Dim Bahadur BM

Dim Bahadur BM Dear friends like and follow me�

11/09/2025

नक्कली जेनजीहरु का भिडन्त ,
यी सब माओवादी एमाले काङ्ग्रेस र राजावादीका कार्यकर्ता हुन र देश जलाउने पनि यिनै हुन, सक्कली जेनजीले यस्तो काम गर्न सक्दैन ।

जेनजि अभियानले ५ प्रमुख माघ अघि सारेका छन्।
09/09/2025

जेनजि अभियानले ५ प्रमुख माघ अघि सारेका छन्।

गगनको गुनासो रबि र छबिको तुलना गर्दै - सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको छ✍️ - रमेश लेखकको विषयमा गगन मौन !- आ...
22/08/2025

गगनको गुनासो रबि र छबिको तुलना गर्दै - सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको छ
✍️ - रमेश लेखकको विषयमा गगन मौन !
- आलमको विषयमा गगन मौन !
- धनराजको विषयमा गगन मौन !
- भुटानी शरणार्थी काण्डमा गगन मौन !
- बालकृष्ण खाँणको विषयमा गगन मौन !
- रामहरि खतिवडाको विषयमा गगन मौन !
✍️ आज रवि क्रेज देखेर बर्बराए छन् । यिनको निन्द्रा हराम भएको छ । गुण्डा नाइके साथै लिएर हिड्ने गगनले पूर्वप्रधानमन्त्रीहरुले रवि भेटेको भन्दै रोए छन् । सिंगो देशमा आफ्नो स्थान नदेखेपछि नबर्बराउन पनि कसरी ?! प्रमाण बुझाउन नसक्ने अनि सात अदालतको हवला दिने ?! अदालतका न्यायाधीश को हुन् ?! तिनलाई कसले बनाउॅंछ ?! तिनले दफा हेर्छन् कि सत्ता भन्नु पर्छ ?!

गृहमन्त्री रमेश लेखकजी नमस्कार,आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्...
13/08/2025

गृहमन्त्री रमेश लेखकजी नमस्कार,
आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईँको निर्देशनमा रोकिन्छ, किन ?
अदालतमा मुद्दाको पेसी चढेपछि तपाईँकै निर्देशनमा तपाईँकै मान्छेबाट न्यायिक परिषद्मा उजुरी पर्छ,
तपाईँकै कार्यकक्षमा बन्छ उजुरीको ड्राफ्ट, कसरी?
उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर त्यस्तो समाचारको लिङ्क आफ्नो सचिवालयलाई सम्बन्धित सबैका मोबाइल मोबाइलमा पठाउन आदेश दिँदै न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ किन ? मुद्दाको पेशी चढेकै दिन न्यायपरिषदमा उजुरी पुगेपछि तपाईँहरू जस्ताको मुठ्ठीमा रहेको वर्तमान संरचनामा रहेका कुन न्यायमूर्तिले आफ्नो करियरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला ? न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने यो ऑट तपाईंलाई कहाँबाट आउँछ ? रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछि किन र के का डरले लगाउनुहुन्छ तपाईँका संगठन र संरचना ?
मैले केही सांसदहरूले भनेको सुनेको थिएँ न्यायाधीशहरूलाई प्रधानमन्त्रीको, कानुनमन्त्रीको, गृहमन्त्रीको सिधै फोन जान्छ तर, त्यति बेला मलाई त्यो कुरा विश्वास लागेको थिएन। आज मैले त्यो किन विश्वास नगर्ने?

