Atlanta Khabar-एटलान्टा खबर

Atlanta Khabar-एटलान्टा खबर we provide an online press release distribution, news, press release writing & social media marketing .

ज़र्जिया मा छरिएर बस्नु भएका सबै नेपाली र नेपालीभाषी बीच हुने बिभिन्न गतिविधि लाई समेटेर सुचना प्रबाह गर्ने जमर्को गर्दै छौं !!

Dear Nepali Community and Friends,Every year, Nepali community has come together to celebrate fun-filled exciting Teej. ...
07/15/2025

Dear Nepali Community and Friends,

Every year, Nepali community has come together to celebrate fun-filled exciting Teej. This year also NAG's volunteers are working diligently to prepare for this year's mega event in a bigger capacity Banquet Hall.

On behalf of the Nepalese Association of Georgia (NAG), we would like to invite all ladies for the celebration of this year's Teej on August 23rd, 2025 at Ashiana Banquet Hall (Ground Floor), 5675 Jimmy Carter Blvd, Norcross, GA 30071.

For more details including online registration follow Nepalese Georgia !!

07/15/2025

दोहोरी कार्यक्रम स्थगित भएको सूचना !!

आदरणीय जर्जियाबासी दाजुभाइ दिदीबहिनीहरू। यही आउँदो जुलाई २६ तारिखका दिन अन्तर्राष्ट्रिय नेपाली समाज जर्जिया च्याप्टरले गर्न लागेको राजु परियार तथा कल्पना दाहालको दोहोरी साँझ विविध कारणबस स्थगित भएको कुरा जानकारी गराउँदछौँ। कार्यक्रम स्थगनका कारणले पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ। यहाँहरुले लिनुभएको टिकट र त्यस सम्बन्धी रकम शुल्क फिर्ताको व्यवस्थापन पनि हामी यथासक्य छिटो गर्नेछौँ। कार्यक्रमको सिलसिलामा यहाँहरूले देखाउनुभएको अपार माया सद्भाव र सहयोगका निम्ति हामी अत्यन्त आभारी छौँ। आगामी दिनमा पनि यहाँहरूको सद्भाव शुभेच्छा र मायाको अपेक्षा राख्दछौं। 🙏

भवदीय
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टर परिवार ।

   Dear Community Members,Today is the final day for online registration for the NAG Summer Picnic! Don’t miss your chan...
07/06/2025





Dear Community Members,

Today is the final day for online registration for the NAG Summer Picnic! Don’t miss your chance to get discounted tickets — and remember, it's free for life members and children under 10 years old.

Come be a part of this beautiful event and help us make it a memorable one. Let's create history together!

https://nepalgeorgia.org/picnic2025/

Thank you for your continued support.

Warm regards,
NAG Family

Happy US Independence Day to you and your loved ones! May you and your loved ones have a wonderful day together!
07/04/2025

Happy US Independence Day to you and your loved ones!

May you and your loved ones have a wonderful day together!

Dear Community Members,The much-anticipated annual NAG Summer Picnic organized by Nepalese Georgia is just around the co...
07/04/2025

Dear Community Members,

The much-anticipated annual NAG Summer Picnic organized by Nepalese Georgia is just around the corner, and online registration will be closing soon—July 6th, 2025!

Don’t miss this wonderful opportunity to come together, celebrate, and strengthen our community spirit.

Please register today using the link below:
🔗 https://nepalgeorgia.org/

Warm regards,
The NAG Family

06/11/2025

Nepathya s performing for the first time in the Carolinas. Over 1000 tickets have already been sold.

𝐁𝐔𝐘 𝐓𝐈𝐂𝐊𝐄𝐓𝐒 𝐎𝐍𝐋𝐈𝐍𝐄 𝐍𝐎𝐖: www.nepathya.com.np

and be a part of the biggest Nepali concert.

See you at Piedmont Hall, Greensboro, NC

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !-म फर्किएको मान्छेत्रिभुवन विमानस्थलको ढोका खोलिँदा...
06/11/2025

अमेरिकाले फर्काईदिएपछि एक युवकको लेख : रित्तो बोरामा च्यातिएको सपना !

