नव विकास परिवर्तन युवा क्लब लुङ्ग्री -०३ गोठेचौर रोल्पा

  • Home
  • Saudi Arabia
  • Dammam
  • नव विकास परिवर्तन युवा क्लब लुङ्ग्री -०३ गोठेचौर रोल्पा

नव विकास परिवर्तन युवा क्लब लुङ्ग्री -०३ गोठेचौर रोल्पा Rakesh Kc (technical manager)
Gyankumar G Magar (technical support)
Khem G Magar (technical support)

२०८१ तिज तथा पण्चमी मेलाका केही झलकहरु
17/09/2024

२०८१ तिज तथा पण्चमी मेलाका केही झलकहरु

सम्पूर्ण महानभवहरुमा 2081भदौ 21 गते देखि 24 गते सम्म तीज पञ्चमी मेलामा उपस्थिति को लागि हार्दिक निमन्त्रणा गर्दछौँ🙏❣️
02/09/2024

सम्पूर्ण महानभवहरुमा 2081भदौ 21 गते देखि 24 गते सम्म तीज पञ्चमी मेलामा उपस्थिति को लागि हार्दिक निमन्त्रणा गर्दछौँ🙏❣️

02/09/2024

सूचना..!सूचना...! सूचना...!
यस लुङ्ग्री गा.पा वडा नं 03 गोथेचौर रोल्पा मा यही मिति 2081 भदौ 21 गते देखि 24 गते सम्म पर्ने महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीज पञ्चमी मेलामा पाल्नुहुने सम्पूर्ण पाहुनाहरुमा हार्दिक स्वागत गर्दछौ।

मेलाका आकर्षणहरू
5 जना भन्दा बढीको समूहमा विभिन्न जातीय र परम्परागत पहिचान झल्काउने गीत,भाका तथा भेषभुषा झल्काउने खाल्को उस्ता उस्तै पोशाक लगाएर आउने 10 समुह वात प्रति समुह रु, 1,000। का दरले प्रसंशा स्वरूप पुरस्कार प्रदान गरिने छ।

• व्यक्तिगत रूपमा जातीय पहिचान झल्काउने पोशाक लगाएर आउने 20 जनालाई प्रति व्यक्ति रु,100 को रिचार्ज कार्ड को व्यवस्था गरिएको छ।

• मेलामा पाल्नुहुने महानभावहरुलाई मनोरञ्जनको लागि निःशुल्क परम्परागत काठको चर्के पिङ को व्यावस्था गरिएको छ।

• मेला अवधिभर पालना गर्नुपर्ने नियमहरु
• तीज पञ्चमी मेला अवधिभर जाँड,रक्सी,खोरखोरे पूर्ण रूपमा बन्द गरिएको छ,
• यदि कसैले जाँड,रक्सी, खाएर हो-हल्ला,झै-झगडा गरेको खण्डमा रु 5,000देखि 10,000 सम्म जरिमाना गरिने छ र अटेरी गरेको खण्डमा प्रहरी प्रशासन को जिम्मा लगाइने छ।
• पसल लिएर आउने व्यक्तिले आफ्नो पसलको फोहोर आफैले व्यवस्थापन गर्नुपर्ने छ।

आयोजकहरु :-
नव विकाश परिवर्तन युवा समूह लुङ्ग्री गा.पा वडा नं 03 गोथेचौर रोल्पा
मिलनचोक आमा समूह लुङ्ग्री गा.पा वडा नं 03 गोथेचौर रोल्पा
लेकबेशी महिला आमा समूह लुङ्ग्री गा.पा वडा नं 03 गोथेचौर रोल्पा सह परिवार

22/07/2024

सूचना.......सूचना......सूचना
#यस नव विकाश परिवर्तन युवा समूह लुङ्ग्री 03 गोठेचौर रोल्पा ले
यही मिति 2081/04/16 गते देखि 20 गते सम्म । आफ्नो मिदिएम स्तरको भलिबल प्रतियोगिता संचालन हुन गहिरहेको हुँदा यस खेलमा उपस्थिति भैदिनु हुने सम्पुर्ण खेलाडी,खेल प्रेमी राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, समाजसेवी, बुद्दिजिबी, व्यापारी, कलाकार, पत्रकार, सहयोगी दाता हरु लाई उपस्थिति को लागि हार्दिक निमन्त्रणा गर्दछौ!!

