Voice of Nepal TV

Voice of Nepal TV A NEWS CHANNEL to raise the voice of Nepalese community around the globe.
(1)

सहारा यूकेको वार्षिक च्यारिटी डिनर नाइटमा एस.के. गुरुङ सम्मानितलण्डन, युके – सहारा यूकेद्वारा २२ नोभेम्बर २०२५मा आयोजित ...
26/11/2025

सहारा यूकेको वार्षिक च्यारिटी डिनर नाइटमा एस.के. गुरुङ सम्मानित

लण्डन, युके – सहारा यूकेद्वारा २२ नोभेम्बर २०२५मा आयोजित वार्षिक च्यारिटी डिनर नाइटका अवसरमा ल्वाङ गाउँ (Lwang Village) पर्यटन बोर्डको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्री एस.के. गुरुङलाई विशेष सम्मान प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि, युकेस्थित नेपालका डिपुटी चीफ अफ मिशन (DCM) विपिन दुवाडी र सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले गुरुङलाई Certificate of Appreciation प्रदान गर्दै उनको नेतृत्व, कठिन परिश्रम र निरन्तर समर्पणको प्रशंसा गरेका थिए।

एस.के. गुरुङको दूरदर्शी नेतृत्व र सक्रियताले ल्वाङ गाउँलाई नेपालको ग्रामीण पर्यटनका गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्‍याएको छ। Lwang Village पर्यटन बोर्डको व्यवस्थापनमा उनको योगदानले गाउँको पहिचान मात्र उकासेको छैन, सहारा यूकेको प्रतिष्ठालाई पनि नयाँ उचाइमा पुर्‍याएको बताइएको छ।

गुरुङको पहलले सहारा यूके र स्थानीय समुदायबीच दिगो सहकार्यको आधार निर्माण गरेको अध्यक्ष गुरुङले बताए। संस्थाका प्रतिनिधिहरूले उनको योगदानप्रति “हृदयदेखि कृतज्ञता” व्यक्त गर्दै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्य निरन्तर हुने आशा व्यक्त गरे।

Sleeping on your stomach might feel comfy, but it’s actually one of the roughest positions for your spine 😬When you lie ...
22/11/2025

Sleeping on your stomach might feel comfy, but it’s actually one of the roughest positions for your spine 😬

When you lie face down, your lower back gets pushed into an intense arch and your neck twists to one side for hours. No wonder it leads to morning stiffness, tension, and even nerve issues.

Experts say it strains your lower back, tightens your hip flexors, and can mess with your posture over time.

Better picks? Side sleeping with a pillow between your knees or lying on your back with good support. Both keep your spine in a way happier position.

ठिक ३ वर्षअघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धैरे मत पाएर जित्ने टप १० सांसदहरु ।
22/11/2025

ठिक ३ वर्षअघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धैरे मत पाएर जित्ने टप १० सांसदहरु ।

🇬🇧 वेल्लिन्टन वार्डमा नेपाली समुदायको गर्व — डा. बिशाल गुरुङ काउन्सिलर उम्मेदवार 🇳🇵 बेलायतमा रहेका नेपाली समुदायका परिचि...
13/11/2025

🇬🇧 वेल्लिन्टन वार्डमा नेपाली समुदायको गर्व — डा. बिशाल गुरुङ काउन्सिलर उम्मेदवार 🇳🇵
बेलायतमा रहेका नेपाली समुदायका परिचित अनुहार, समाजसेवी तथा सक्रिय अभियन्ता डा. बिशाल गुरुङ अब कन्जर्भेटिभ पार्टी (Conservative Party) तर्फबाट वेल्लिन्टन वार्ड (Wellington Ward) का काउन्सिलर उम्मेदवार बनेका छन्।

स्याङ्जा जिल्लामा जन्मिएर करिब नौ वर्षअघि बेलायत आएका डा. गुरुङ हाल अल्डर्सटमा बसोबास गर्दै आएका छन्। बेलायतमा रहँदै उनले गाउले संस्था, जातीय संगठन र विभिन्न नेपाली संघ–संस्थासँग हातेमालो गर्दै समुदायको सेवामा आफूलाई समर्पित गरेका छन्।

डा. गुरुङ भन्छन्,

“हामी नेपालीहरू बेलायतमा पनि आफ्नो धर्म, संस्कृति र पहिचान सुरक्षित राख्न सफल भएका छौँ। अब चाहिँ यहाँका स्थानीय निकायसँग सहकार्य गर्दै, नेपाली समुदायसम्म सरकारी सेवा र अवसर पुर्‍याउने, अनि बेलायती साथीहरूसँग अझ नजिकको सम्बन्ध बनाउने मेरो लक्ष्य हो।”

उनले थपे,

“अल्डर्सट हाम्रो साझा घर हो। म सबै बासिन्दाको आवाज सुन्ने, र समुदायको हितमा काम गर्ने काउन्सिलर बन्न चाहन्छु। तपाईंहरूको अमूल्य समर्थन र मतको अपेक्षा गर्दछु।”

कन्जर्भेटिभ पार्टीका स्थानीय नेताहरूका अनुसार डा. गुरुङ समुदायका लागि प्रतिबद्ध, व्यवहारिक र इमानदार उम्मेदवार हुन्। उनीहरूले विश्वास व्यक्त गरेका छन् कि डा. गुरुङको उम्मेदवारीले वेल्लिन्टन वार्डमा नेपाली समुदायको आवाजलाई अझ सशक्त रूपमा प्रतिनिधित्व गर्नेछ।

स्थानीय नेपालीहरूले पनि उनको उम्मेदवारीलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन्। धेरैले सामाजिक सञ्जालमार्फत लेखेका छन् –

“डा. बिशाल हाम्रो समुदायको अभिमान हुन्। अब बेलायतको स्थानीय सरकारमा हाम्रो आवाज पुग्नेछ।”

वेल्लिन्टन वार्डका मतदाताहरूले अब आगामी चुनावमा आफ्नो आवाज प्रतिनिधित्व गर्ने एक सक्रिय नेपाली उम्मेदवार पाएका छन्।
समुदायभित्र उत्साहको माहोल छ — ‘अब हाम्रो नेपाली काउन्सिलर आउनेछ!’

