प्रभावकारी न्यूज डिजिटल पत्रिका

प्रभावकारी न्यूज डिजिटल पत्रिका तुरुन्त सत्य र प्रभावकारी खबर दिने प्?

09/11/2025

कर्फ्यू आदेश सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना !!
झापा जिल्लाभर हिजो भाद्र २५ गते दिउँसो ३ बजेबाट आज भाद्र २६ गते बिहान ६ बजे सम्मको लागि कर्फ्यू आदेश जारी गरिएकोमा आज बिहान ८ बजेसम्म अत्यावशयक सामाग्री खरिदकालागी कर्फ्यू केही खुकुलो पारिएकोछ। उक्त अवधिमा पनि अत्यावश्यक सामानका लागि जरुरी हुनेले मात्र घर बाहिर निस्कन अनुरोध छ।
साथै आज बिहान आठ बजे बाट अर्को सूचना नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायको अनुमती लिएर बाहेक घरबाहिर निस्केर हिडडुल गर्न, भेला जम्मा हुन नपाउने गरि कर्फ्यू आदेश कडाईका साथ पुन: लागू हुने ब्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ।

प्रमुख जिल्ला अधिकारी,
झापा।

दमकमा निषेधाज्ञा
09/08/2025

दमकमा निषेधाज्ञा

08/21/2025

लखनपुरमा स्वर्ण बिन्दु प्रासनमा अभूतपूर्व भीड, २८८७ बालबालिकाले पाए लाभ

झापा, कमल ।
प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरमा बिहीबार सम्पन्न स्वर्ण बिन्दु प्रासन कार्यक्रममा अभूतपूर्व भीड देखियो । बिहानैदेखि सुरु भएको कार्यक्रममा अभिभावकसहित बालबालिकाको लामो लाइन लाग्दा अस्पताल परिसर साँझसम्म चापले भरिएको थियो ।

अस्पतालका निमित्त प्रमुख डा. सिदार्थ ठाकुर स्वयं असिनपसिन हुँदै पुर्जा लेख्दै व्यवस्थापनमा जुटेका थिए । उनका अनुसार, कुल २८८७ जना ६ महिना देखि ७ वर्ष उमेर समूहका बालबालिकाले स्वर्ण बिन्दु प्रासन सेवन गरेका छन्।

डा. ठाकुरका अनुसार स्वर्ण बिन्दु प्रासनले बालबालिकाको स्मरणशक्ति, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सहयोग पुर्‍याउने जनविश्वास छ । साथै, उनले अबकादिनमा अटिज्म, पार्किन्सन्स, अल्जाइमर, एनसिडिसि जस्ता रोगका लागि समेत प्रभावकारी काम गर्न उत्साह थपिएको बताए । “यसरी गरिएका कार्यक्रमहरूले भविष्यमा अनुसन्धानमा पनि ठूलो सहयोग पुग्नेछ,” उनले भने ।

यसअघि पनि लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालले यस्ता आयुर्वेदिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यसपटकको सहभागिता विगतका सबैभन्दा बढी भएको अस्पताल प्रशासनले जनाएको छ ।

सक्दो शेयर गरेर हराएका बालकको खोजी गरौयहि साउन ३० गतेदेखि दमक ६ पुरानाे सब्जी बजारका १४ वर्षीय युवनाथ ढकाल घर वा आफन्तको...
08/17/2025

सक्दो शेयर गरेर हराएका बालकको खोजी गरौ

यहि साउन ३० गतेदेखि दमक ६ पुरानाे सब्जी बजारका १४ वर्षीय युवनाथ ढकाल घर वा आफन्तको सम्पर्कमा छैनन । ३० गते १० बजे राति काेठाकाे ढाेका खुल्लै रहेकाे र युवनाथ समेत काेठामा नरहेकाे र खाेजी गर्दा हालसम्म फेला नपरेकाे हुदा फेला पार्नुहुने महानुभावले नजिकैकाे प्रहरी कार्यालय वा ९८५२६७६१७९ मा सम्पर्क गर्दिनु होला ।

