28/09/2025
आज रातको २ बजे साउदी बाट म्यासेज आको रहेछ। म्यासेज जस्ताको तस्तै:
नमस्कार सन्तोष सर🙏
मेरो नाउ राजकुमार हो, मैले बिहे गरेको १२ बर्ष पूरा भयो, बिहे गरेको दुई बर्षदेखी लगातार साउदी मै छु। यहाँ आएको ६ बर्षपछी छुट्टिमा घर गाको थिए अहिले मेरो एउटि छोरी र श्रीमती छिन भने घरमा एकल आमा र मेरो एउटा भाइ छ। मेरो दुई बहिनीहरु छन् तर ऊनीहरुको बिहे भएर आआफ्नो घरमा छन्।
मेरो एउटा अविवाहित भाइ छ, न पढ्छ न जागिर नै खान्छ,, दिनभर घरमा बस्छ। हाम्रो आर्थिक अवस्था पनि राम्रै छ।
तर मेरो समस्या यस्तो छ;
मेरो भाइ मेरो श्रीमती सँग सम्बन्धमा छ, मैले यो कुरा मेरो आफ्नै बहिनीहरुबाट पाको हुँ।
अस्ति हरितालिका तिजमा बहिनीहरु माइतीघर जाँदा मेरो भाइको कोठामा मेरो श्रीमती बाहिर भित्र गर्ने भाइको ओछ्यानमा सुत्ने गरेको देखेछन। तर त्यसबेला उनीहरुले भाइ र भाउजुको त्यस्तै हर्कत देखेर पनि नदेखेझै गरेछन्।
बहिनीहरुको कुरा सुनेर मैले मेरो श्रीमतीलाई सोधे, उनले ठाडै अस्विकार गरिन, र छोरीको राम्रो नराम्रो गुणगान सुनाउन थाली, मेरो अगाडी एकदम अन्जान हुने नाटक गर्छे।
मैले मेरो भाइलाई घृणाले केही सोध्ने आट गरिन। तर मैले अहिले भाइसँग बोल्न छाडिसके, भाइलाई मैले र आमाले अब बिहे गर्नुपर्छ भन्दा उसले बिहे गर्न मान्दैन थियोे। मलाई भाइले बारम्बार बिहे गर्न नमान्नुको कारण थाहा थिएन...
अहिले श्रीमतीले छोरीको भविष्य सोच्नुपर्छ भन्छे।
म बिदेशमा भाको कारण यहाँबाट केही नदेख्ने, नसुन्ने हुँदा जबर्जस्ती केही आरोप लगाउन सकेको छैन, तर मेरो बहिनीहरुले झुटो कुरा पक्कै पनि बोलेनन...। आज साँझमा आमालाई सोधे, आमाको ब्यक्तिगत मोबाइल नभएको र बुहारीकै मोबाइल बाट बोल्नुपर्ने हुदा उनिहरुको अगाडी खुलेर केही भन्न सक्नुभएन। यस्तो अबस्थामा म घरमा एक्कासि जाँदा ठिक होला कि केही समयपछि जाँदा राम्रो होला। भनी म्यासेज गर्नुभाको छ।
मैले मेरो तर्फबाट म्यासेजमा भनीसके अब राजकुमार ले केकस्ता कदम चाल्दा उचित होला उहाँको लागि सुझाव सल्लाह दिनहुन आग्रह गर्दछु।।मत के भन्छु बाकी कुरा पैसाको पावर धेरै हुन्छ अर्को बिहे गर्नु उनिहरु को जोडि नछुटाइ दिनु भाइ लाई के भन्नू अरुले लगेको भएत ठिकै हो होकि नाइ दर्श्क बिन खास मा त भाउउ भनेको आमा हो र आमा बराबर मान्ने हो