Gandaki Khabar

यदि कसैले पोर्तुगलमा यौन फोटो देखाएर ब्ल्याकमेल गरेमा के हुन्छ?आपराधिक सजाय (Citizens र Immigrants दुवैका लागि समान) कान...
19/12/2025

यदि कसैले पोर्तुगलमा यौन फोटो देखाएर ब्ल्याकमेल गरेमा के हुन्छ?

आपराधिक सजाय (Citizens र Immigrants दुवैका लागि समान)
कानुन सबैका लागि बराबर लागू हुन्छ।यदि कसैले सहमतिमा लिइएका निजी/यौन फोटो वा भिडियो बिना अनुमति देखायो, सार्वजनिक गर्‍यो वा त्यसको धम्की दिँदै ब्ल्याकमेल गर्‍यो भने उसमाथि ५ वर्षसम्म कैद र ठूलो जरिवाना साथै ब्ल्याकमेल (Extortion) को छुट्टै अभियोग लाग्ने कानुन छ ।

यदि इमिग्रेन्ट यस्तो काममा सग्लन्न भएको खण्डमा पनि सजाय कम हुँदैन। इमिग्रेशन स्टाटसमा थप असर (Immigrants का लागि अतिरिक्त जोखिम) यदि दोषी ठहर भयो भने:
Temporary Residence Permit भएको भए
Residence permit रद्द हुन सक्छ
-Renewal अस्वीकृत हुन सक्छ

Permanent Residence भए पनिगम्भीर अपराध (जस्तै /- ब्ल्याकमेल, यौन गोपनीयता उल्लङ्घन) मा
- देश निकाला (Deportation) को प्रक्रिया सुरु हुन सक्छ
Undocumented (illegal) status मा भए तुरुन्त
detention + deportation
- भविष्यमा Schengen क्षेत्र प्रवेश प्रतिबन्ध

पीडित इमिग्रेन्ट भए के हुन्छ?
यदि पीडित इमिग्रेन्ट हो भने इमिग्रेशन स्टाटसको डरले उजुरी नगर्नुपर्ने अवस्था छैन यस्तो केसमा पोर्तुगलले पीडितको संरक्षण गर्छ Police मा उजुरी गर्दा Residence permit मा नकारात्मक असर पर्दैन कानुन पीडितको पक्षमा हुन्छ, अपराधीको होइन।

राहदानी लिन आउने बारेको जरुरी सूचना (Lot 6)यस राजदूतावासबाट राहदानी आवेदन दिनुभएका देहायको लिंकमा उल्लिखित आवेदकहरुको रा...
16/12/2025

राहदानी लिन आउने बारेको जरुरी सूचना (Lot 6)

यस राजदूतावासबाट राहदानी आवेदन दिनुभएका देहायको लिंकमा उल्लिखित आवेदकहरुको राहदानी बितरणका लागि तयार भएको हुँदा आफ्नो राहदानी बुझिलिन हाल आफुसँग भएको सक्कल राहदानी, पैसा तिरेको रसिद लिएर कार्यालय खुलेको दिन दिउसोको २ वजेपछि Rua Pero de Alenquer 29, 1400-069, Lisboa स्थित यस राजदूतावासको कार्यालयमा स्वयं उपस्थित हुनुहुन अनुरोध गरिन्छ । कुनै कारणवश आफु स्वयं उपस्थित हुन नसकेमा आफ्नो सक्कल राहदानी, पैसा तिरेको रसिद र मञ्जुरीनामा कागज पठाई वारिशमार्फत राहदानी बुझिलिन सकिनेछ ।

राहदानी सम्बन्धी जानकारी यस राजदूतावासको वेवसाइटको लिंक मा गई हेर्न सकिनेछ । राहदानी लिन आउँदा आवेदकले आफ्नो नाम रहेको S.No. (क्रम संख्या) नोट गरी दूतावासको कर्मचारीलाई जानकारी गराउनु हुन समेत अनुरोध गरिन्छ ।

Click the link below:
https://pt.nepalembassy.gov.np/content/12/list-of-passports-ready-for-distribution--lot-6/

