News of Nepali Diaspora

News of Nepali Diaspora Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News of Nepali Diaspora, Media/News Company, Aurora, CO.

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको दैनिकीदेखि प्रगतिसम्मका समाचार । नेपालीको अवस्था, व्यवस्था, व्यवधान र व्यावसायिक यात्राको अपडेट । अब नेपाली फैलिदैँ विश्वभरी । तपाईँको एक लाइक र फ्लोले विदेशमा रहेका हरेक नेपाली जोडिन ठूलो सहयोग मिल्नेछ ।✈️

युरोपका नेपाली स्वास्थ्यकर्मी नेदरल्याण्ड्समा भेलायुरोपका १० देशका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू नेदरल्याण्डको आम्...
08/12/2025

युरोपका नेपाली स्वास्थ्यकर्मी नेदरल्याण्ड्समा भेला

युरोपका १० देशका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू नेदरल्याण्डको आम्स्टर्डाममा भेला भई नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संयुक्त अभियान अघि बढाउने संकल्प गरेका छन्। ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’को वार्षिक अधिवेशनले आफ्नो सञ्जाल र विशेषज्ञता मातृभूमिको स्वास्थ्य प्रणालीमा प्रत्यक्ष उपयोग गर्ने योजना सार्वजनिक गरेको हो।

दुई दिने सम्मेलनमा क्लिनिकल, वैज्ञानिक र प्रविधिमूलक कार्यपत्रहरू प्रस्तुत गर्दै युरोपमा रहेका नेपाली चिकित्सकहरूले स्वास्थ्य क्षेत्रको नयाँ प्रवृत्ति, चुनौती र समाधानका उपायबारे छलफल गरे।

नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा.गणेश आचार्यलाई यस वर्षको प्रतिष्ठित ‘नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा.गणे...
08/12/2025

नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा.गणेश आचार्यलाई

यस वर्षको प्रतिष्ठित ‘नेप्लिज हेल्थ प्रोफेसनल अवार्ड’ प्रा.डा.गणेश आचार्यलाई प्रदान गरिएको छ । ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’ (एसएनएचपीई)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेपलिज् हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ अवार्ड प्रा.डा.गणेश आचार्यलाई दिँदै सम्मान गरेको हो ।

नेदरल्याण्ड्समा आयोजित सोसाइटीको दुई दिने सम्मेलनले सो अवार्ड प्रा.डा.आचार्यलाई प्रदान गरेको हो । युरोपेली संघ र बेनेलक्स राष्ट्रहरूका लागि नेपाली राजदूत सेवा लम्साल र ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’का अध्यक्ष डा. विनय श्रेष्ठले संयुक्त रूपमा सो अवार्ड प्रा.डा.आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

एनसिसीका नवनिर्वाचित पदाधिकारीको सम्मानमा स्वागत तथा बधाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाई महिनाभित्र निर्वाचन सम...
08/12/2025

एनसिसीका नवनिर्वाचित पदाधिकारीको सम्मानमा स्वागत तथा बधाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गरेका राष्ट्रिय समन्वय परिषद् (एनसिसी) का नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र आइसीसी सदस्यहरूको सम्मानमा स्वागत तथा बधाई आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले साधारण सभा र निर्वाचन दुवै एनसिसीको वैधानिक अधिकार भएको उल्लेख गर्दै, यी प्रक्रियालाई सहज र सफलतापूर्वक सम्पन्न गराएकोमा सबै एनसिसीहरूप्रति धन्यवाद व्यक्त गरे।

माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु युरोपियन मुलुक माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ। आ...
08/12/2025

माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु

युरोपियन मुलुक माल्टामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ। आइतबार सडक दुर्घटनामा परी स्थायी ठेगाना म्याग्दीका खिमबहादुर पुनको मृत्यु भएको एनआरएनए एनसिसी माल्टाले आफ्नो आधिकारिक फेसबुक फेजमार्फत जानकारी गराएको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको एनआरएनए एनसिसी माल्टाका अध्यक्ष रेम्स खनालले जानकारी दिए। एनआरएनए एनसिसी माल्टाले शव नेपाल पठाउनका लागि आर्थिक सहयोग जुटाउन सुरू गरेको समेत जनाएको छ।

अस्ट्रेलियामा दुई नेपाली युवाले सञ्चालन गरेको कम्पनीले जित्यो प्रतिष्ठित अवार्डअस्ट्रेलियामा दुई युवाहरूले सञ्चालन गरेको...
08/12/2025

