retirement Legendary cricketer Sharad Vesawkar. # 🇳🇵🙏

12/10/2025
दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन गरेपछि ओमानी भूमिमा टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्समा नेपालले १ रनको रोम...
12/10/2025

दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन गरेपछि ओमानी भूमिमा टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्समा नेपालले १ रनको रोमाञ्चक जित हात पारेको छ ।

अल अमेरत ग्राउण्डमा कप्तान रोहित कुमार पौडेलले टस जितेपछि नेपालले ओपसनर आसिफ शेखको अर्धशतकमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

१४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएपछि नेपालले हार नजिक पुगेर जित निकाल्यो ।

नेपाली क्रिकेट टोलीले ओमानमा यूएईविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा यसअघि सधैं हार बेहोरेको थियो ।

रोमाञ्चक जितपछि नेपालका कप्तान रोहित पौडेलले १५-२० रन थोरै भएपनि बलिङमा पुनरागमन गर्द जित सम्भव भएको बताए ।

‘१४० रन बोर्डमा पर्याप्त थिएन । हामीले १६०-१७० रन बनाउनुपर्ने थियो । तर उनीहरुले लास्ट १० ओभरमा राम्रो बलिङ गरे । जब हामीले अलिसानको विकेट लियौं हामीलाई थाहा थियो अब खेलमा फर्कन सकिन्छ।’ आजको दिन नेपालको पक्षमा रह्यो । त्यसमा दीपेन्द्र सिंह ऐरीले सानदार प्रदर्शन गरे ।

रोहितले दीपेन्द्रको निकै तारिफ पनि गरे । ‘यदि तपाईँसँग दीपेन्द्र सिंह ऐरी छ भने अरु केही चाहिँदैन । दीपेन्द्रले रन नबनाए पनि बलिङ र रनआउटबाट योगदान गर्छन् । उनी फुल प्याकेज हुन्’ दीपेन्द्रको प्रदर्शनबारे कप्तान रोहितले भने ।

ब्याटिङमा १ रनमै आउट भएपनि बलिङ र फिल्डिङमा भने उनले जबरजस्त प्रदर्शन गरे । ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका उनले एक रनआउट पनि गरे ।

सुपर सिक्समा यूएईलाई हराएपछि नेपालले घरेलु टोली ओमान समान ४ अंक जोडेको छ र अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि एक खुड्किलो अगाडि बढाएको छ ।

एसोसिएट क्रिकेटमा ‘एल क्लासिको’को रूपमा चर्चा पाएको नेपाल र यूएईबीच आइतबारको खेल प्रतिस्पर्धात्मक मात्र भएन फिनिसिङ पनि निकै रोमाञ्चक रह्यो ।

पहिलो इनिङमा नेपालका आसिफ शेखले ४७ बलमा ५१ रन बनाएका थिए ।

त्यसपछि दोस्रो इनिङमा सोमपालले कप्तान मुहम्मद वासिमलाई १ रनमै आउट गरेका थिए । अलिशान सराफुले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए ।

यूएई समय ८३-१ को अवस्थामा थियो । तर त्यसपछि खेलमा नायक दीपेन्द्रले नै सराफु र जोनाथन फिगीको ८१ रनको साझेदारी तोडे । उनले १२औं ओभरमा फिगीलाई आउट गर्दै पहिलो विकेट लिए ।

त्यसपछि १४औं ओभरमा दीपेन्द्रले सराफुको महत्वपूर्ण विकेट लिए । अर्धशतक बनाउँदै यूएईको इनिङ्स सम्हालेका सराफुलाई दीपेन्द्रले बोल्ड गर्दै खेललाई नेपालतिर ढल्काए ।

त्यसपछि गुल्सनले १५औं ओभरमा हर्सित कोशिकलाई आउट गरे । सन्दीप लामिछानेले बलिङ गरेको १६औं ओभरमा नेपालले २ विकेट लियो । सन्दीपको बलिङमा दीपेन्द्रले नै राहुल चोपरालाई रनआउट गरे भने सन्दीपले बसिल हमिदलाई बोल्ड गरे ।

त्यसपछि खेलको क्लाइमेक्स अन्तिम ओभरमा देखियो । यूएई जितको नजिक थियो । क्रिजमा सेट ब्याटर ध्रुव पारासेर थिए । तर अन्तिम ओभरको नायक दीपेन्द्र बने ।

अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको अवस्थामा कप्तान रोहितले बल दीपेन्द्रलाई थमाए । खेलको अन्तिम ओभर बलिङ गरेका उनले १० रन डिफेण्ड गरे ।

जाहिद अलीले पहिलो बलमा सिंगल लिएर पारासारलाई स्ट्राइक दिए । दोस्रो बल डट खेलेका पारासारले तेस्रो बलमा दीपेन्द्रलाई छक्का प्रहार गरेपछि यूएई १३८-६ रन बनाउँदै जितको निकै नजिक पुगेको थियो ।

तर चौथो बलमा दीपेन्द्रले पारासारलाई सन्दीप जोराबाट लङअनमा क्याचआउट गराए ।

पाँचौ बलमा दुई रन लिने चक्करमा यूएईका ब्याटर हैदर अली रनआउट भए ।

३ बलमा ३ रन आवश्यक रहेको यूएईले अब अन्तिम बलमा ३ रन जोड्नुपर्ने अवस्था आयो । यस्तोमा जुनैद सिद्दिकीले एक रन लिएपनि दोस्रो रन लिने क्रममा जाहिद अली पनि रनआउट भए ।

Endereço

Rua Drive Oliveira Ramos 19 1 Esq.
Lisbon

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Nepal Europe online TV publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Nepal Europe online TV:

Compartilhar

Categoria