Janta voice

Janta voice News and Media Website

06/25/2026

कटारी/उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपैयाँ

05/27/2026

कटारी / कटारी नगरपालिकाको न्यायिक समितिको आयोजनामा उदयपुर जिल्लाका न्यायिक समितिहरुबीच समन्वय, अन्तर

05/11/2026

-ऋषि राई कटारी/ विक्रम सम्वद २०७२ साल साउन ११ गते तत्कालीन कटारी नगरपालिकाका कार्यकारी अधिकृत डम्बर

04/19/2026

कटारी क्षेत्रकै शैक्षिक गुणस्तरमा अब्बल त्रिवेणी मावि कटारी ४ मा भर्ना खुल्याे ।

01/30/2026
कटारीका किसानका लागि आएको अनुदानको मल  कालाबजारी, २ सयभन्दा बढी बोरा दुधौलीमा नियन्त्रणकटारी नगरपालिकाका किसानहरूका लागि...
01/30/2026

कटारीका किसानका लागि आएको अनुदानको मल कालाबजारी, २ सयभन्दा बढी बोरा दुधौलीमा नियन्त्रण
कटारी नगरपालिकाका किसानहरूका लागि आएको अनुदानको युरिया मल सहकारीले नै कालाबजारी गरेको घटना सार्वजनिक भएको छ। पेशल भट्टराई र हिरा बास्तोला संचालक रहेको दुर्गा भवानी सहकारी संस्था लिमिटेडले कटारीका लागि आएको अनुदानको युरिया मल सिन्धुलीको दुधौलीस्थित एक व्यापारीको गोदाममा अनलोड गर्दै गरेको अवस्थामा करिब २ सयभन्दा बढी बोरा मल रंगेहात फेला पारिएको हो।
किसान संघर्ष समितिका संयोजक गणेश थापा लगायतको टोलीले अनुदानको मल दुधौलीतर्फ लगिएको सूचना पाएपछि घटनास्थलमा पुगेर मल अनलोड हुँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। समितिको पहलमा उक्त मल र संलग्न व्यक्तिहरूलाई तत्काल दुधौली प्रहरीको जिम्मा लगाइएको छ।
कटारीका किसानहरू मलको चरम अभाव झेलिरहेका बेला सहकारीले नै अनुदानको मल अन्यत्र बिक्रीका लागि पठाउनु गम्भीर गैरकानुनी कार्य भएको किसान संघर्ष समितिको भनाइ छ। समितिले यस घटनामा संलग्न सबैमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।

कटारी बजारभित्र नाली सफा गर्ने क्रममा निकालिएको फोहोर सडकको बीचभागमै थुपारेर राखिँदा दुर्गन्ध फैलिएको छ। समयमै फोहोर नहट...
01/25/2026

कटारी बजारभित्र नाली सफा गर्ने क्रममा निकालिएको फोहोर सडकको बीचभागमै थुपारेर राखिँदा दुर्गन्ध फैलिएको छ। समयमै फोहोर नहटाइँदा वरपरका व्यवसायी र पैदल हिँड्ने सर्वसाधारणलाई आवतजावतमा असहजता भएको छ।
स्थानीयवासीका अनुसार सफा गर्ने काम भए पनि फोहोर व्यवस्थापनमा ढिलासुस्ती हुँदा स्वास्थ्य जोखिम बढेको छ। यति संवेदनशील स्थानमा फोहोर तत्काल हटाई व्यवस्थित व्यवस्थापन गर्न सम्बन्धित निकाय किन चनाखो देखिएन ?

https://jantavoice.com/2026/01/32867/
01/25/2026

https://jantavoice.com/2026/01/32867/

उदयपुर । यही २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार

01/20/2026

सुर्य बहादुर लामाले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा रास्टृय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेद्बारी दिनु भएको छ ।

उदयपुर क्षेत्रनं २ मा एमालेका अम्बर रायमाझी मनोनयन दर्ता  कटारी /उदयपुरको क्षेत्रनम्बर २ मा नेकपा एमालेबाट अम्वरबहादुर र...
01/20/2026

उदयपुर क्षेत्रनं २ मा एमालेका अम्बर रायमाझी मनोनयन दर्ता

कटारी /उदयपुरको क्षेत्रनम्बर २ मा नेकपा एमालेबाट अम्वरबहादुर रायमाझीले उमेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि रायमाझीले मनोनयन दर्ता गराएका हुन् ।
नाराजुलुस र बाजागाजासहित कटारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय कमिटीका संयोजक गजेन्द्रबहादुर खड्का र समर्थकमा कोशी प्रदेश कमिटीका सदस्य गोपालबहादुर खत्री छन् ।
नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य रहेका रायमाझी २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालिन नेपाली काँग्रेस, नेकपा माओबादी र समाजवादी पार्टी मिलेर बनेको गठबन्धनका उमेदवार जगन्नाथ खतिवडालाई पराजित गरेका थिए ।
मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै रायमाझीले क्षेत्रनं २ को समृद्धका लागि तयार पारेको रोडम्याप अधुँरो रहेकाले पुरा गर्न उम्मेदवारी भएको बताए । उनले भने, “विकासको हिसावले पछि परेको उदयपुर क्षेत्रनं २ को समृद्धीका लागि ३० महिनाको कार्यकालमा निकै काम गरेपनि रोडम्याप अनुसार अझै धेर काम अधुँरै रहे, ती जनतासँग गरेका वाचा पुरा गर्न यो पटक पार्टीले फेरी उमेदवार बनाएको छ ।”
“क्षेत्रनम्बर २ को विकासको मेररुदण्ड भनेकै सिरहाको मिर्चैया–कटारी–घुर्मि पक्की सडकदेखि लिएर मुर्कुची–माझखर्क–कुनौली–खोटाङ्गको हलेसीसम्म जोड्ने सडक पहिलो प्राथमिकता हो, रायमाझीले भने, “मुख्य सडकसँगै थुप्रै साना सडकहरुको वजेट विनियोजन गरी ठेक्का प्रकृया अघि बढेका छन्, शिक्षा, स्वास्थ्य, कृषि, उद्यम र रोजगारका क्षेत्रमा पनि उल्लेखिय काम हुँदा हुँदै विचैमा कार्यकाल व्रेक भयो ।”
उनले भने, “नगरपालिकासहित पाँच वटै स्थानीय तहका ४४ वटा वडा कार्यालय जाने सडक, स्वास्थ्यचौकी, विद्यालय, विजुलीवत्तिको काम सम्पन्न भएको छ, छिटफुट वाहेक खानेपानी योजनापनि सम्पन्न भएका छन्, अवको काम भनेको पक्की सडक, कृषि, स्वास्थ्य र रोजगारी रोडम्याप हुन् ।”
रायमाझीले एमाले संगठन वलियो, इमान्दार कार्यकर्ता, अधुँरो कार्यकाल, योजनाको रोडम्याप र विगतका विकासमा गरेका योगदान नै चुनाव जित्ने मुख्य आधार भएको बताएका छन् । २०७९ सालमा काँग्रेस–माओवादी–समाजवादी पार्टीको गठबन्धनलाई सजिले पराजित गरेकाले यसपटक कामका आधार र भिजनका हिसावले चुनाव जित्ने उनको दावि छ ।

Address

Charlotte, NC

Alerts

Be the first to know and let us send you an email when Janta voice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janta voice:

Share