"भदौ २३ गतेको घटनामा तत्कालीन सरकार दोषी, धरहरा सरकारले बनाएको भन्ने तर गोली कसले चलायो थाहा छैन भन्ने कुरा गलत हो"- सुर...
13/11/2025

"भदौ २३ गतेको घटनामा तत्कालीन सरकार दोषी, धरहरा सरकारले बनाएको भन्ने तर गोली कसले चलायो थाहा छैन भन्ने कुरा गलत हो"

- सुरेन्द्र पाण्डे



(Src: NepalPress)

11/11/2025

चीनको सिचुआन प्रान्तमा केही महिनाअघि मात्र उद्घाटन गरिएको होङ्ची पुलको एक खण्ड यसरी भत्कियो । पहिरोका कारण भत्केको पुल नदीमा खसेको छ। यो पुल ७५८ मिटर उचाइमा बनेको थियो । अहिले यो भिडियो भाइरल बनेको छ।

09/11/2025

शिक्षामन्त्री महाबिर पुन शिक्षा मन्त्रालयको आफ्नै भान्सामा ढिडो मस्काउदै गरेको यो भिडियो तपाईंलाई कस्तो लाग्यो । कृपया प्रतिक्रिया दिनुहोला ।

मलाई किन लखेटेको थाहै पाइनः केपी शर्मा ओली
08/11/2025

मलाई किन लखेटेको थाहै पाइनः केपी शर्मा ओली

08/11/2025

एमालेको महाधिवेशनमा छलफल हुँदैन। मेरो उद्घाटन मन्तव्य बाहेक कुनै छलफल हुँदैन !!

07/11/2025

राजाले महाकाली सन्धी खारेज गर भन्दा मैले मानिन :- शेर ब देउबा

नेपाल स्काउटले लामो समयदेखि आफ्नो नाममा रहेको जग्गा र त्यसमाथि बनेका संरचना अन्य व्यक्तिको कब्जामा रहेकाले सात दिनभित्र ...
06/11/2025

नेपाल स्काउटले लामो समयदेखि आफ्नो नाममा रहेको जग्गा र त्यसमाथि बनेका संरचना अन्य व्यक्तिको कब्जामा रहेकाले सात दिनभित्र जफत प्रक्रियामा जाने चेतावनी दिएको छ। संस्थाले आज जारी गरेको सूचनामा लैनचौरको आफ्नै क्षेत्रभित्र रहेका भवन र सामग्री हटाउन सम्बन्धित पक्षलाई अन्तिम म्याद प्रदान गरिएको उल्लेख छ।

लैनचौरस्थित स्काउटको केन्द्रीय कार्यालयअन्तर्गत पर्ने कित्ता नम्बर १० मा रहेको ३ रोपनी क्षेत्रफल २०५६ सालमा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि ले भाडामा लिएको थियो। सम्झौता २०७५ सालमै पूरा भए पनि कम्पनीले जग्गा खाली नगरेको स्काउटको भनाइ छ।

उक्त कम्पनी पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक खड्काको स्वामित्वमा रहेको बताइन्छ। सम्झौता सकिएको वर्षौँ बितिसक्दा पनि स्काउटको सम्पत्ति नछोडी, उनले त्यहाँ रहेका भवन अन्य व्यवसायलाई भाडामा दिएर आय आर्जन गरिरहेको आरोप छ।

यस अघि अदालतले पटक–पटक स्काउटको जग्गा खाली गराउन आदेश दिए पनि खड्काले त्यसको पालना नगरेको संस्थाको आरोप छ। अब स्काउटले कानुनी आधारमा सम्पत्ति पुनः नियन्त्रणमा लिने तयारी तीव्र बनाएको जनाएको छ।

06/11/2025

यो नेपाली राजनीति हो, रमाइलो छ 🤣! देशमा सर्कस चलिरहेछ !!

Endereço

Lisbon

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Voice of Nepal TV publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Entre Em Contato Com O Negócio

Envie uma mensagem para Voice of Nepal TV:

Compartilhar

VOICE OF NEPAL TV - VON . “Connecting Nepal, Connecting Nepalese”

तपाईको आफ्नै टेलिभिजन, तपाईकै समाचार !! हामी जोड्दछौ, प्रवासका नेपालीलाई नेपालसँग !!

VOICE OF NEPAL TV believes in democracy and freedom of press. It is committed to provide true picture of news and analytical reviews to the Nepalese society. Being the news network it is our responsibility to affirm professionalism in disseminating true information.

VON TV is a platform for bringing quality news which is impartial, timely and independent.

Voice Of Nepal TV is the most popular online Television broadcasted from Europe. Our Head Office is in Portugal. VON is a community based online television covering the various spectrums of the society.