सहकारीका विषयमा पीएचडी गर्ने सदस्य सन्तानलाई रु १ लाख अध्ययन खर्च प्रदान गरिनेछ। यसबाहेक, एसईईमा जिल्ला प्रथम हुनेलाई रु...
08/13/2025

सहकारीका विषयमा पीएचडी गर्ने सदस्य सन्तानलाई रु १ लाख अध्ययन खर्च प्रदान गरिनेछ। यसबाहेक, एसईईमा जिल्ला प्रथम हुनेलाई रु ५० हजार र ४ GPA ल्याउनेलाई रु २५ हजार छात्रवृत्ति दिने कार्यक्रम

दमक/मुख्य कार्यालय दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २९औं वार्षिकोत्सव तथा ३१औं साधारणसभाम....

विशेष अदालतले झापाको दमकमा रहेको करिब ८०० रोपनी सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै ९ जना...
08/13/2025

विशेष अदालतले झापाको दमकमा रहेको करिब ८०० रोपनी सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै ९ जनालाई दोषी ठहर गरेको छ। दोषी ठहर हुनेमा माओवादीका स्थानीय नेता रेवतराज पुरी (गगन) र नापी कार्यालयका ८ जना कर्मचारी रहेका छन्।

अदालतको यो फैसलासँगै ती सबै जग्गा जफत भई नेपाल सरकारको नाममा आउने भएको छ।

दमक/विशेष अदालतले झापाको दमकमा रहेको करिब ८०० रोपनी सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको ठह....

जनता कर तिर्छन्, बाटोमा हिडछन् , अनि सास्ती भोग्छन्। लापरवाहीले दुर्घटनाको शिकार र रोगी बन्ने अवस्था छ तर जिम्मा लिने को...
08/08/2025

जनता कर तिर्छन्, बाटोमा हिडछन् , अनि सास्ती भोग्छन्। लापरवाहीले दुर्घटनाको शिकार र रोगी बन्ने अवस्था छ तर जिम्मा लिने कोही छैन। राजमार्ग स्तरोन्नतिको नाममा अहिले जे भइरहेको छ, त्यो विकासको दृष्टान्त कम, दुर्घटनाको चेतावनी हो। सडक बनाउने काममा न समयको ख्याल छ, न यात्रुको सुरक्षाको। एकातिरको काम नसकी अर्कातिर भत्काइन्छ। हिलो, धुलो र डाइभर्सनको अव्यवस्थाले गर्दा सवारी चलाउन जोखिमपूर्ण छ। कहिले हिलोमा गाडी चिप्लिन्छ, कहिले धुलोले आँखा नदेखिने भएर लडिन्छ ।
पानी परेपछि हिलो भएर खतरनाक हुन्छ, अनि घाम लागेपछि धुलो उडेर आँखा नै खुल्दैन। यस्तो डाइभर्सनमा सवारी चलाउन पनि गाह्रो छ, हिँड्न पनि डर लाग्छ। हामी सबैको चाहना एउटै हो, राम्रो बाटो बनोस्, तर बाँचेर यात्रा गर्न सकिने बाटो होस्।

बिष्णुप्रसाद पोखरेल मैले जे देखेँ त्यहि लेखे दमक/ पूर्व–पश्चिम राजमार्ग (एशियन हाइवे) नेपालको मेरुदण्ड भनिने यो .....

08/07/2025

सडकको बेहाल अवस्थाको परिणाम

केही थोक व्यापारी वा डिलरहरूले उपभोग्य मिति समाप्त हुन लागेका सामग्रीहरूमा ‘अफर’, ‘डिस्काउन्ट’, ‘एक किन्नुहोस्, एक पाउनु...
08/05/2025