राजदूतावासको सेवा सम्बन्धी अन्य जानकारी:
यस राजदूतावासमा देहायबमोजिम सम्पर्क गर्न सकिनेछ:
ईमेल: [email protected]
टेलिफोन: 213011308
राजदूतावासको ठेगाना: Rua Pero de Alenquer 29, 1400-293, Lisboa
कन्सुलर सेवा उपलव्ध हुने समय: कार्यालय खुलेको दिन ९:१५ देखि १:१५ सम्म
राहदानी वितरण एवं राहदानी सम्बन्धी जानकारी लिने समय: २ वजे पछि।

नेपाली राजदूतावास
लिस्बन ।
१६ डिसेम्बर २०२५

PASSPORTS READY FOR COLLECTION (LOT 6) 691 SUBEDI Pitamber 3411 6/24/1

पुर्तगालका प्रधानमन्त्रीले न्यूनतम तलब €1,600 सम्म पुर्‍याउने लक्ष्य राखे, तर ठोस लागू योजना अझै छैन१२ डिसेम्बर २०२५अनिल...
12/12/2025

पुर्तगालका प्रधानमन्त्रीले न्यूनतम तलब €1,600 सम्म पुर्‍याउने लक्ष्य राखे, तर ठोस लागू योजना अझै छैन
१२ डिसेम्बर २०२५
अनिल घिमिरे, पोर्चुगल

पुर्तगालका प्रधानमन्त्री लुइस मोंटेनेग्रो ले ९ डिसेम्बर २०२५ मा एक सार्वजनिक कार्यक्रममा देशको न्यूनतम तलबलाई €1,500 – €1,600 यूरो सम्म पुर्‍याउने ठूलो लक्ष्य घोषणा गरेका छन्। यस कार्यक्रममा उनले मात्र लक्ष्य राखेका भनेर बताए, तर यसलाई लागू गर्ने निश्चित समयसीमा वा स्पष्ट रोडम्याप अहिलेसम्म पारित भएको छैन। 

प्रधानमन्त्रीले भनेका छन् “यो लक्ष्य पूर्ण रूपमा वास्तविक छ र हामीले यसलाई हासिल गर्न सबै आधार बनाउँछौँ, तर *जबसम्म आवश्यक आधार/तयारीहरू तयार हुँदैनन् तबसम्म यो कार्यान्वयनको निश्चित समयसीमा छैन।” 

यसअघि मोंटेनेग्रोले केही दिन अघि नै भनेका थिए कि उनी न्यूनतम तलबलाई €1,500 – €1,600 सम्म र औसत तलबलाई €2,500 – €3,000 सम्म पुर्‍याउने चाहना व्यक्त गरेका थिए। तर कोही पनि ठोस विधेयक वा संसदमा पेश गरिएको प्रस्ताव आजसम्म पारित भएको छैन, र यसका लागि अझै विस्तृत योजना र आर्थिक आधार तयार गर्ने प्रक्रिया जारी छ। 

युनियन र विपक्षीहरूको प्रतिक्रिया अनुसार यो घोषणा कामदार समूह र युनियनहरूमा विवाद उत्पन्न भएको छ। प्रमुख ट्रेड युनियन CGTP ले यसलाई “कामदारहरूमाथि भ्रामक र अवास्तविक” भनी आलोचना गरेको छ, किनभने देशमा अहिले पनि करिब 2.5 लाख मानिसहरू €1,000 भन्दा कम तलब पाउँछन् र धेरै कामदारहरूको वास्तविक जीवनयापन खर्च धेरै उच्च छ। 

हालको पुर्चुगलको वर्तमान न्यूनतम तलब €870 यूरो छ भन्ने निर्णय २०२५ को लागि अघि बढाइएको छ। २०२६ मा यसलाई €920 यूरो मा वृद्धि गर्ने नियम तय गरिएको छ। 
तर €1,500 – €1,600 को लक्ष्य भविष्यको दिशानिर्देश मात्र हो, लागू हुने विधेयक वा समयसीमा छैन।

