Voice of Nepal TV

  • Home
  • Voice of Nepal TV

Voice of Nepal TV Voice of the Voiceless A NEWS CHANNEL to raise the voice of Nepalese community around the globe.

30/08/2026

Nepali Mela UK 2026

३० August २०२६ मा तमुधि युके ले आयोजित १७औं नेपाली मेला भव्यता को साथमा सम्पन्न गर्न गई रहदा हाम्रो देश नेपालमा गएको प्र...
28/08/2026

३० August २०२६ मा तमुधि युके ले आयोजित १७औं नेपाली मेला भव्यता को साथमा सम्पन्न गर्न गई रहदा हाम्रो देश नेपालमा गएको प्राकृतिक प्रकोप बाढीले, रसुवा स्थित भोटेकोशी नदीमा बुधबार आएको बिषण बाढीले हाम्रो देश नेपालको विभिन्न क्षेत्रहरु तहस नहस को साथै धेरै धनजन र मानवीय क्षति पुर्याएकोमा तमुधि युके परिवार दुखित छौं। करीब बर्ष दिन देखि तयारी अवस्थामा रहेको यस नेपाली मेलालाई शोकलाई शक्तिमा परिणत गर्दै आज बसेको आपतकालिन बैठकले १७ औं नेपाली मेलालाई निरन्तरता गर्दै,यस नेपालि मेलाबाट आएको सम्पूर्ण मुनाफा प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिने निर्णय गरेका छौं।

बाढिले परिवार छुटायो,सहयोग गरौं, साथ दिऔ जिबन बचाऔ , सहयोगको लागी तयार रहौं !!!
तमुधि युके

 #रसुवा बाट आएको बाढीमा बग्दै गरेकी एक महिलाले रुख समातेर आफ्नो ज्यान जोगाउन सफल भएकि छन । बाढीको बहाव केही कम भएपछि स्थ...
26/08/2026

#रसुवा बाट आएको बाढीमा बग्दै गरेकी एक महिलाले रुख समातेर आफ्नो ज्यान जोगाउन सफल भएकि छन । बाढीको बहाव केही कम भएपछि स्थानीयवासी र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा उनको सकुशल उद्धार गरिएको छ।

#उद्धारपछि उनलाई तत्काल उपचारका लागि आकस्मिक रूपमा अस्पताल पुर्‍याइएको छ।

#उनको ज्यान जोगाउन खटिएका सम्पूर्ण स्थानीयवासी तथा सुरक्षाकर्मीहरूलाई हार्दिक धन्यवाद। 🙏🇳🇵

पोर्चुगलकी सबैभन्दा वृद्ध महिलाको ११३ वर्षको उमेरमा निधन: पोर्चुगलकी सबैभन्दा वृद्ध महिला भनेर चिनिएकी मारिया दा कोन्सेइ...
25/08/2026

पोर्चुगलकी सबैभन्दा वृद्ध महिलाको ११३ वर्षको उमेरमा निधन:

पोर्चुगलकी सबैभन्दा वृद्ध महिला भनेर चिनिएकी मारिया दा कोन्सेइसाओ'को अल्गार्भ क्षेत्रको साओ ब्रास दे आलपोर्टेल नगरपालिकामा ११३ वर्ष ८ महिनाको उमेरमा निधन भएको छ।

एक शताब्दीभन्दा लामो जीवनमा उनले पोर्चुगल र विश्वमा भएका अनेक ऐतिहासिक परिवर्तन प्रत्यक्ष अनुभव गरिन्। तीमध्ये दुईवटा विश्वयुद्ध, लामो समयको तानाशाही शासन, सन् १९७४ को कार्नेशन क्रान्ति, लोकतन्त्रको स्थापना, पोर्चुगलको युरोपेली संघमा प्रवेशसमेत पर्छन्।

Read the Full Story at :

https://voiceofnepaltv.com/2026/08/73393/

‘बुर्का प्रतिबन्ध’ उल्लङ्घन गरेको आरोपमा स्विट्जरल्यान्डमा मुस्लिम महिलालाई एक हजार फ्र्याङ्क जरिवाना : सुरुमा अधिकारीहर...
25/08/2026

‘बुर्का प्रतिबन्ध’ उल्लङ्घन गरेको आरोपमा स्विट्जरल्यान्डमा मुस्लिम महिलालाई एक हजार फ्र्याङ्क जरिवाना :

सुरुमा अधिकारीहरूले उनलाई १०० स्विस फ्र्याङ्क जरिवाना गरेका थिए। महिलाले आफू इस्लामोफोबियाको शिकार भएको दाबी गर्दै उक्त निर्णयविरुद्ध अपिल गरिन्। तर मुद्दाको पुनर्मूल्यांकनपछि जरिवाना कायम राखियो र रकम बढाएर १,००० स्विस फ्र्याङ्क पुर्‍याइयो।

यो मुद्दाले अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिक्रिया उत्पन्न गरेको छ र सार्वजनिक स्थानमा धार्मिक पहिरनमाथि लगाइने प्रतिबन्धको सीमा कति हुनुपर्छ भन्ने विषयमा मत विभाजित बनेको छ।

https://voiceofnepaltv.com/2026/08/73389/

23/08/2026

लन्डनमा यही अगष्ट ३० मा आयोजना हुने १७ औं नेपाली मेलाको तयारीबारे आयोजक तमुधिं यूकेको पत्रकार सम्मेलन LIVE