-म फर्किएको मान्छे

त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन।
तर म आफैंलाई चिनिरहेको थिएँ -म अमेरिका पुगेको थिएँ। म संघर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।

मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो।

मैले किन अमेरिका रोजेँ?

म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित।

म पटक-पटक असफल भएँ। मिडियाबाट पाईला अगाडी बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन। स्रोत-साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। "विदेश गइस् भने बल्ल केहि हुन्छ" भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुञ्जिन्थे।

मैले अमेरिका छानें। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।

यात्रा: आँधीभन्दा तिव्र र थकित

जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो -सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन।

अमेरिकामा मैले आफूसंगै सयौं नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए -घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य: बाँच्ने।
नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानूनले मलाई अयोग्य ठहर्यायो। महिनौं हिरासतमा परेँ। अनि एक बिहान, एउटै कागज थमाइयो - "तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।"

फर्किनुको पीडा

न्युयोर्क सहरबाट एअर ईन्डियाको जहाज चढेर जब नेपाल फर्किदै थिएँ,अझ भनौं फर्काईदै थिए, मेरो हरेक अंग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो।

पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताईसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो - "गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए।" सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो। " अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए, "डलर काड्न गएकाहरूको यस्तो हालत!" - भन्ने व्यंग्यहरू झन् मनमा चिर्छ ।

तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो।

समाजको निर्ममता

फर्किएपछि देखेँ - समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, "अनि के ल्यायौ?" -जस्तो म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, "नत्र किन फर्किन्थ्यौ त!"

साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ - "यस्तै हुन्छ रे विदेश जाँदा!"
तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो।

मेरो सपना, मेरो भविष्य :

म अमेरिका पैसाका लागि गएको थिइनँ। मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी: बहिनीको बिहे गर्न। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन् - जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।

म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन।

यहाँ 'ऊ माथि उठ्ला कि?' भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ।

फेरि सुरु गर्न सजिलो हुँदैन:

आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु -जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेत।

तर हरेक बिहान मलाई लाग्छ -म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँचै दोषी हुँ? के म प्रयास गर्नु अपराध हो? के देश छोड्नु देशद्रोह हो?

यो देशको नीति कमजोर छ। विदेशिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न समाज बुझ्छ। हामी 'विदेश गएको=सफल' भन्ने भ्रममा छौँ। र 'फर्किएको=असफल' भन्ने झुटो परिभाषालाई गहिर्याइरहेका छौँ।

मेरो विन्ती:
तपाईंहरूसँग एउटै अनुरोध छ - फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए। उनीहरू हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे।

तर जीवन सधैँ जसले योजना गर्छ, उसकै पक्षमा हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ। सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ।

अन्तिम शब्द:

म अमेरिका गएँ। फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु। अझै सपनाहरू बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिँएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ - जुन अब आफ्नो देशमै केही गर्नेछ।

रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु। कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी।

कृपया, मलाई अपराधी नबनाऊ। म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ। अब म यहीं छु -फेरि एउटा सपना बोकेर।
यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर।

सुबास शर्मा - दाङ

Unko Sweater is NOW SHOWING across theGeorgia !Catch it at these theaters:Perimeter Pointe Stadium 10 - Atlanta, GARegal...
05/24/2025

Unko Sweater is NOW SHOWING across the
Georgia !

Catch it at these theaters:
Perimeter Pointe Stadium 10 - Atlanta, GA
Regal Mall of Georgia - Buford, GA
Medlock Crossing - Johns Creek, GA

Nationwide release started MAY 16 - See it on the big screen before it's gone!