नेपाली फिल्म ‘परान’ लिस्बनमा थप शो सहित प्रदर्शन हुँदैभावनात्मक नेपाली चलचित्र ‘परान (परान)’ पोर्चुगलको लिस्बनमा दर्शकहर...
07/12/2025

नेपाली फिल्म ‘परान’ लिस्बनमा थप शो सहित प्रदर्शन हुँदै

भावनात्मक नेपाली चलचित्र ‘परान (परान)’ पोर्चुगलको लिस्बनमा दर्शकहरूको उल्लेखनीय सहभागिताका कारण थप शो सहित प्रदर्शन हुने भएको छ। चलचित्र डिसेम्बर ९, मंगलबार साझ ५:०० बजे लिस्बनस्थित सिनेमासिटी – क्याम्पो पिकेनो मा प्रदर्शन हुनेछ।

पहिले ३ सो को हाउसफुल पश्चात थप शो पनि राखिएको आयोजकले जानकारी दिएको छ। दर्शकहरूको सकारात्मक प्रतिक्रिया र बढ्दो मागका कारण अतिरिक्त शो थप गरिएको हो।

‘परान’ शब्दको अर्थ जीवन वा सास भए तापनि भावनात्मक रूपमा यसले अत्यन्तै प्रिय मानिसलाई जनाउँछ। चलचित्रको गहिरो भावनात्मक सन्देश यसको ट्यागलाइन
“सासले होइन, साथले चल्ने”
बाट स्पष्ट हुन्छ।

दीपक प्रसाद आचार्य द्वारा निर्देशित यो चलचित्रले परिवार, प्रेम, त्याग र आपसी सम्बन्धको महत्वलाई जीवन्त रूपमा चित्रण गरेको छ। यथार्थपरक कथा र सक्षम अभिनयका कारण ‘परान’ नेपाली दर्शकमाझ प्रशंसित चलचित्रको रूपमा परिचित छ।

भावनात्मक, पारिवारिक तथा जीवनसँग सम्बन्धित कथावस्तु मन पराउने दर्शकका लागि ‘परान’ अवश्य हेर्नलायक चलचित्र रहेको आयोजकको छ।

पोर्चुगलस्थित लिस्बन दूतावासले मदेरामा रहदानी सेवा शिविर संचालन गर्ने०३ डिसेम्बर/ लिस्बन, पोर्चुगल अनिल घिमिरे— पोर्चुगल...
03/12/2025

पोर्चुगलस्थित लिस्बन दूतावासले मदेरामा रहदानी सेवा शिविर संचालन गर्ने

०३ डिसेम्बर/ लिस्बन, पोर्चुगल
अनिल घिमिरे
— पोर्चुगलमा रहेका नेपालीहरूको सुविधाका लागि लिस्बनस्थित नेपाली दूतावासले आगामी डिसेम्बर ७ र ८ तारिखमा मादेयारामा मोबाइल रहदानी सेवा शिविर सञ्चालन गर्ने भएको छ।

दूतावासले जारी गरेको सूचनाअनुसार, रहदानी नविकरण, प्रथम जारी, हराएको वा चोरी भएको रहदानीको पुनः जारी, क्षतिग्रस्त रहदानी प्रतिस्थापन लगायतका सेवा शिविरमार्फत प्रदान गरिनेछ। शिविर Rua Latino Coelho 56 A/B, Funchal, Madeira मा सञ्चालन हुनेछ।

दूतावासले भनेको छ कि डिसेम्बर ९ गते बिहान ५ बजेसम्म अपोइन्टमेन्ट लिएर आएका सेवाग्राहीलाई मात्र सेवा प्रदान गरिने छ। रहदानीका लागि आवश्यक कागजात पूरा नभएकाले बाँकी रहेका आवेदकहरूले दूतावाससँग पुनः सम्पर्क गरी नाम दर्ता गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

यसअघि नै दूतावासले अनलाइन प्रि–अपोइन्टमेन्ट अनिवार्य गरिएको स्पष्ट पारेको छ। प्रि–अपोइन्टमेन्ट बिना रहदानी सेवामा सहभागी हुन नपाइने दूतावासले जनाएको छ।

