News of Nepali Diaspora

News of Nepali Diaspora Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News of Nepali Diaspora, Media/News Company, Aurora, CO.

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको दैनिकीदेखि प्रगतिसम्मका समाचार । नेपालीको अवस्था, व्यवस्था, व्यवधान र व्यावसायिक यात्राको अपडेट । अब नेपाली फैलिदैँ विश्वभरी । तपाईँको एक लाइक र फ्लोले विदेशमा रहेका हरेक नेपाली जोडिन ठूलो सहयोग मिल्नेछ ।✈️

एनआरएनए विवाद मिलाउन रोविनको नेतृत्व - महेश श्रेष्ठशेरचनलाई एनआरएनएका वर्तमान अध्यक्ष श्रेष्ठको ‘सफ्ट समर्थन’ https://ww...
02/19/2026

एनआरएनए विवाद मिलाउन रोविनको नेतृत्व - महेश श्रेष्ठ

शेरचनलाई एनआरएनएका वर्तमान अध्यक्ष श्रेष्ठको ‘सफ्ट समर्थन’
https://www.100nepalidiaspora.com/detail/146

रोबिन रोडम्यापएनआरएनए अध्यक्षमा शेरचनको उम्मेदवारी घोषणागैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनल...
02/19/2026

रोबिन रोडम्याप

एनआरएनए अध्यक्षमा शेरचनको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले आगामी सन् २०२५-२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

आइतबार जापानको राजधानी टोकियोमा आयोजित एक विशेष समारोहका बीच शेरचनले ‘सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आफ्नो उम्मेदवारी गरेका हुन्। https://www.100nepalidiaspora.com/detail/145

अमेरिकामा आफैले बनाएको अचारले व्यवसायी
02/19/2026

अमेरिकामा आफैले बनाएको अचारले व्यवसायी

अमेरिकामा आफैले बनाएको अचारले व्यवसायी

छोराले सुरु गरेको बिक्रीमा फस्टाएको ‘मम्स अचार’

एक दिन छोराले आमालाई भन्यो, ‘म तपाँईले बनाएको अचार ठूलो कम्पनी खोलेर अमेरिकाभरी बिक्री गर्छु ।’ आमाले सुरुमा पत्याइनन् । तर छोराले कम्पनीले नै खोलेर ‘मम’स अचार’ बेच्न थाल्यो ।

आफ्नै आमाले बनाएको अचार मिठो र रसिलो पनि । खायो कि जिब्रो रसाउने । एकपटक खाएर मात्रै नपुग्ने । यतिको शक्तिशाली अचार सबैको आमाले बनाउँदैनन् भन्ने थाहा पाएको छोराले जब बिक्री गर्न थाल्यो । मान्छेहरुले धमाधम मन पराउन थाले ।

यसले छोरालाई व्यवसायी बनायो । आमालाई खुशी र सन्तुष्टि । अब बाहिर काम गर्न जानु परेन । घरमै आमाले अचार बनाउने । छोराले बजारमा बेच्ने । आमा छोराको यही कर्म र विश्वासले जन्मिएको हो, ‘मम्स अचार ।’ अर्थात आमाको अचार । https://www.100nepalidiaspora.com/detail/128

02/04/2026

भारतमा अर्बौको ‘लेनदेन क्लब’ चलाइरहेका युवा

भारतमा बसेर एक नेपाली युवाले बनाएको डिजिटल प्लार्टफर्मले सयौँलाई रोजगारी, लाखौँलाई सेवा र करोडौँलाई भरोसा तथा अर्बौ रुपैयाँको कारोबार गर्नुले दीपेशको चर्चा अन्तर्राष्ट्रिय क्षेत्रमा दिनानुदिन बढिरहेको छ ।

सन् २०१५ मा दीपेशले खोलेको यो कम्पनी अहिले भारतमा डेढ खर्ब बढीको कारोबार गरिरहेको छ । जसमा ३० लाख जना मात्रै ऋण दिने लगानीकर्ता छन् । अनि ऋण लिने मानिसहरुको संख्या तीन करोड पुगिसकेको छ ।