निमन्त्रणाःअन्न आहार सेवन नगरी नरिवलको पानी मात्र पिएर बॅाचिरहनु भएका, आफ्नो सम्पूर्ण जीवन धर्म र अध्यात्मद्वारा मानव जग...
05/24/2025

निमन्त्रणाः
अन्न आहार सेवन नगरी नरिवलको पानी मात्र पिएर बॅाचिरहनु भएका, आफ्नो सम्पूर्ण जीवन धर्म र अध्यात्मद्वारा मानव जगतको सेवामा समर्पित गर्नुहुने परमपुज्य गुरु श्री १००८ काली बाबासंग साक्षात्कार भेटेर आशिर्वाद लिने अवसर हामी जर्जियावासीलाई जुटेको छ, सकेसम्म यो मौका नगुमाउनु होला, उपस्थितिका निम्ति हार्दिक आमन्त्रण गर्दछौं !

स्थान : Greater Atlanta Vedic temple ,
492 Harmony Grove Rd , Lilburn , GA 30047
मितिः Monday May 26
समय: साँझ ५ बजे देखि

सम्पर्क व्यक्तिहरुः
- Kiran Shrestha: 404-840-6306
-CN Ghimire-678-206-6696
- Shikshya Thapa: 857-214-9297
- Raja Ghale: 404-447-8272
-GD Timilsina-770-906-6112 &
-Pranaya Lama-404-645-2129

05/18/2025

सूचना! सूचना!! सूचना!!!

अनेसास केन्द्रिय समितिको निर्देशन बमोजिम यस च्याप्टरको नयाँ कार्यसमिति (२०२५-२०२७ अवधि) को निर्वाचनको लागि तीन सदस्यीय निर्वाचन समिति समेत गठन भैसकेको व्यहोरा अवगत गराउँदै उक्त निर्वाचन समितिको मे १७, २०२५ को पत्र बमोजिम निर्वाचनको कार्यतालिका सम्बन्धी सूचना प्रबाहको लागि अनुरोध भई आएको हुँदा यो सूचना प्रकाशित गरिएको छ ।
१. उक्त निर्वाचन समितिले यहि मे २३, २०२५ सम्ममा निम्नलिखित पदहरुको लागि योग्य व्यक्तिहरुबाट उम्मेदवारीको लागि मनोनयन दाखिलाको लागि अनुरोध गरेको छ ।
A. अध्यक्ष (President) - संख्या १
B. वरिष्ठ उपाध्यक्ष (Senior Vice-president) - संख्या १
C. उपाध्यक्ष (Vice-president) - संख्या १
D. महासचिव (General Secretary) - संख्या १
E. सचिव (Secretary) - संख्या १
F. कोषाध्यक्ष (Treasurer) - संख्या १
G. सदस्य (Member) - संख्या ७

२. इच्छुक व्यक्तिले (बढीमा एक पदको लागि मात्र) मनोनयन दर्ता गर्न पाइने छ। मनोनयन दाखिला स्वयंद्वारा अथवा अन्य व्यक्तिमार्फत पनि गर्न सकिने छ ।उम्मेदवारी मनोनयन दर्ताको लागि कुनै शुल्क नलाग्ने तर मतदान गर्नको लागि मतदानको दिन सम्ममा यस च्याप्टरको साधारण अथवा आजीवन सदस्य हुनुपर्ने छ।

३. उम्मेदवारी मनोनयन दर्ता गर्नको लागि [email protected] मा ई-मेल पठाउनुपर्ने छ।

निर्वाचन समितिद्वारा ईच्छुक उम्मेदवारहरु एवं मतदाताहरुबीच आइतवार मे २५, २०२५ का दिनमा NCC (Nepali Cultural Center) मा भेटघाट कार्यक्रमको आयोजना गरी आवश्यक परेको खण्डमा सोही दिन निर्वाचन समेत गराउने व्यवस्था गरिएको व्यहोरा समेत सम्बन्धित सम्पूर्ण महानुभावहरुमा जानकारीको लागि अनुरोध छ।

पुनश्च: निर्वाचन सम्बन्धि प्रश्न / जिज्ञासाहरु भएमा [email protected] मा ईमेल पठाउनुहुन अनुरोध छ ।

Address

Atlanta, GA

Telephone

+14705315285

Website

Alerts

Be the first to know and let us send you an email when Atlanta Khabar-एटलान्टा खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Atlanta Khabar-एटलान्टा खबर:

Share