शिविरमा सहभागी हुन आउनेहरूले पासपोर्ट प्रि–अपोइन्टमेन्ट फर्म, पुरानो रहदानी (यदि छ भने), नागरिकता वा परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, बसोबास सम्बन्धी कागजात तथा वैवाहिक प्रमाणपत्र (आवश्यक भएमा) अनिवार्य रूपमा ल्याउनुपर्नेछ।

यस मोबाइल शिविरले पोर्चुगलको मादेयारा क्षेत्रमा रहेका नेपाली समुदायलाई ठूलो सुविधा मिल्ने दूतावासको विश्वास रहेको सूचनामा उल्लेख छ।

पोर्चुगलमा नेपाली चलचित्र ‘परान’ भव्य प्रदर्शन हुँदै, सम्पूर्ण तयारी पूरा २८ नोमेम्बर २०२५ लिस्बन, पोर्चुगल अनिल घिमिरेन...
28/11/2025

पोर्चुगलमा नेपाली चलचित्र ‘परान’ भव्य प्रदर्शन हुँदै, सम्पूर्ण तयारी पूरा
२८ नोमेम्बर २०२५ लिस्बन, पोर्चुगल
अनिल घिमिरे

नेपाली चलचित्र ‘परान’ अब पोर्चुगलमा विशेष शोसहित प्रदर्शन हुने आधिकारिक पुष्टि भएको छ। Thank U Entertainment को प्रस्तुति तथा दीपक प्रसाद आचार्य निर्देशित यो बहुप्रतिक्षित चलचित्र डिसेम्बर १, २ र ३ तारिखमा लिस्बनको प्रमुख हल Cinema City – Campo Pequeno मा प्रदर्शित हुने रहेको छ।
दैनिक साँझ ५ बजे सुरु हुने शोले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई मातृभूमिसँग भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।

पोर्चुगलका विभिन्न शहरहरू – लिस्बन, पोर्तो, सेतुबाल, ब्रागा, फारो लगायतमा बसोबास गर्ने नेपालीहरूको उपस्थितिलाई मध्यनजर गर्दै चलचित्र प्रदर्शनलाई विशेष महत्व दिइएको आयोजक टोलीले जनाएको छ।
Bright Nepal र 7Seas Cinema ले पोर्चुगल र विदेश वितरणको जिम्मेवारी सम्हालेका छन्। चलचित्रले नेपालको सामाजिक, पारिवारिक मूल्य र सम्बन्धमाथि केन्द्रित गहिरो कथावस्तु प्रस्तुत गर्ने भएकाले विदेशस्थित नेपाली दर्शकमा निकै प्रभावकारी हुने अनुमान गरिएको छ ।

‘परान’ ले समाजभित्रका अदृश्य पीडाहरू, पारिवारिक तनाव, वियोग, प्रेम र पुनर्मिलनका प्रसंगलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ। निर्देशक दीपक प्रसाद आचार्यको कथाले विभिन्न पुस्ताबीचको सम्बन्ध र भावनालाई चित्रण गरेको छ।
पोस्टरमा देखिएका कलाकारहरूले कथाको संवेदनशीलता र गहिराइलाई दर्शकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

पोस्टर अनुसार, टिकट मूल्य €13.99 तोकिएको छ।
ऑनलाइन टिकट www.brightnepal.com मार्फत उपलब्ध छ।साथै, पोस्टरमा रहेको QR कोड स्क्यान गरेर पनि टिकट किन्न सकिन्छ।

चलचित्र सम्बन्धी जानकारी, टिकट बुकिङ वा समूह कन्फर्मेशनका लागि यी पाँच जनालाई सम्पर्क गर्न सकिन्छ: सन्तोष तामाङ – +351 920 144 214
सञ्जिव शाह – +351 966 001 172
अनिल अधिकारी – +351 964 566 447
भाभेस बस्नेत – +351 920 447 936
प्रवेश पौडेल – +351 913 780 325

उनीहरू पोर्चुगलस्थित आयोजन तथा समन्वय टिमका प्रतिनिधि हुन्।

पोस्टर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ।

विदेशी भूमिमा नेपाली चलचित्र हेर्न पाउनु खास अवसरको रूपमा लिइएको छ, जसले सांस्कृतिक पहिचान र समुदायबीचको सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