केही थोक व्यापारी वा डिलरहरूले उपभोग्य मिति समाप्त हुन लागेका सामग्रीहरूमा ‘अफर’, ‘डिस्काउन्ट’, ‘एक किन्नुहोस्, एक पाउनुहोस्’ जस्ता आकर्षक योजनाको प्रयोग गरी ती सामान बजारमा पठाउने गरेका छन्। यसरी ती सामग्री अल्पकालीन लाभको लागि बजारमा वितरण हुन्छन् र सस्तोको लोभमा ब्यपारीलेती सामान किन्ने र उपभोक्ताई बेच्ने गर्छन । यस्तो अभ्यासले उपभोक्ताको स्वास्थ्य जोखिममा पार्ने मात्रै होइन, नैतिकता र व्यापार आचारसंहिताको समेत उल्लङ्घन गर्दछ। लामो समयसम्म यस्तो प्रवृत्ति रहिरहँदा बजारमा सस्तो सामानप्रति आकर्षण बढ्ने र गुणस्तरीय सामानको माग घट्ने सम्भावना हुन्छ।
अनुगमनको क्रममा बजारमा उपभोग्य मिति समाप्त भएका सामग्री भेटिन्छन्, तिनीहरूलाई फिर्ता लिन डिलर तथा उत्पादक आनाकानी गर्ने गर्छन्। पसलले तिनलाई फिर्ता गर्न खोजे पनि डिलरहरूले नमानेपछि ती सामग्री बेच्न बाध्य हुने अवस्था सिर्जना हुन्छ। यसमा कोही पनि जिम्मेवार बन्न तयार हुँदैन। उत्पादनकर्ता, डिलर, विक्रेता सबैले जिम्मेवारी वहन गर्नुपर्नेमा, अहिले सबै पक्ष जिम्मेवारीबाट पन्छिने प्रयास गरिरहेको देखिन्छ। यसको अन्त्य बिना बजार व्यवस्थापन व्यवस्थित हुन सक्दैन।

बिष्णुप्रसाद पोखरेल मैले जे देखेँ त्यहि लेखे दमक/ दमक नगरपालिका, झापाको एक प्रमुख व्यापारिक केन्द्र हो जहाँ स्था.....

दमक बजारमा देखिएको अहिलेको लापरवाहीको अवस्था सामान्य होइन। यसले उपभोक्ताको स्वास्थ्य, जीवनस्तर र आत्मविश्वासलाई समेत चोट...
08/02/2025

दमक बजारमा देखिएको अहिलेको लापरवाहीको अवस्था सामान्य होइन। यसले उपभोक्ताको स्वास्थ्य, जीवनस्तर र आत्मविश्वासलाई समेत चोट पुर्‍याएको छ। बजार व्यवस्थापन केवल व्यापारिक हितको विषय होइन, जनस्वास्थ्य र मानव अधिकारको पनि मुद्दा हो। दमकले अब उदाहरणीय बजार बनाउने बाटो रोज्नुपर्छ, जहाँ खाद्य सुरक्षा, मूल्य पारदर्शिता र उपभोक्ता अधिकार सुनिश्चित गरिन्छ। त्यसका लागि सुरुवात आजैबाट आवश्यक छ।

बिष्णुप्रसाद पोखरेल मैले जे देखेँ त्यहि लेखे दमक/ झापा जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित दमक बजा....

दमकमा हात्ती आंतक ! हात्तीको आक्रमणमा परेर दिदि बहिनी गम्भिर घाईते
07/27/2025

दमकमा हात्ती आंतक ! हात्तीको आक्रमणमा परेर दिदि बहिनी गम्भिर घाईते

दमक/ झापाको दमक हात्तीको आक्रमणमा परेर दिदि बहिनी घाईते बनेकाछन् । दमक १ बरगाछी नजिकै जंगली हात्तीले आक्रमण गर्द.....

सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्ने सम्बन्धी दमक नगरपालिकाको अत्यन्त जरुरी सूचना !
07/17/2025

सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्ने सम्बन्धी दमक नगरपालिकाको अत्यन्त जरुरी सूचना !

प्रभावकारी मिडिया प्रा.लि. दमकद्धारा सञ्चालित प्रभावकारीन्यूज

Address

Charlotte, NC

Alerts

Be the first to know and let us send you an email when प्रभावकारी न्यूज डिजिटल पत्रिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रभावकारी न्यूज डिजिटल पत्रिका:

Share