हिमाल जस्तै रेकर्ड बनाएकी एक असाधारण नेपाली छोरी दावा याङ्जुम शेर्पा ।काठमान्डौ । खुम्बुको काखमा हुर्किएकी दावा याङ्जुमल...
22/08/2026

हिमाल जस्तै रेकर्ड बनाएकी एक असाधारण नेपाली छोरी दावा याङ्जुम शेर्पा ।

काठमान्डौ । खुम्बुको काखमा हुर्किएकी दावा याङ्जुमले ३३ वर्षको उमेरमा सन् २०२४ अक्टोबरमा शिशापाङ्माको सफल आरोहणसँगै १४ वटा ८ हजार मिटर अग्ला हिमालको ‘ग्रान्ड स्लाम’ पूरा गरिन्।

दावा याङ्जुम शेर्पा—विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला।

एभरेस्टदेखि K2, कञ्चनजङ्घादेखि अन्नपूर्ण र अन्ततः शिशापाङ्मासम्मको उनको यात्रा साहस, संघर्ष र अटुट दृढताको रोमाञ्चक कथा हो।

उनी IFMGA/UIAGM अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाइड प्रमाणपत्र हासिल गर्ने पहिलो नेपाली महिला पनि हुन्।

उनले केवल १४ हिमाल चढिनन्, नेपाली महिलाको साहस र क्षमताको उचाइ पनि विश्वसामु पुर्‍याइन्।

दावा याङ्जुम शेर्पा—हिमाल चढेर इतिहासमा नाम लेख्ने नेपाली छोरी।

लिस्बनस्थित केन्द्रीय मस्जिदका इमाम शेख डेभिड मुनिर (Sheik David Munir) ले सार्वजनिक स्थानमा अनुहार पूर्ण रूपमा ढाक्ने प...
20/08/2026

लिस्बनस्थित केन्द्रीय मस्जिदका इमाम शेख डेभिड मुनिर (Sheik David Munir) ले सार्वजनिक स्थानमा अनुहार पूर्ण रूपमा ढाक्ने पहिरनमा प्रतिबन्ध लगाउने नयाँ कानुन सुरक्षाका दृष्टिकोणले उचित रहेको बताएका छन्। साथै, उनले मुस्लिम महिलाले अनुहार खुला राख्दा इस्लामअनुसार कुनै पाप नगर्ने स्पष्ट पारेका छन्।

पुरा समाचार बिस्तृत 👇👇

https://voiceofnepaltv.com/2026/08/73384/

सुरक्षा, लैङ्गिक समानता र सामाजिक विश्वासलाई आधार बनाउँदै राष्ट्रपति अन्तोनियो जोजे सेगुरोले नयाँ कानुन स्वीकृत गरेका छन...
20/08/2026

सुरक्षा, लैङ्गिक समानता र सामाजिक विश्वासलाई आधार बनाउँदै राष्ट्रपति अन्तोनियो जोजे सेगुरोले नयाँ कानुन स्वीकृत गरेका छन्। कानुन उल्लङ्घन गरेमा अधिकतम ३,००० युरोसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ।

Read Full News at link below 👇

https://voiceofnepaltv.com/2026/08/73376/

दुई महिनाअघि डुब्ने अवस्थामा पुगेको भनिएको डिडिसी (दुग्ध विकास संस्थान) ले छोटो अवधिमै करिब ९९ करोड रुपैयाँको व्यापार गर...
05/08/2026

दुई महिनाअघि डुब्ने अवस्थामा पुगेको भनिएको डिडिसी (दुग्ध विकास संस्थान) ले छोटो अवधिमै करिब ९९ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ। यति मात्र होइन, वर्षौँदेखि दूधको भुक्तानी नपाएर समस्यामा परेका किसानहरूलाई करिब ४० करोड रुपैयाँ भुक्तानी गरिएको छ। यसले किसानमा विश्वास जगाउनुका साथै संस्थालाई पुनः चलायमान बनाउने संकेत दिएको छ।

त्यसैगरी, ३७ वर्षसम्म लगातार घाटामा रहेको नेपाल औषधि लिमिटेड पनि अहिले नाफामा जान सफल भएको खबर आएको छ। लामो समयदेखि समस्याग्रस्त रहेको सरकारी संस्थाले आर्थिक सुधारको संकेत देखाउनु सकारात्मक विषय हो।

देश बनाउने काम भाषणले होइन, नीति, निर्णय र कार्यान्वयनले हुन्छ। दशकौँदेखि थुप्रिएका समस्या, कमजोर व्यवस्थापन र आर्थिक अव्यवस्थाको असर १०० दिनमै पूर्ण रूपमा हट्न सक्दैन। तर सुधारको सुरुवात भएको छ भने त्यसलाई स्वीकार गर्न पनि सक्नुपर्छ।

आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो, तर आलोचना तथ्यमा आधारित हुनुपर्छ। राम्रो कामलाई राम्रो भन्न सक्ने र कमजोरीलाई सुधार गर्न सुझाव दिन सक्ने संस्कार नै जिम्मेवार नागरिकको पहिचान हो।

देशलाई वर्षौँसम्म कमजोर बनाइएका संरचनाहरू एकैछिनमा परिवर्तन हुँदैनन्। तर सही दिशामा पाइला चालिएको छ भने त्यसलाई हौसला दिनुपर्छ। धैर्य, निरन्तरता र इमानदार प्रयासबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव छ।

ढुक्क हुनुहोस्, देश बन्दैछ, र अझ राम्रोसँग बन्नेछ। 🇳🇵🙏

Address


Alerts

Be the first to know and let us send you an email when Voice of Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice of Nepal TV:

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share