सम्माननीय प्रधान न्यायाधीश ज्यू,
अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले कहिले दिन सक्दैन, इजलासमा उपस्थित सबले प्रस्ट देख्छन्, सुन्छन् । तर प्रत्येक अदालतमा आदेश आउने बेलामा अनेक अस्वाभाविक गतिविधि देखिन्छन् । दिउँसै बहस सकिँदा पनि आदेश आउन रात पर्छ, घण्टौँ लाग्छ, कपी पेस्ट हुन्छन् ,पेनड्राइभ डुल्छ, मिडिया ट्रायल हुन्छ, न्यायपरिषदमा उजुरी पुग्छ,अस्वाभाविक मानिसहरूको आवतजावत चल्छ अनि बहसको ठिक विपरीत आदेशहरू आउँछन्। दुई तिहाइको सरकार छ, एउटा विपक्षी दलको नेतामाथि भइरहेको यो खुल्लमखुल्ला अन्याय विरुद्ध म कहाँ जाउँ ?
न्यायका दृष्टिकोणले,मानव अधिकारको दृष्टिकोणले जे भइरहेको छ के सही भइरहेको छ ?
आफ्नै देशको न्यायालयलाई कसरी विश्वास नगरौं। विश्वास गरौँ भने गृहमन्त्रीको कोठामा बसेर न्यायालयलाई धम्काउने पत्र तयार हुन्छ। यो सब हेर्ने कसले? न्याय दिने कसले ? हप्तै पिछे ३/४ वटा उच्च अदालतमा पेशी चढ्छ। कता लड्नु, कता सार्नु, बेहाल भएको छ। फलानोको बेन्चमा पर्‍यो भने त बरबाद हुन्छ, भनेको सुन्छु । न्यायाधीशको सरुवा बढुवा छ त्यसैले न्याय दिन आँट गर्दैनन् भनेको पनि सुन्छु। बढुवाको मुखमा हामीलाई न्याय दिएर दुई तिहाईको सरकारसँग पंगा लिन आँट गर्ने को होला ? न्यायालयको यो हरिबिजोगले यो देश कसरी चलेको छ भन्ने कुराले म आश्चर्यचकित परेको छु। उस्तै दुरुस्तै आइडेन्टिकल केसमा सर्वोच्च अदालतले समेत मान्छेलाई धरौटीमा छोड्नु भन्ने नजिर स्थापित गरेको छ। तर त्यसका विपरीत एउटा रवि लामिछाने चाहिँ थुनिएको थुनियै छ। पेसी चढेकै दिन न्यायपरिषदमा उजुरी गएपछि अदालतमा स्वतन्त्र बहस गर्ने वातावरण कसरी बन्ला ? आम मान्छेले बुझेका छन् तर व्याख्या गर्न सक्दैनन् । व्याख्या गर्न सक्नेहरू रवि लामिछानेलाई राखेको काल कोठरीमा AC छ कि कुलर छ कि पंखा भनेर बहस गरिरहेका छन्।

हामी देशमा मान्छे बसेन भनेर पिर गर्छौँ। को बस्न चाहन्छ यो अन्यायी समाजमा ? को बस्न चाहन्छ यो अन्याय विरुद्ध बोल्न नसक्ने समाजमा ? को बस्न चाहन्छ व्यक्ति हेरी फरक फरक न्याय दिने यो समाजमा ?

मेरो श्रीमान माथि लागेका सबै मुद्दा रमेश लेखक गृहमन्त्री भएपछिका मात्र छन्। कुनै एउटा पनि मुद्दा हदम्यादमा छैनन् । मेरो श्रीमानले आफ्नो अपिल मार्फत भन्नुभएको छ कि राज्यका सबै निकायहरूलाई यिनीहरूले कब्जा गरेका छन्। देशका सबै निकाय एउटै रावणका फरक फरक टाउका हुन् । उहाँले त्यसो भने पनि म चाहिँ लड्छु। न्याय पाउँछु पाउँदिन भन्ने कुराको परवाह नगरी म कानुनले दिएका, संविधानले दिएका सबै ढोकाहरू निरन्तर ढकढक्याउँछु । मलाई अन्तर्राष्ट्रिय अदालतमा यो अन्याय विरुद्ध बोल्नका लागि मद्दत चाहिने भएको हुनाले पहुँच पुगेका व्यक्तिहरूले मद्दत गर्नुहोला।

सम्माननीय प्रधान न्यायाधीश ज्यू ,
तपाईंको कार्यकाल बाँकी छँदै आफ्नो कार्यकालमा भएको खुल्ला अन्याय बारे सोच्नुहोला । कार्यकाल सकिएपछि छाप्ने पुस्तकले न्याय दिँदैन कार्यकाल छँदै लेखेको आदेशले दिने हो न्याय। अस्तिका दिन हाम्रो मुद्दा चलेको बेलामा गरिएको उजुरी र मिडिया ट्रायलका कारण न्यायालयमा पारिएको दबाब विरुद्ध म न्याय परिषद् जान्छु र स्वतन्त्र न्याय सम्पादनमा बाधा पुगेका बेला न्याय सम्पादन भएको रुपन्देही जिल्ला अदालतको आदेश विरुद्ध म उच्च अदालत बुटवल पनि जान्छु। न्याय पाउँछु पाउँदिन थाहा छैन तर म जान्छु, अन्तर्राष्ट्रिय अदालत पनि जान्छु। न्याय नपाउन्जेल लड्छु। Rabi Lamichhane

12/08/2025

रबि जेल परेपछि मरेका १२भाइहरु रबि छुट्न थाल्यो क्याहो भनेर बिउझिएका रहेछन् फेरि रोइकराई गरिराछन् ।

