04/06/2026
टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ।
न्यायाधीश टेकनाथ गौतमको इजलासले गरेको आदेशपछि उनलाई नख्खु कारागार पठाइने भएको प्रहरीले जनाएको छ।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी, आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर भएको छ। अनुसन्धानका क्रममा उनको करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको आरोप पनि लगाइएको छ।
२०८२ भदौदेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्याण्ड पुगेकी थिइन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन को सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको थियो।
⚖️ अदालतको आदेशसँगै सामाजिक सञ्जालमा चर्चित एक पात्रको यात्रा अहिले कानुनी बहसको केन्द्रमा पुगेको छ।