Himalaya Mail UK

Himalaya Mail UK An Online Nepali News Portal from London

बेलायतमा नेपाली मिडियाको अभ्यास सुरु भएको दशक बढि भइसकेको छ । तर यस अवधिमा स्थापित दर्जनौं मिडियाहरुमध्ये अधिकांश टिक्न नसकेर अहिले बन्द छन ।
अझै पनि केहि टेलिभिजन, साप्ताहिक तथा मासिक पत्रिका र कतिपय अनलाईन पोर्टल सञ्चालनमा छन । तर, जे जति छन, अधिकांश शिशु नै छन । टिक्न र अस्तित्व बचाउनका लागि कठिन संघर्षमा छन । तीमध्ये, स्थापित र पुराना ठानिएकाहरुमा पनि व्यवसायिकताको ठूलो खडेरी छ ।
यस अर्थमा

बेलायतमै अर्को मिडिया सरुआत गर्दै गर्दा थुप्रै चुनौतिहरु छन भन्नेमा हामी पूरै सचेत छौं । तर पछिल्ला वर्षहरुमा उल्लेख्य रुपमा बृद्धि भएको यहांको नेपाली समुदायको आकार, नेपाली संघसंस्थाहरुको सक्रियता, नेपाल तथा बेलायतबाटै समेत व्यवसायिक पत्रकारिताको अनुभव संगालेका दक्ष पत्रकारहरुको उल्लेखनीय संख्या तथा आम सर्वसाधारणको नेपाली मिडियाप्रतिको सकारात्मक चासो र सदभाव हाम्रा लागि अवसर पनि हुन भन्ने हाम्रो विश्वास छ ।
साप्ताहिक पत्रिका र अनलाईन समाचार पोर्टलमार्फत यहांको नेपाली समुदायसंग सरोकार राख्ने हरेक विषयमा सकेसम्म चांडो र विश्वसनीय रुपमा सत्य, निश्पक्ष र सन्तुलित समाचार पस्किने हाम्रो प्रतिज्ञा हो । नेपालको समसामयिक अवस्था, बेलायतमा बस्ने नेपालीका गतिविधी, उनीहरुका व्यवसाय, जीवनशैली, सामाजिक कामहरु, उनीहरुको सरोकार रहने यहांका इमिग्रेसन र अन्य स्थानीय प्रशासन तथा राजनीतिसम्बन्धी अपडेट मात्र हैन, खेलकुद, मनोरञ्जन, प्रविधी, पर्यटन लगायतका आम चासोका विविध विषय पनि हाम्रो समाचारको प्राथमिकतामा रहनेछन । यहांको नेपाली समुदायभित्रका गोर्खा, विद्यार्थी, व्यवसायी, बृद्धबृद्धा लगायतको समस्याहरुको प्रभावकारी उठान पनि हाम्रो कर्तव्य हो भन्ने बोध हामीले गरेका छौं । यहां हुर्किदै गरेको हामी नेपालीको दोस्रो पुस्तामाझ पनि हाम्रो कला, भाषा र संस्कृतिलाई जीवन्त राख्ने मात्र नभएर यहांको स्थानीय समुदायसम्म समेत हाम्रो विशिष्ट र मौलिक पहिचान प्रस्तुत गर्ने सवालमा पनि हामी आफनो सामथ्र्यको अधिकतम सदुपयोग गर्नेछौं ।
बेलायतको नेपाली समुदायमा एक व्यवसायिक, निश्पक्ष र विश्वसनीय मिडियाका रुपमा स्थापित हुनु हामो लक्ष्य छ । यो महत्वाकांक्षा हासिल गर्नका लागि हामी संग निकै उच्च तहको आत्मविश्वास, उत्साह र समर्पण त छदैछ, नेपाल र बेलायत दुवै देशमा राष्ट्रिय स्तरका पत्रपत्रिका, टेलिभिजन, अनलाईन लगायतका मिडियामा सम्पादकीय भूमिकामै अनुभव समेत लिएका पत्रकारहरुसहितको जुझारु टिम पनि छ ।
हिमालय मेल साप्ताहिक तथा अनलाईन पोर्टल बेलायतस्थित हिमालय मेल लिमिटेडबाट सञ्चालित छन ।
तपाई आम पाठकका प्रतिक्रिया, सल्लाह र सुझाव हाम्रो लागि सदैव मार्गदर्शन हुनेछन । धन्यवाद ।

सम्पूर्ण मिडियाकर्मि ज्यु हरू प्रति हार्दिक आभार🙏पोखरामा पहिलो अन्तरराष्ट्रिय हट एअर बलुन फेस्टिभल हुँदै               h...
01/11/2024

सम्पूर्ण मिडियाकर्मि ज्यु हरू प्रति हार्दिक आभार🙏

पोखरामा पहिलो अन्तरराष्ट्रिय हट एअर बलुन फेस्टिभल हुँदै

https://www.enepalese.com/2024/10/439585.html

पोखरामा हट बेलुन महोत्सवका लागी लण्डनमा गरियो मिट यूके कार्यक्रम तस्बिरमा हेर्नुस कस कसले दिए सुभकामना
https://www.londonnepalnews.com/archives/107294

https://sitalpatinews.com/post/10296

पोखरामा पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै https://nepalbritain.com/?p=156450

First International Balloon Festival in Pokhara https://nepalbritain.com/?p=156454

London: For the first time ever, an international hot air balloon festival will be held in Pokhara. Organized by Balloon Nepal, which has been operating hot air balloon rides in Pokhara for the past six years, the festival is set to take place in the last week of December.

बुद्ध फाउन्डेशन यू के को आयोजना मा २५६८औं बुद्ध जयन्ती सम्पन्न । सम्पूर्ण सहयोगीहात हरूलाई पुन: हार्दिक धन्यबाद ।
07/06/2024

बुद्ध फाउन्डेशन यू के को आयोजना मा २५६८औं बुद्ध जयन्ती सम्पन्न ।
सम्पूर्ण सहयोगीहात हरूलाई पुन: हार्दिक धन्यबाद ।

Address

London

Alerts

Be the first to know and let us send you an email when Himalaya Mail UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share