28/05/2026
"हाम्रो झण्डा, हाम्रो शान, रवीन्द्र ढाँट हाम्रो अभिमान!"– मकाउमा नेपाली प्रवासीहरूको भव्य मोर्चा, आज हुँदैछ महाभिडन्त
मकाउको प्रसिद्ध ग्यालेक्सी एरेना (Galaxy Arena) आज नेपाली झण्डा, नेपाली हुटिङ र 'रातो र चन्द्र सूर्य' को राष्ट्रिय धुनले गुञ्जायमान हुने भएको छ। मिक्स मार्सल आर्ट्स (MMA) इतिहासकै सबैभन्दा ठूलो मञ्च 'रोड टु युएफसी सिजन ५' (Road To UFC) मा नेपालको प्रतिनिधित्व गरिरहेका रवीन्द्र ढाँट "बझाङको बाघ" लाई समर्थन गर्न मकाउमा रहेका नेपाली डायस्पोरा (प्रवासी नेपालीहरू) अभूतपूर्व जोसका साथ मैदानमै उत्रिएका छन्।
मकाउ पुग्ने बित्तिकै त्यहाँका नेपालीहरूले रवीन्द्र र उनको टोलीलाई भव्य र न्यानो स्वागत गरिसकेका छन्। अब पालो रंगशाला थर्काउने र रवीन्द्रलाई पिँजडा (Cage) भित्र ऊर्जा थप्ने रहेको छ।
🇳🇵💪🔥