हल बुकिङ, साउण्ड तथा प्रदर्शन प्रबन्ध, प्रचार–प्रसार, टिकट वितरण र स्वेच्छिक स्वयंसेवक टोली गठनजस्ता सबै तयारीहरू अन्तिम चरणमा पुगेका आयोजकको भनाइ छ।
पहिलो शोमै भव्य उपस्थितिको अपेक्षा गर्दै आयोजकले दर्शकलाई समयमै टिकट सुरक्षित गर्न आग्रह गरेका छन्।

पोर्चुगलमा“नयाँ फ्लु स्ट्रेन / यो जाडो युरोपका लागि धेरै कठिन हुनसक्छ”मिति: २७नोभेम्बर २०२५अनिल घिमिरेस्वास्थ्य मन्त्री ...
27/11/2025

पोर्चुगलमा“नयाँ फ्लु स्ट्रेन / यो जाडो युरोपका लागि धेरै कठिन हुनसक्छ”

मिति: २७नोभेम्बर २०२५
अनिल घिमिरे

स्वास्थ्य मन्त्री Ana Paula Martins ले बताएका छन् कि नयाँ फ्लु स्ट्रेन (नयाँ प्रकारको इन्फ्लुएन्जा भाइरस) को कारण यस वर्ष जाडोमा स्वास्थ्य प्रणाली (hospitals, emergency services) मा “धेरै उच्च दबाव (very high pressure)” पर्न सक्नेछ। 

उनले भने: “हामीसँग धेरै उच्च खोप दर (vaccination coverage) छ र हामी निरन्तर खोपको लागि आग्रह गरिरहनेछौँ” — किनकि, युरोपका अन्य देशहरूले पनि चेतावनी दिइसकेको छन् कि यो वर्ष इन्फ्लुएन्जा “ठूलो चुनौती” हुनेछ। 

अस्पताल र स्वास्थ्य सेवा प्रदायकहरूले जाडो र आपत्कालीन अवस्थाका लागि विभिन्न “winter / contingency plans” लागू गरिसकेका छन्। तर मन्त्रीले स्वीकार गरे कि “दबाव (pressure)” धेरै हुनेछ। 

European Centre for Disease Prevention and Control (ECDC) ले सूचना दिएको छ कि यस वर्ष इन्फ्लुएन्जा सिजन “अनायासै सुरु” भएको छ ,अर्थात्, इन्फ्लुएन्जाका केसहरू सामान्यभन्दा ३–४ हप्ता छिट्टै देखा पर्न सुरु भएका छन्। 

मुख्य फैलावटको कारक नयाँ स्ट्रेन: H3N2 subclade K (इन्फ्लुएन्जा A को एक उपप्रकार) भन्ने बताइएको छ। 

ECDC ले सबै व्यक्तिहरूलाई छिटो भन्दा छिटो खोप लगाउन आग्रह गरेको छ । विशेष गरी: वृद्ध, गर्भवती महिलाहरू, दीर्घ रोग भएका, कमजोर प्रतिरक्षा प्रणाली भएका, स्वास्थ्यकर्मी, र लामो समय सेवा केन्द्रहरूमा बस्ने बयक्तिलाई ।

स्वास्थ्य मन्त्रालय र अन्य निकायहरूले जाडोका लागि विशेष तयारी गरेका छन् ।अस्पतालहरू, आपत्कालीन सेवाहरू, प्राथमिक उपचार तथा pre-hospital emergency सेवा सबैमा बिशेष जोड दिएको छ।

सरकारले यो सिजनलाई “कठिन” भनेर अघि नै स्वीकारेको छ ।जसका कारण खोप, अस्पताल व्यवस्थापन, र सामूहिक सचेतना (public awareness) लाई प्राथमिकता दिन समस्या नआवस् भनेर ।

फुटबलको सुनौलो युग अन्त्यतर्फ: रोनाल्डोको अन्तिम विश्वकप २०२६ मा१२ नोवेम्बर,पोर्चुगलपोर्चुगलका फुटबल स्टार क्रिस्टियानो ...
12/11/2025