अस्ट्रेलियामा दुई नेपाली युवाले सञ्चालन गरेको कम्पनीले जित्यो प्रतिष्ठित अवार्ड

अस्ट्रेलियामा दुई युवाहरूले सञ्चालन गरेको आइटी कम्पनी आइटी टुगेदर टेक्नोलोजीले एक वर्षमै ‘आउटस्टाण्डिङ न्यू विजनेश अवार्ड’ जित्न सफल भएको छ।

२६ वर्षीय दुई नेपाली युवाहरूले सञ्चालन गरेको सो आइटी कम्पनीले एक वर्षकै अवधिमा ‘आउटस्टाण्डिङ न्यू विजनेश अवार्ड’ जितेपछि अस्ट्रेलियामा धेरैको ध्यान तानिरहेको छ।

अस्ट्रेलियामा ‘आउटस्टाण्डिङ न्यू विजनेश अवार्ड’ लाई विशेष महत्वका साथ हेरिने भएकोले पनि एक वर्षको बीचमै उनीहरूले पाएकोले धेरैले चासो र उत्साहका साथ हेरिरहेका हुन्।

आइटी टुगेदर कम्पनी ओम राउत र प्रदीप दाहालले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन्। राउत कम्पनीका निर्देशक हुन् भने दाहाल एसिया प्यासिफिक क्षेत्रका सिइओ हुन्।

ट्रम्प प्रशासनले विदेशी विद्यार्थी, एक्सचेन्ज भिजिटर र पत्रकारको भिसा नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्ने एक प्रस्ताव अगा...
08/12/2025

ट्रम्प प्रशासनले विदेशी विद्यार्थी, एक्सचेन्ज भिजिटर र पत्रकारको भिसा नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्ने एक प्रस्ताव अगाडि बढाएको छ। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र अमेरिकी अध्यागमन एजेन्सी आइसले ट्रम्पको कार्यकारी आदेश १२८६६ अन्तर्गत यो नियम ल्याउन लागेका हुन्।

गैरआप्रवासी विद्यार्थी, एक्सचेन्ज भिजिटर र विदेशी सञ्चारकर्मीका लागि हाल अमेरिका प्रवेश गर्दा उद्देश्य समाप्त नहुन्जेल अमेरिकामा बस्न पाउनेगरी डीएस स्थीति प्रदान गरिदै आएकोमा यो नीतिले त्यसलाई हटाएर अमेरिकाभित्र बस्न पाउने निश्चित अवधि तोक्नेछ ।

अमेरिकाको संघीय अदालतले टिपिएस सुविधा तत्काल खारेज नहुने आदेश दिएसँगै यो सुविधा लिएर बसेका नेपाली आप्रवासीलाई राहत मिलेक...
08/07/2025

अमेरिकाको संघीय अदालतले टिपिएस सुविधा तत्काल खारेज नहुने आदेश दिएसँगै यो सुविधा लिएर बसेका नेपाली आप्रवासीलाई राहत मिलेको छ।

२०७२ को भूकम्पपछि अमेरिकाले नेपाललाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा एक महिना अघि खारेज भएको थियो।

अमेरिकाले टिपिएस सुविधा खारेज गरेसँगै यो सुविधाअन्तर्गत अमेरिका बसिरहेका नेपालीहरू अगस्ट ६ सम्म नेपाल फर्किन पर्थ्यो।

अदालतको आदेशसँगै टिपिएस सुविधा पाएकाहरुले नोभेम्बर १८ सम्मको समय पाएको न्युयोर्कमा कार्यरत कानुन व्यवसायी वासु फुलाराले बताए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कोलम्बियाको अध्यक्षमा छत्रबहादुर मैनाली चयन भएका छन् ।सा...
08/07/2025

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कोलम्बियाको अध्यक्षमा छत्रबहादुर मैनाली चयन भएका छन् ।

साउन ११ गते सम्पन्न राष्ट्रिय महाधिवेशनबाट मैनालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । एनआरएनए अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक बेद बस्नेतको भर्चुअल उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

उक्त महाधिवेशनले २०२५ जुन ८ मा गठन भएको तदर्थ समिति विघटन गर्दै, मैनालीकै अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

सगरमाथा आरोहणमार्फत कर्णाली र स्पेनबासी नेपालीको गौरव बढाएको भन्दै समाजसेवी तथा व्यवसायी अक्कल बोहरालाई गैरआवासीय नेपाली...
08/07/2025

