10/03/2026
दाउन्नेमा यात्रुवाहक बस दु'र्घटना हुँदा ६ जनाको मृ'त्यु
असोज १७ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२दाउन्ने स्थित एस मोडमा यात्रुवाहक बस दु'र्घटना हुँदा ६ जनाको मृ'त्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालीमा खसेको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृ'त्यु, १० जना घा'इते र २ जना सकुशल रहेको प्रहरीले जनाएको छ।
मृ'तकमध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ भने अन्य पाँच जनाको परिचय खुल्न बाँकी छ।
घाइ'ते १० जनाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ। घटनापछि प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले घा'इतेहरूको उद्धार गरेको प्रहरीले जनाएको छ।