यी १२ भाई मिडियाले रबि टेलिभिजनबाट छोरी,चेली, बलात्कारीबाट जोगाउदा , बेचिएका चेलीको उद्दार गर्दा, भ्रस्टहरुको कठालो समाउदा पनि पत्रकार देख्दैनथे । हिजो राजनीतिमा आएर लाखौ नेपालीको प्रतिनिधित्व गर्दा पनि नेता स्वीकारेनन् । हुन् पनि हो आफु भन्दा कसैले प्रगति गर्यो भने उसको खुट्टा तान्ने मानबिय प्रवृति नै हो । अहिले फेरी रबि लामिछाने हिरासत मुक्त हुने अबस्थादेखि पछी यिनीहरुलाई फेरी छटपटि भैरहेको छ । कोइ टेलिभिजन दुरूपयोग गरेर भ्रम छरिरहेका छन् कोइ मिडिया दुरुपयोग गरेर कारागारमा रहेको बन्दिलाई घोचिरहेका छन् । उनि आफ्नो कानुनी लडाईमा छन् यी १२ भाईलाई केको छटपटि हो ?

07/08/2025
06/08/2025

मुन्तिर भेनाको जुल्फी लरक्लै😜 🤣🙈
आजकाल किन यस्ता आउन थाले गीत? गीत भन्दा पनि भिडियो हेरौ न भिडियो , थैईट्री🙈 उता लोक गीत हेर्यो उस्तै छ्न ,यता तिज गित गेर्यो यस्तै छन् 🤣 खतम पारे देश...

देशै भर कक्षा१२को रिजल्ट प्रकाशित भएको छ उता पाँचथरमा भने स्कुल हिडेको दाजु बहिनी मृत्युक भेटिएका छन्  😥पाँचथरको याङवरक ...
05/08/2025

देशै भर कक्षा१२को रिजल्ट प्रकाशित भएको छ उता पाँचथरमा भने स्कुल हिडेको दाजु बहिनी मृत्युक भेटिएका छन् 😥

पाँचथरको याङवरक -१, विरुवामा पाँच दिनदेखि बेपत्ता रहेका दाजु शिशिर राई ( बर्ष १०) र बहिनी नानुमा राई ( बर्ष ४) मृ'त अवस्थामा फेला परेका छन्। उनीहरूको श'व मंगलवार बिहान विरुवा खोलाको किनारमा छुट्टाछुट्टै स्थानमा भेटिएको हो।

साउन १५ गते स्कुल जान हिँडेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए। स्कुल नपुगेको पुष्टि भएपछि खोजी सुरु गरिएको थियो। प्रहरीका अनुसार उनीहरूले त्यसदिन हजुरबुबाकोमा खाना खाएका थिए। बुबा बिर्खबहादुर गाउँमै कृषिमा संलग्न छन् भने आमा वैदेशिक रोजगारीमा छन्। घटनाको अनुसन्धान जारी रहेको र श'व परीक्षणका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।

चौतारी थियो तर बर थिएन शहर थियो तर  आफ्नो घर थिएन ,देश थियो तर देश बनाउने राम्रो नेता थिएन ,बाध्यता थियो खाडीमा पस्न तर ...
04/08/2025

चौतारी थियो तर बर थिएन
शहर थियो तर आफ्नो घर थिएन ,
देश थियो तर देश बनाउने राम्रो नेता थिएन ,
बाध्यता थियो खाडीमा पस्न तर यो हाम्रो रहर थिएन,
शुभ रात्री !😌...........

24/07/2025

आन्टीलाई सलमान खानको याद आएछ जस्तो छ 😜

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका रवि लामिछाने थुनामा नपुग्दासम्म ससंद्को हरेकजस...
24/07/2025

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका रवि लामिछाने थुनामा नपुग्दासम्म ससंद्को हरेकजसो बैठकमा सरकारी ठगी प्रकरणबारे चर्को बहस हुन्थ्यो ।

ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी) ले सञ्चालन गरेको सहकारीले हजारौँ बचतकर्ताको अर्बौँ रकम ठगी गरेको भन्दै पीडितलाई न्याय दिनुपर्ने माग उठ्ने गरेको थियो ।

सोही विषयलाई लिएर कांग्रेसले त सदन अवरुद्ध नै गर्‍यो । पछि सहकारीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेपछि मात्रै सदन चल्यो ।

धराने मेयर हर्क साम्पाङ्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखे - छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन च...
23/07/2025

धराने मेयर हर्क साम्पाङ्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखे -
छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कलंङघारले दलालिमा भुलेर दिई पठाएछ ? फिर्ता गरि दिनु ।

Address

Dammam

Website

Alerts

Be the first to know and let us send you an email when Dim Bahadur BM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dim Bahadur BM:

Share