Gobinda dahal

Gobinda dahal story teller/rj/poetry/digital creator/journalist/writers

हार्न तब आवश्यक हुन्छ जब लडाइ अफ्ना संग हुन्छ र जित्न तब आवश्यक हुन्छ जब लडाइ आफूसंग हुन्छ।
30/09/2023

हार्न तब आवश्यक हुन्छ जब लडाइ अफ्ना संग हुन्छ र जित्न तब आवश्यक हुन्छ जब लडाइ आफूसंग हुन्छ।

मेरोमाया मफलर भएबाँधिहिड्थेँ गलामा कैलेकाहीँ त मन नहुँदाटाँगिंहिड्थेँ किलामा ।"         –वैरागी कांइला
25/09/2023

मेरोमाया मफलर भए
बाँधिहिड्थेँ गलामा
कैलेकाहीँ त मन नहुँदा
टाँगिंहिड्थेँ किलामा ।"
–वैरागी कांइला

Pakistan 🇵🇰 vs Nepal 🇳🇵 ♥️♥️🏏 # gobindagobinbabu
30/08/2023

Pakistan 🇵🇰 vs Nepal 🇳🇵 ♥️♥️🏏 # gobindagobinbabu

छोरी (daughter - Hemani dahal)💙❤️😍 हेमन्त गिरी ✍️‘छोरी छे’कुनै घरको दलिनमा गौंथलीले गुंड लाएको देख्यौ भने,जान्नू- त्यस घ...
26/08/2023

छोरी (daughter - Hemani dahal)💙❤️😍
हेमन्त गिरी ✍️
‘छोरी छे’

कुनै घरको दलिनमा
गौंथलीले गुंड लाएको देख्यौ भने,
जान्नू-
त्यस घरमा छोरी छे !
कुनै घरका फूलहरुले
सिंगो बस्ती मगमगाएको देख्यौ भने,
जान्नू-
त्यस घरमा छोरी छे !

ओत लाग्न आएका पाहुनाहरु
दंग पर्दै घर फिरेको देख्यौ भने,
जान्नू-
त्यस घरमा छोरी छे !
भिक्षा माग्न आएका जोगीहरु
आशीषहरु छर्दै फर्किएको देख्यौ भने,
जान्नू-
त्यस घरमा छोरी छे !

बाख्रापाठाहरु आँगनमा
बेफिक्री उफ्रिइरहेको देख्यौ भने,
जान्नू-
त्यस घरमा छोरी छे !
कुकुर-बिरालाका छाउराहरु
अन्य घर छोडी त्यहीं मात्र थुप्रिइरहेको देख्यौ भने,
जान्नू-
त्यस घरमा छोरी छे !

मदुशमा साँचो नलगाई
बा बजार निस्किए भने,
जान्नू-
त्यस घरमा छोरी छे !
मझेरीमा कुचो नलगाई
आमा मेलामा निस्किइन भने,
जान्नू-
त्यस घरमा छोरी छे !

समय चपाएर फुक्लिएका
दाँतहरु देखाउँदै बुढाबुढीहरु
थोते हाँसो हाँसिरहेको देख्यौ भने,
जान्नू-
त्यस घरमा छोरी छे !
कोरीबाटी गरेका बहिनीहरु र
चिरीच्याट्ट परेका भाइहरु
कौशीमा नाचिरहेको देख्यौ भने,
जान्नू-
त्यस घरमा छोरी छे !

भरियाहरु पानी माग्न
त्यही घर अगाडि भारी बिसाउँछन !
बटुवाहरु पाली लाग्न
त्यही घर छेऊमा सुस्केरा सुसाउँछन !
दया र करुणाको गीत हरदिन
कुनै घरको रेडियोले बजाइरह्यो भने,
जान्नू-
त्यस घरमा छोरी छे !

सबेरै घण्टी बज्यो भने कुनै घरमा
सम्झिनू-
त्यस घरमा छोरी छे !
साँझमा बत्ती बल्यो भने कुनै घरमा
सम्झिनू-
त्यस घरमा छोरी छे !

सम्झिनू-
जुन घरमा छोरी छे, त्यो घर उज्यालो छ !
फेरि किन,
अंध्यारो अनुहार लगाउँछन मानिसहरु
डाक्टरले ‘पाठेघर’ मा ‘छोरी छे’ भनिदिंदा ?!

…घर त सबै एकै होइनन र ?!

✍️हेमन्त गिरी

Address

London

Alerts

Be the first to know and let us send you an email when Gobinda dahal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gobinda dahal:

Share