#कार्यक्रम का नियमहरु

#खेल पुल सिस्टम बाट खेलाईने छ
#खेलाडीले खान बस्न को व्यवस्ता स्वम आफैले गर्नुपर्ने छ
#खेलमा केही विवाद आएमा आयोजक को निर्णय नै अन्तिम निर्णय हुनेछ
#खेल अवधि भर जाँड रक्सी खाएर हो हल्ला गर्न पाइने छैन

१) पुरुष भलिबल प्रतियोगिताहरु :
$ प्रथम पुरुस्कार :- रु, १२,००० /- मेडल र प्रमाणपत्र
$ दोस्रो पुरुस्कार :- रु, ८,००० /-मेडल र प्रमाणपत्र
$ तेस्रो पुरुस्कार :- रु, ६०००/- मेडल र प्रमाणपत्र
$ चौथो पुरस्कार :- रु ३०००/- मेडल र प्रमाणपत्र
@ दर्ता शुल्क :- रु:- २०००/-
# खेलाडी संख्या :- ७ जना हुनुपर्ने छ

५)घैटोफोर प्रतियोगिता
$पुरुस्कार /- रु :- १००० मेडल र प्रमाणपत्र
दर्ता शुल्क रु १००/- मात्र
भाले पकड़ १५०० बराबरको भाले मेडल र प्रमाणपत्र
#टीम दर्ता रु:- १५०/- मात्र
#टीम दर्ता फोन बाट पनि गर्नु पर्ने छ
#थप जानकारी को लागि :- संपर्क नम्बरहरू
१:- नवीन घर्तीमगर:- मो; ९७६७५४९२७१

२:- तिलक घर्तीमगर:- मो ; ९७६६६६८६९४

३:- धनराज घर्तीमगर :- मो: ९७६२७४०३४१

४:- यामलाल थापा :- मो ; ९७६१७५८३०५

#खेल हुने मिति र समय :- २०८१/०४/ १६ गते साँझ ४:०० बजे सम्म टीम दर्ता गरी सक्नु पर्ने छ

#खेल हुने स्थान :-( श्री भूमिका प्राथामिक विद्यालय को प्राङ्गणमा )

18/05/2024

यस नव विकास परिवर्तन युवा समूहको सहसचिव श्री यामलाल थापा ज्युलाई आज पर्न गएको जन्म दिनको धेरै धेरै उत्तर उत्तर प्रगतिको अशिम शुभकामना व्यक्त गर्दछौ ।

कोही नहुने को भगवान हुन्छ्न भन्ने विश्वास छ, हामी सहयोगी दाता लाई असली भगवान मान्नु पर्छ।समस्यामा हुँदा सबैले मानविय भाव...
04/05/2024

कोही नहुने को भगवान हुन्छ्न भन्ने विश्वास छ, हामी सहयोगी दाता लाई असली भगवान मान्नु पर्छ।
समस्यामा हुँदा सबैले मानविय भावनाको विकास गरी सहयोग गर्न भगवान् रूपी सहयोगी दाता हरुलाई अनुरोध गरिन्छ।
बिषय : विशेष सहयोग अपिल गरिदिनु हुन का लागी,
रोल्पा जिल्ला लुङ्ग्री गाउपालिका वडा नं ०३ गोठेचौर निवासी प्रकाश के सी र टोमा के सी को जेठो छोरा वर्ष ९ का शिशिर के सी बिगत २०८०/ मंसिर महिनादेखी बिरामी भै हाल काठमाडौंमा सिभिल हस्पिटल मा उपचार भैरहेको हुदा उक्त बिरामीको वन म्यारो पत्यारोपन गर्न ३० देखि ३५ लाख सम्म लाग्ने भएको ले सोही परिवारको आर्थिक अवस्था एकदम कमजोर भएकोले आर्थिक सहयोग उठाउन का लागि हजुरहरु को गौरवसाली मिडिया बाट सहयोग अपिल गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु । आसा छ हजुरहरुले मिडियामा प्रशारण गरि अमुल्य सहयोग गर्नु हुनेछ ।।
१) मोतीलाल के सी
9868199885
२)टोमा के सी
9864960721

Address

Al Khobar
Dammam
32210

Telephone

+9779868665737

Website

Alerts

Be the first to know and let us send you an email when नव विकास परिवर्तन युवा क्लब लुङ्ग्री -०३ गोठेचौर रोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नव विकास परिवर्तन युवा क्लब लुङ्ग्री -०३ गोठेचौर रोल्पा:

Share