फुटबलको सुनौलो युग अन्त्यतर्फ: रोनाल्डोको अन्तिम विश्वकप २०२६ मा
१२ नोवेम्बर,पोर्चुगल

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो ले पुष्टि गरेका छन् कि २०२६ को FIFA विश्वकप उनको अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

रोनाल्डोले एक अन्तर्वार्तामा भने:

“हो, यो मेरो अन्तिम विश्वकप हुनेछ। म त्यो समयसम्म ४१ वर्षको हुनेछु, र मलाई लाग्छ यो नै सही समय हो।”

उनले थपे कि उनी अझै पनि फुटबलको प्रत्येक क्षणको आनन्द लिइरहेका छन्, तर अब आफ्नो करियरको अन्त्यतिर ध्यान केन्द्रित गरिरहेका छन्।

२०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ, र रोनाल्डोले यस प्रतियोगितालाई आफ्नो अन्तिम ठूलो अन्तर्राष्ट्रिय उपस्थितिको रूपमा हेरेका छन्।

पोर्तुगलमा नेपाली कामदारको समस्याबारे नेतृत्व तहमा गुनासोलिस्बनमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधि रमेश राज बास्तो...
11/11/2025

पोर्तुगलमा नेपाली कामदारको समस्याबारे नेतृत्व तहमा गुनासो

लिस्बनमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधि रमेश राज बास्तोलाले पोर्तुगलको प्रमुख प्रतिपक्ष दल चेगा (CHEGA) का नेता तथा राष्ट्रपति पदका उम्मेदवार आन्द्रे भेन्तुरासँग भेट गरी नेपाली सहित अन्य आप्रवासी कामदारहरूले भोगिरहेको समस्या औपचारिक रूपमा उजागर गर्नुभएको छ।

बास्तोलाले भेन्तुरालाई कामदारहरूको शोषण, मानव तस्करी, र बसोबास (रेजिडेन्स) कार्ड प्रक्रियामा भइरहेको अन्याय सम्बन्धी प्रमाणसहितको लिखित पत्र बुझाउनुभएको थियो।

बास्तोलाको भनाइ अनुसार:
• धेरै आप्रवासीहरू २–३ वर्षदेखि निरन्तर काम र कर तिर्दै आएका छन्, तर अझै पनि रेजिडेन्स कार्ड पाउन ढिलाइ भइरहेको छ।
• अर्कोतर्फ, गोल्डन भिसा कार्यक्रममार्फत लगानी गर्नेहरूले सहज रूपमा रेजिडेन्स अनुमति पाईरहेका छन्, जसले समानताको सिद्धान्तमा प्रश्न उठाउँछ।
• केही कम्पनीहरूले आप्रवासीहरूलाई अनुचित श्रम अवस्थामा, न्यून तलबमा, र धम्कीपूर्ण व्यवहारमा राखेको प्रमाण पनि प्रस्तुत गरिएको थियो।

भेन्तुराले सो मुद्दालाई अध्ययन गरी छिट्टै आधिकारिक जवाफ दिने आश्वासन दिनुभएको छ।@

पोर्चुगलमा नयाँ आप्रवासन कानून: परिवार र आप्रवासीको लागि के नयाँ छ?९ नोवेम्बर अनिल घिमिरे, पोर्चुगलपोर्चुगलको संसदले नया...
10/11/2025

पोर्चुगलमा नयाँ आप्रवासन कानून: परिवार र आप्रवासीको लागि के नयाँ छ?
९ नोवेम्बर
अनिल घिमिरे, पोर्चुगल

पोर्चुगलको संसदले नयाँ संशोधित आप्रवासन कानून पारित गरेको छ। यसअघि पुरानो कानून सर्वोच्च अदालतले रोक लगाएको थियो, किनभने त्यसले आप्रवासीहरूका लागि धेरै कठोर नियम राखेको थियो।