सगरमाथा आरोहणमार्फत कर्णाली र स्पेनबासी नेपालीको गौरव बढाएको भन्दै समाजसेवी तथा व्यवसायी अक्कल बोहरालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले विशेष सम्मान प्रदान गरेको छ।

बुधबार सम्पन्न एनआरएनए स्पेनको नवौं राष्ट्रिय महाधिवेशनको विशेष समारोहमा बोहरालाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र विशेष अतिथि स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले उनलाई सम्मानपत्र प्रदान गर्दै हौसला व्यक्त गरे।

गैर आवासीय नेपाली संघ नेदरल्यान्डको ११ औं महाधिवेशले विष्णु पोखरेलको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको छ ।गत २३ ...
08/07/2025

गैर आवासीय नेपाली संघ नेदरल्यान्डको ११ औं महाधिवेशले विष्णु पोखरेलको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको छ ।

गत २३ जु्लाईमा सम्पन्न भएको अधिवेशन अन्तर्राष्टिय समन्वय परिषद्का लागि सिता सापकोटा र वरिष्ठ उपाध्यक्षमा पेमा लामा, उपाध्यक्षमा थमन बहादुर कार्की, प्रेम पुन, महिला उपाध्यक्षमा इन्द्र कुमारी सापकोटा, युवा उपाध्यक्षमा अनिल कार्की, महासचिवमा दिनेश अर्याल, सचिवमा पुण्य प्रसाद वस्ती (प्रनिल), कोषाध्यक्षमा सन्दीप विश्वकर्मा, युवा संयोजकमा आशिस उपाध्याय, महिला संयोजकमा कुमारी पौडेल थापा, त्यसैगरी सदस्यहरूमा डम्मर कुमार कोइराला, निरज गुरुङ,सुरेन्द्र पराजुली निर्वाचित भएका छन् ।

नेपालका विश्वप्रसिद्ध नेत्रविशेषज्ञ डा. सन्दुक रुइतको अमेरिका भ्रमणमा भएका कार्यक्रमबाट २ लाख ५ हजार डलर फन्डरेजिङ भएको ...
08/07/2025

नेपालका विश्वप्रसिद्ध नेत्रविशेषज्ञ डा. सन्दुक रुइतको अमेरिका भ्रमणमा भएका कार्यक्रमबाट २ लाख ५ हजार डलर फन्डरेजिङ भएको आयोजकले जानकारी दिएका छन्।

मेको दोस्रो सातादेखि जुनको पहिलो सातासम्म अमेरिकाका न्युयोर्क, मेरिल्यान्ड, म्यासाचुसेट्स, फ्लोरिडा, टेक्सास, नर्थ क्यारोलाइना, क्यालिफोर्निया लगायतका राज्यहरूमा भएका कार्यक्रमहरूमा उक्त रकम संकलन भएको हो।

गैरआवासीय नेपाली संघ(एनआरएनए)कतारको अध्यक्षमा पदम गिरी निर्वाचित भएका छन्। एनआरएनए कतारको ११ औं अधिवशेनले आगामी २ वर्षे ...
08/07/2025

गैरआवासीय नेपाली संघ(एनआरएनए)कतारको अध्यक्षमा पदम गिरी निर्वाचित भएका छन्। एनआरएनए कतारको ११ औं अधिवशेनले आगामी २ वर्षे कार्यकालका लागि गिरीको नेतृत्वमा सर्वसम्मत कार्यसमिती चयन गरेको हो।

सन् २००९ देखि कतार गएका गिरी आइटी कम्पनीमा कार्यरत छन्। कार्यसमितीको प्रथम उपाध्यक्षमा रोशन अर्याल,दृतिय उपाध्यक्षमा शुबास थापा,तृतीय उपाध्यक्षमा लिला राई, महिला उपाध्यक्ष राम कुमारी तामाङ,यूवा उपाध्यक्षमा टंक बहादुर वि.क छन्।

महासचिव शिव भुजेल,सचिवहरुमा क्रमश खेमराज सुवेदी,ईसिलाल पण्डित र शंकरमान राई कोषाध्यक्षमा प्रेम कमार बस्नेत,सह-कोषाध्यक्षमा मो आजाद मन्सुर,महिला संयोजक अप्सना मिया,युवा संयोजक छम बहादुर चन्द रहेका छ्न ।

Address

Aurora, CO
80019

Website

Alerts

Be the first to know and let us send you an email when News of Nepali Diaspora posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share