05/09/2026
पि'डा माथि पि'डा थपियो निरुताको जीवनमा,हार भने मानेकी छैनन् 😭🥹
जीवन कहिलेकाहीँ यति क'ठोर बन्छ कि सहन सक्ने शक्ति पनि कमजोर पर्न थाल्छ। चार वर्षअघि भएको एउटा भयानक दुर्घटनाले निरुताको जीवनको दिशा नै परिवर्तन गरिदियो।
पी'डाको बावजुद उनी ल'ड्दै मुस्कुराउँदै अगाडि बढिरहेकी छिन्। उनी लेख्छिन्," मेरो श्रीमान् अस्पतालको बेडमा हुनुहुन्छ। उहाँ न बोल्न सक्नुहुन्छ, न हिँड्न सक्नुहुन्छ। उहाँ सुन्नुहुन्छ कि सुन्नुहुन्न, त्यो पनि थाहा छैन। डाक्टरहरूले पनि होस आउने सम्भावना अत्यन्त कम भएको बताइसकेका छन्। त्यस दिनदेखि मेरो संसार अस्पतालको एउटा बेडमा सीमित भएको छ। दिन अस्पतालमा बित्छ, रात चिन्तामा बित्छ। सानो छोरीको भविष्य, घरको जिम्मेवारी र अस्पतालमा सुतिरहेको मेरो जीवनसाथी ! यी सबै जिम्मेवारी एकैचोटि मेरो काँधमा छन्। थकान शरीरमा मात्र होइन, मनमा पनि थकित हुदै गएको छ। तर पनि जीवनको जिम्मेवारीले आँसु पुछेर अगाडि बढ्न बा'ध्य बनाइरहेको छ मलाई।यसैबीच, अर्को पि'डा थपियो। हालै मेरो हातमा समस्या देखियो। डाक्टरले छ महिना हात चलाउन नहुने भन्नुभएको छ दायाँ हात झु'न्ड्'याएर बोकेर बस्नुपर्ने अवस्था आइदियो.. घरको काम कसरी गर्ने? सानो छोरीलाई कसरी सम्हाल्ने? अस्पतालमा श्रिमान को स्याहार कसरी गर्ने? यी प्रश्नहरूले मनलाई झन् भारी बनाइरहन्छन ।जीवनले एकपछि अर्को परीक्षा लिइरहेको छ म संग। शरीरले साथ दिन पनि छाड्दै छ जस्तो लाग्न थालेको छ, तर जिम्मेवारीको पहाड उभिएको छ मेरो अगाडि, मन भ'क्कानिएर रुन्छ, तर आँसु लुकाएर फेरि उठ्छु। किनकि म ढ'ले भने, मेरो सानो संसार पनि ढ'ल्छ भनेर।भगवानसँग कहिलेकाहीँ गुनासो गर्न मन लाग्छ किन मेरो जीवनमा यति धेरै पि'डा मात्रै? तर फेरि आफुले आफ्नो मनलाई सम्झाउँछु, सायद यही संघर्ष नै मेरो जीवनको कथा हो।
खुशीको चाहना केहि ठूलो पनि छैन। बस, यति मात्र मेरो चाहना छ यो अन्तहीन पि'डाको रात कहिले सकिन्छ, र मेरो जीवनमा उज्यालो बिहान कहिले आउँछ… 😢💔 भगवान्😥😥
यो स्वार्थी दुनि’यामा निरुता जस्तो असल श्रीमती पाउनु निकै सौभाग्यको कुरा हो। निरुतालाई उच्च सम्मान छ।
उनीसँगै उनको श्रीमानलाई शीघ्र स्वास्थ्य लाभको कामना 🙏❤️