एक हिसाबले नेपालको जनसंख्याभन्दा बढी भारतीय मानिसले दीपेशको कम्पनीबाट ऋण लिएर आफ्नो आर्थिक संकट समाधान गरेका छन् ।
https://www.100nepalidiaspora.com/detail/127

युरोपका नेपाली स्वास्थ्यकर्मी नेदरल्याण्ड्समा भेलायुरोपका १० देशका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू नेदरल्याण्डको आम्...
08/12/2025

युरोपका नेपाली स्वास्थ्यकर्मी नेदरल्याण्ड्समा भेला

युरोपका १० देशका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू नेदरल्याण्डको आम्स्टर्डाममा भेला भई नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संयुक्त अभियान अघि बढाउने संकल्प गरेका छन्। ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’को वार्षिक अधिवेशनले आफ्नो सञ्जाल र विशेषज्ञता मातृभूमिको स्वास्थ्य प्रणालीमा प्रत्यक्ष उपयोग गर्ने योजना सार्वजनिक गरेको हो।

दुई दिने सम्मेलनमा क्लिनिकल, वैज्ञानिक र प्रविधिमूलक कार्यपत्रहरू प्रस्तुत गर्दै युरोपमा रहेका नेपाली चिकित्सकहरूले स्वास्थ्य क्षेत्रको नयाँ प्रवृत्ति, चुनौती र समाधानका उपायबारे छलफल गरे।

नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा.गणेश आचार्यलाई यस वर्षको प्रतिष्ठित ‘नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा.गणे...
08/12/2025

नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा.गणेश आचार्यलाई

यस वर्षको प्रतिष्ठित ‘नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा.गणेश आचार्यलाई प्रदान गरिएको छ । ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’ (एसएनएचपीई)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेपलिज् हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ अवार्ड प्रा.डा.गणेश आचार्यलाई दिँदै सम्मान गरेको हो ।

नेदरल्याण्ड्समा आयोजित सोसाइटीको दुई दिने सम्मेलनले सो अवार्ड प्रा.डा.आचार्यलाई प्रदान गरेको हो । युरोपेली संघ र बेनेलक्स राष्ट्रहरूका लागि नेपाली राजदूत सेवा लम्साल र ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’का अध्यक्ष डा. विनय श्रेष्ठले संयुक्त रूपमा सो अवार्ड प्रा.डा.आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

एनसिसीका नवनिर्वाचित पदाधिकारीको सम्मानमा स्वागत तथा बधाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाई महिनाभित्र निर्वाचन सम...
08/12/2025

एनसिसीका नवनिर्वाचित पदाधिकारीको सम्मानमा स्वागत तथा बधाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गरेका राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र आइसीसी सदस्यहरूको सम्मानमा स्वागत तथा बधाई आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले साधारण सभा र निर्वाचन दुवै एनसिसीको वैधानिक अधिकार भएको उल्लेख गर्दै, यी प्रक्रियालाई सहज र सफलतापूर्वक सम्पन्न गराएकोमा सबै एनसिसीहरूप्रति धन्यवाद व्यक्त गरे।

माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु युरोपियन मुलुक माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ। आ...
08/12/2025

माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु

युरोपियन मुलुक माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ। आइतबार सडक दुर्घटनामा परी स्थायी ठेगाना म्याग्दीका खिमबहादुर पुनको मृत्यु भएको एनआरएनए एनसिसी माल्टाले आफ्नो आधिकारिक फेसबुक फेजमार्फत जानकारी गराएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको एनआरएनए एनसिसी माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए। एनआरएनए एनसिसी माल्टाले शव नेपाल पठाउनका लागि आर्थिक सहयोग जुटाउन सुरू गरेको समेत जनाएको छ।

Address

Aurora, CO
80019

Website

Alerts

Be the first to know and let us send you an email when News of Nepali Diaspora posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share