09/07/2026
राजदूतावासमार्फत १४५ जनाको Final Exit Visa प्राप्त भएको सूचना ।
१. यस राजदूतावासबाट Exit Visa को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूची बमोजिमका नेपालीहरूको Exit Visa प्राप्त भएकोले यथाशीघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।
२. Iqama Expire भइ नेपाल फर्कन चाहनु हुनेले नेपाली राजदूतावासमा उपस्थित भइ ३ (पाना) को सिफारिसपत्र लिनुहोला । उक्त सिफारिसपत्र प्राप्त पाए पश्चात https://sso.hrsd.gov.sa/login पेजमा गइ Please Create a New Account मा Click गरी Account Create गर्नुपर्छ । उक्त Page मार्फत आफ्नो Iqama Number, जन्म मिति (अरबी – Hijri Calendar अनुसार) मोवाइल नम्बर, Verification Code भरेपछि Declaration मा Click गरी Registration गर्नुपर्छ । सो पश्चात HRSD बाट म्यासेज आउँछ र सो म्यासेजमा आएको Password को प्रयोग गरी https://sso.hrsd.gov.sa/login Page/Client Page मा Iqama Number र Password को प्रयो गरी Entrance गर्ने र Final Exit मा Request गरी फाराम भर्नु पर्दछ । फाराम भरेको म्यासेज सोही समयमा नै आउनेछ। केही हप्ता वा महिनापछि HRSD बाट Final Exit को Dispatch Number म्यासेजबाट प्राप्त भएपछि सो Dispatch Number/QR Code सहित आफ्नो सक्कल Iqama र Passport Copy यस राजदूतावासमा पेश गर्नुहोला। यसरी पेश भएको २ हप्ता सम्ममा MOI वा Nepal Embassy बाट Final Exit को जानकारी प्राप्त हुन्छ ।
३. यदि मोवाइलमा Exit Visa लागेको म्यासेज आएको छैन भने राजदूतावासमा सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन।
४. Exit Visa प्रोसेसिङ्ग निशुःल्क हुनेछ । Exit Visa आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
५. Exit Visa मा भएको राहदानी/ट्राभल डकुमेन्ट नम्वर र आफूसँग भएको राहदानी/ट्राभल डकुमेन्ट नम्वर एउटै छ/छैन हेरेर एकिन गरी हवाई टिकट खरिद गर्नुहोला ।
थप जानकारी चाहिएमा मात्र राजदूतावास, रियादको सम्पर्क नम्वर ०११-४६१११०८ मा विहान ८:०० बजे देखि वेलुका ४:०० बजेसम्म, ०११-२८८३७९५ मा दिउसो ३:०० बजे देखि वेलुका ४:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि ०१२-६२२६६६५ मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।
नेपाली राजदूतावास, रियाद ।
नेपाली राजदूतावास, रियाद
०९ जुलाई २०२६