ColoMandu

ColoMandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ColoMandu, Media/News Company, Aurora, CO.

नेपालको राजधानी काठमाडौँजस्तै छ, अमेरिकाको कोलोराडो । चारैतिर डाँडा । डाँडामाथि हिउँ । मान्छेको भीडमा फरक छन्, कथाहरु । समयको चटारोमा रुमल्लिएका रहर र सपनाहरु । तीनै रहर, सपना र कथाहरुको संग्रह हो, COLOMANDU : Connecting Colorado Kathmandu✈️

02/24/2025
11/06/2024

2024 First Snowfall in USA Colorado 🇺🇲🚘🤟

10/30/2024

Plane Landing Denver International Airport ✈️

10/30/2024

Colorado Reel ❤️

Cold Outside 😱
10/30/2024

Cold Outside 😱

कोलोराडोमा नेपालीको दसैँ तिहार साँझ 🇳🇵🇺🇲अमेरिकाको कोलोराडो राज्यमा बस्ने नेपालीहरुले पनि दसैँ तिहार मनाएका छन् । विजया द...
10/30/2024

कोलोराडोमा नेपालीको दसैँ तिहार साँझ 🇳🇵🇺🇲

अमेरिकाको कोलोराडो राज्यमा बस्ने नेपालीहरुले पनि दसैँ तिहार मनाएका छन् । विजया दशमीमा कोलोराडोमा रहेका आफ्ना परिवार तथा आफन्तसँग टीका तथा जमरा लगाएका नेपालीहरुले गएको शनिबार कोलोराडोको राजधानी डेनभरमा दसैँ तिहार साँझ कार्यक्रम नै आयोजना गरेर मनाएका हुन् ।

कोलोराडोमा सक्रिय अर्जुन बगालेको नेतृत्वमा रहेको रकी माउन्टेन फ्रेन्डस अफ नेपाल (आरएमएफएन) संस्थाको आयोजनामा डेनभरस्थित नेपाली रेष्टुरेन्ट याक एण्ड यतिमा दसैँ तिहार साँझ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा झण्डै दुई सय जना नेपालीहरु भेला भएर दसैँ तिहारको शुभकामना साटासाट गर्दै देउसी भैलोसमेत खेलेका थिए ।

अमेरिकाको चर्चितमध्ये एक हिमाल रकी माउन्टेनको नाममा खोलिएको संस्था कोलोराडोमा रहेका नेपालीहरुको साझा र सक्रिय संस्था हो । बगालेको अध्यक्षतामा सुरु भएको कार्यक्रम प्रमुख अतिथी आरएमएफएनका पूर्वअध्यक्ष तथा समाजसेवी धर्मराज श्रेष्ठले पानसमा दियो बालेर उद्घाटन गरेका थिए ।

शनिबार बेलूकी साढे ६ बजे औपचारिक रुपमा सुरु भएको कार्यक्रममा गायक तथा कलाकारले विभिन्न प्रस्तुती दिँदै राती साढे ९ बजेसम्म नेपाली रौनकता थपेका थिए । एक समय नेपालमा चर्चित रहेर पछिल्लो समय अमेरिका बस्दै आएका गायक मनोजराज शिवाकोटीले ‘पानीको फोका जस्तै फुट्यो हाम्रो माया....’ गीत गाउँदै नेपाली दर्शकलाई नेपाली गीतमा झुमाएका थिए । शिवाकोटीसँगै अर्का गायक मनिष विश्वकर्मा र क्वेन्सी चेतले गीत गाउँदा सम्झना पाण्डेले छमछमी नचाएकी थिइन् ।

रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल संस्थाले वर्षेनी दसैँ तिहार लगायतका महत्वपूर्ण नेपाली चाडबाड परेका बेला कोलोराडो राज्यका विभिन्न ठाउँमा कार्यक्रम गर्दै आएको छ । यसले नेपाली भाषा, संस्कृति, रितिरिवाज र नेपाली नातालाई अमेरिकामा पनि जिवन्त राख्ने काम भइरहेको अध्यक्ष बगालेले बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट ‘प्रज्ञा अन्तरदेशीय पुरस्कार’ले सम्मानित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । आकृति राई र निशा पाठकले सञ्चालन गरेको कार्यक्रममा कोलोराडोमा आफ्ना अभिभावकसँगै बस्ने बाल तथा युवा कलाकारले पनि नेपाली पोशाक गुन्यु चोलो र दौरा सुरुवाल लगाएर आकर्षक प्रस्तुतीका रुपमा नृत्य प्रस्तुत गरेका थिए ।

08/28/2024

Green Valley Ranch ♥️🇺🇲

08/15/2024

USA Roadside

First Vlog from Gardens of the God 🇺🇲🚘
08/15/2024

First Vlog from Gardens of the God 🇺🇲🚘

Address

Aurora, CO
80019

Website

Alerts

Be the first to know and let us send you an email when ColoMandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share