Digital Khabar

Digital Khabar नमस्कार हाम्रो आधिकारिक फेसबुक पेजमा यहाँहरु सम्पूर्ण लाई हार्दिक स्वागत गर्दछु ।🙏

भोलि २०८२/६/२० गते सोमबार जिल्ला प्रशासन र सबै कार्यालयबाट नियमित सेवा सन्चालन हुने भएको छ।
05/10/2025

भोलि २०८२/६/२० गते सोमबार जिल्ला प्रशासन र सबै कार्यालयबाट नियमित सेवा सन्चालन हुने भएको छ।

मुग्लिन नजिक तुइन खोलामा आएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक तीन दिनदेखि ठप्प छ । तुइन खोला पुल नजिक खसेको पहिरो पन्छ...
21/09/2025

मुग्लिन नजिक तुइन खोलामा आएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक तीन दिनदेखि ठप्प छ । तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुन: सुरु गरिएको छ । बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Highway Update: मुग्लिन-नारायणगढ सडक को तुइनखोला छेउमा आइरहेको पहिरोका कारण सडक अझै अवरुद्ध नै रहेकोले तलको वैकल्पिक मार...
21/09/2025

Highway Update: मुग्लिन-नारायणगढ सडक को तुइनखोला छेउमा आइरहेको पहिरोका कारण सडक अझै अवरुद्ध नै रहेकोले तलको वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ:
१. नौबिसे-दामन-हेटौडा
२. मुग्लिन-भिमाद-डेढगाउँ-गैंडाकोट (कालीगण्डकी करिडोर)

ऊर्जामन्त्रीद्वारा पदभार ग्रहण, डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय, नेपालीको सान कुलमान घिसिङ उज्यालो अभियान ।
15/09/2025

ऊर्जामन्त्रीद्वारा पदभार ग्रहण, डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय, नेपालीको सान कुलमान घिसिङ उज्यालो अभियान ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र अर्थ मन्त...
14/09/2025

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र अर्थ मन्त्रालयमा रामेश्वर खनालले भोली सपथ लिँदैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न ...
13/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।

संसद् विघटन भनेको के हो ?संसद् विघटन भनेको कुनै देशको संसद् (जस्तै नेपालको प्रतिनिधि सभा वा राष्ट्रिय सभा) लाई औपचारिक र...
12/09/2025

संसद् विघटन भनेको के हो ?
संसद् विघटन भनेको कुनै देशको संसद् (जस्तै नेपालको प्रतिनिधि सभा वा राष्ट्रिय सभा) लाई औपचारिक रूपमा समाप्त गर्ने वा भंग गर्ने प्रक्रिया हो। यो सामान्यतया सरकारको नेतृत्व (प्रधानमन्त्री वा मन्त्रिपरिषद्) को सिफारिसमा राष्ट्रपति वा सम्बन्धित संवैधानिक प्रमुखद्वारा गरिन्छ। संसद् विघटन भएपछि त्यसको कार्यकाल समाप्त हुन्छ र नयाँ निर्वाचनको लागि बाटो खुल्छ।

नेपालको सन्दर्भमा:
नेपालको संविधान, २०७२ अनुसार, संसद् विघटन विशेष परिस्थितिमा मात्र गर्न सकिन्छ।
उदाहरणका लागि:
- **सरकार गठन असफल**: यदि कुनै पनि दल वा गठबन्धनले सरकार बनाउन बहुमत प्राप्त गर्न नसकेमा।
- **विशेष परिस्थिति**: संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्न सक्छन्, तर यो राष्ट्रपतिद्वारा स्वीकृत हुनुपर्छ।

प्रभाव:
- संसद् विघटन भएपछि सांसदहरूको कार्यकाल समाप्त हुन्छ।
- नयाँ निर्वाचनको मिति घोषणा गरिन्छ।
- देशमा अन्तरिम सरकारले शासन सञ्चालन गर्छ।

नेपालको प्रथम महिला प्रधानमन्त्री नियुक्त हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा ...
12/09/2025

नेपालको प्रथम महिला प्रधानमन्त्री नियुक्त हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

हजुरलाई देशले सधै सम्झिरहने छ । धेरै धेरै धन्यबाद  ।
12/09/2025

हजुरलाई देशले सधै सम्झिरहने छ । धेरै धेरै धन्यबाद ।

हस्पिटलको बेडबाट देउवाको  सन्देश:- पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो छ  !! 😄
11/09/2025

हस्पिटलको बेडबाट देउवाको सन्देश:- पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो छ !! 😄

प्रधानमन्त्री पद त्यागेका बालेन शाहको भयो जित  !आफैंले समर्थन गरेको व्यक्ति सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त...
11/09/2025

प्रधानमन्त्री पद त्यागेका बालेन शाहको भयो जित !

आफैंले समर्थन गरेको व्यक्ति सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने पक्का भएसँगै मेयर बालेन शाहले बाजि मारेका छन् । जेनजी प्रतिनिधिहरुले प्रस्ताव गरेका पूर्वप्रधानन्यायाधीश सुशीलालाई बालेनले अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि समर्थन गरेका थिए । धेरै जेनजीहरुले बालेनलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्न छलफल गरेका थिए । तर, उक्त प्रधानमन्त्री पद त्यागेर बालेनले नै सुशीलालाई समर्थन रहेको बताएका थिए । बालेनले चाहेको भए उनी गणतन्त्र नेपालकै सबैभन्दा कान्छा प्रधानमन्त्री बन्न सक्थे । बालेन अन्तरिम सरकारको प्रधानमन्त्री बन्न नमान्नुको कारण आउँदो चुनावबाटै निर्वाचित भएर प्रधानमन्त्री बन्ने योजना रहेको धेरैको विश्लेषण रहेको छ ।

ठूलो राहत – सिंहदरबारको डाटा सेन्टर सुरक्षित हिजोको भीषण आगलागीका बाबजुद सिंहदरबारभित्रको डाटा सेन्टर सुरक्षित रहेको पुष...
10/09/2025

ठूलो राहत – सिंहदरबारको डाटा सेन्टर सुरक्षित

हिजोको भीषण आगलागीका बाबजुद सिंहदरबारभित्रको डाटा सेन्टर सुरक्षित रहेको पुष्टि भएको छ।
यस डाटा सेन्टरमा विभिन्न सरकारी कार्यालयहरूको महत्वपूर्ण अभिलेख र तथ्यांक सुरक्षित राखिएको छ भन्ने खबर आएको छ।

Address

Doha

Website

Alerts

Be the first to know and let us send you an email when Digital Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share