नयाँ कानूनका मुख्य बुँदाहरू:
1. परिवार पुनर्मिलन:
• आप्रवासीले कम्तीमा दुई वर्ष वैध बसोबास गरेपछि मात्र आफ्नो श्री/श्रीमतीलाई पोर्चुगलमा ल्याउन सक्नेछन्।
• यदि जोडीले पहिले नै एक वर्षभन्दा बढी एकसाथ बसेको भए, बसाइको अवधि आधा हुने व्यवस्था छ।
2. छोराछोरी र आश्रितहरू:
• १८ वर्ष मुनिका छोराछोरी वा अपाङ्ग आश्रित व्यक्तिहरूलाई अभिभावकसँगै ल्याउन सकिनेछ, चाहे पूर्ण वैध बसाइ पूरा नभएको भए पनि।
3. कानूनको उद्देश्य:
• सरकारले भनेको छ, “यो कानूनले सही सन्तुलन ल्याउँछ — न त आप्रवासीलाई ढोकाहरू पूर्ण रूपमा खुला राख्ने, न त बन्द गर्ने।”

किन महत्वपूर्ण छ?
• पछिल्ला वर्षमा पोर्चुगलमा आप्रवासीहरूको संख्या बढ्दै गएको छ।
• नयाँ कानूनले वैध बसाइ र कागजातहरूको व्यवस्थापनमा ध्यान दिनुपर्छ भन्ने कुरामा जोड दिएको छ।
• परिवार पुनर्मिलन र कार्य अनुमति सम्बन्धी नियम केही कडा भएका छन्।

तपाईंले ध्यान दिनुपर्ने कुरा:
• आफ्नो वैध बसाइ र कागजातहरू अपडेट राख्नु जरुरी छ।
• परिवार सदस्य ल्याउने योजना छ भने नयाँ नियम अनुसार योजना बनाउनु पर्छ।
• आप्रवासी सेवा केन्द्र र डिजिटल सेवा प्रणालीको उपयोग गरेर कागजात र अधिकार सुनिश्चित गर्न सकिन्छ।

पासपोर्ट (राहदानी) पुनः आवेदन सम्बन्धी राजदूतावासको सूचना — लिस्बनआगामी नोभेम्बर 2025 को तेस्रो साताका लागि राहदानी (पास...
07/11/2025

पासपोर्ट (राहदानी) पुनः आवेदन सम्बन्धी राजदूतावासको सूचना — लिस्बन

आगामी नोभेम्बर 2025 को तेस्रो साताका लागि राहदानी (पासपोर्ट) अनलाइन आवेदन आज साँझ ५ बजेबाट खुला भैसकेको छ।
पहिले आवेदन गरेर बाँकी प्रक्रिया पूरा गर्न बाँकी भएकाहरूले फारम भरेर निम्न कागजातसहित राजदूतावासमा हाजिर हुनुपर्ने छ:

ल्याउनुपर्ने कागजात:
राहदानी फारामको प्रिन्ट आउट
पुरानो पासपोर्ट
नेपाली नागरिकता प्रमाणपत्र
प्रतिलिपिहरू
बच्चाहरूको हकमा: जन्मदर्ता, बाबु/आमाको नागरिकता र विवाह दर्ता प्रमाणपत्र

कहाँ आउने:
Nepali Embassy Lisbon
Rua Pero de Alenquer 29, 1400-293, Lisboa

बायोमेट्रिक र प्रक्रिया:
आफू उपलब्ध हुने समय मिलाएर राजदूतावासमा आउनू।
सीधै गएर तत्काल आवेदन बुक गर्न सम्भव छैन, पहिले अनलाइन Appointment अनिवार्य।

अनलाइन आवेदन लिंक:
https://emrtds.nepalpassport.gov.np/
थप विवरण: https://pt.nepalembassy.gov.np/pages/passport-service-4/

सम्पर्क:
इमेल: [email protected]
फोन: 213011308
सेवा समय:
• कन्सुलर सेवा: बिहान 9:15 देखि
• पासपोर्ट जानकारी: 2 बजेपछि
सूचना जारी: नेपाली राजदूतावास, लिस्बन
मिति: ०७ नोभेम्बर २०२५

विद्युतीय राहदानी

Endereço

Lisbon

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Gandaki Khabar publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Gandaki Khabar:

Compartilhar