RatoPatrika

RatoPatrika AUTHENTICATE NEWS

यस्तो छ रास्वपासँग कुलमानको पार्टीको सहमतिपत्र
12/29/2025

यस्तो छ रास्वपासँग कुलमानको पार्टीको सहमतिपत्र

रास्वपामा मिसियो उज्यालो नेपाल, कुलमान उपसभापति
12/29/2025

रास्वपामा मिसियो उज्यालो नेपाल, कुलमान उपसभापति

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्...
12/29/2025

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो।

पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ। बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छ भने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ।

पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना समेटिएको छ। साथै अपांगता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सूचीमा समावेश गरिएको छ।

नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा तथा समावेशी उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ। त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ।

एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेद्वारको सूची अध्यक्ष केपी शर्मा ओलीले अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची बुझाउने आज अन्तिम दिन पार्टीले बन्दसूची बुझाएको जनाएको छ।

नेकपा एमालेले प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवारको नाम अन्तिम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई द...
12/29/2025

नेकपा एमालेले प्रतिनिधि सभाका लागि समानुपातिक उम्मेदवारको नाम अन्तिम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

यो पैसाको खात संखुवासभा सिलिचोङ गाउँपालिका सिसुवाखोला गाउँको हो। सामुहिक अलैंची खेती गरि सिलीचोङ १ गोगने टोलवासीले १ करो...
12/29/2025

यो पैसाको खात संखुवासभा सिलिचोङ गाउँपालिका सिसुवाखोला गाउँको हो। सामुहिक अलैंची खेती गरि सिलीचोङ १ गोगने टोलवासीले १ करोड १७ लाख आम्दानी गरेका छन भने व्यक्तिगत आम्दनी छुट्टै छ । सामुहिक आम्दानी वितरणको क्रममा लिएको तस्बिर ।
online

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्ष...
12/28/2025

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिन्ह र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने हुनेछन् ।

नवयुवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने सहमति पत्रमा उल्लेख गरिएको छ ।

नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।

बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी“, दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,बृहत् एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने विषयमा दुवै सहमत भएका छन् ।

यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने, र राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ’घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने सहमति भएको छ ।

हस्ताक्षर कार्यक्रममा रास्वपाका स्वर्णिम वाग्ले , डिपि अर्याल, शिशिर खनाल, असिम शाह र बालेन शाह पक्षका कुमार बेन, के पी खनाल, निश्चल बस्नेत, भुपदेव शाह, सुदिप ढकाल लगायत उपस्थिति थिए ।

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगका प्र...
12/27/2025

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज अन्तिम मतदाता नामावली प्रकाशन गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ।’
प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएको उल्लेख छ। गएको निर्वाचन भन्दा १५ ले मतदाताको संख्या वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ।

चुनावमा जान सबै दल तयार==================आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु...
12/27/2025

चुनावमा जान सबै दल तयार
==================
आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन्।
आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन्।
बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे ।

आगामी प्रतिनिधिसभाको निर्वचनाका लागि समानुपातिक तर्फका संसद छनोट गरी सुची तयारी गर्न केन्द्रीय कमिटिको सचिवालयको बैठकको ...
12/27/2025

आगामी प्रतिनिधिसभाको निर्वचनाका लागि समानुपातिक तर्फका संसद छनोट गरी सुची तयारी गर्न केन्द्रीय कमिटिको सचिवालयको बैठकको पूर्व तयारी हुदैँ गर्दा पार्टि भित्र यस अघि पटक पटक संसद,मन्त्री, पार्टी केन्द्रीय कमिटिमा कोटाबाट पारेकालाई पुनः समानुपातिक तर्फ नराख्न सचेत गराएका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्त्वपूर्ण अवसरका रूप...
12/27/2025

ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरेका छन्।
उज्यालो नेपाल पार्टी नुवाकोट(काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंको बौद्धमा आयोजित कार्यक्रममा बोल्दै देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने बताए।
उनले उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको बताए।
उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका घिसिङले भने, ‘एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ। कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन। नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यक छ।’

एकताको अर्थ अरूलाई समाप्त गर्नु नभएको बताए। जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको हेर्न चाहेकाले जनताको इच्छा नयाँ राजनीतिक शक्तिहरू एक होउन् भन्ने भएकाले नयाँ शक्तिहरूले अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने बताए।

घिसिङसहित रास्वपा र काठमाडौंका मेयर बालेन शाहबीच एकताको प्रयास भइरहेको छ। उनीहरूबीच निरन्तर छलफल भएपनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।

प्रधानमन्त्री सुशीला कार्कीले चुनावको सबै वातावरण बनिसकेको र दलहरु पनि तयार भएको भन्दै प्रमुख तीन दलका शीर्ष नेतासँग सहय...
12/27/2025

प्रधानमन्त्री सुशीला कार्कीले चुनावको सबै वातावरण बनिसकेको र दलहरु पनि तयार भएको भन्दै प्रमुख तीन दलका शीर्ष नेतासँग सहयोगको याचना गरेकी छन् । बालुवाटार बैठकमा तीन दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन जसरी पनि सफल पार्नुपर्ने बताइन् ।

बालेनको प्रस्तावप्रति रास्वपा असहमत====================शनिबार निर्णायक वार्ता हुने भनिएको रास्वपा र काठमाडौँ महानगरपालिक...
12/27/2025

बालेनको प्रस्तावप्रति रास्वपा असहमत
====================
शनिबार निर्णायक वार्ता हुने भनिएको रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्व टिम बिचको निर्णायक वार्ता अनिश्चित भएको छ । शुक्रबार अबेरसम्म दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशतको पावर सेयरिङको प्रस्ताव राखेपछि वार्ता अनिश्चित भएको हो ।

‘हिजोको दुई पक्षीय बैठकमा बालेनको पक्षबाट ५०–५० प्रतिशत पावर सेयरिङको कुरा आयो त्यसमा सहमत हुन सकिएन, सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्ने मोटामोटी सहमति भएको छ । तर केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटमा आधा आधा हिस्सा दाबी गरिएपछि त्यसमा सहमत हुन सकिएको छैन’ श्रोतको दाबी छ ।

शुक्रबार वार्तामा सहमति हुन नसकेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरेर फेरि वार्तामा बस्ने भनिएको तर अहिलेसम्म कुनै खबर नआएको रास्वपा पक्षको भनाइ छ । शनिबार बिहान मात्र कुलमान र बालेन समूहबिच छलफल भएको थियो । बिहानको छलफलमा पनि दुवै पक्षले ठोस प्रस्ताव बाहिर ल्याएका छैनन् ।

रास्वपा पक्षले आज बालनेसँग बस्ने भनिए पनि छलफलको कुनै टुङ्गो नलागेको श्रोतले बताएको छ । ‘हामीले आज कुनै समूहसँग पनि छलफल गरेका छैनौ । रवि र बालेनबिच पनि छलफल हुने कुनै सम्भावना छैन । बालेन पक्षबाट खबर आएमा बस्न पनि सकिन्छ । समानुपातिकको बन्द सूची बुझाउने समय १४ गतेसम्म भएकोले हतारिनुपर्ने आवश्यकता पनि देखिँदैन’ श्रोतले भन्यो । बालेन समूहले भने कुलमानको प्रतीक्षामा रहेको बताएको छ भने रेशम चौधरी र सिके राउतलाई पनि समेट्नुपर्ने प्रस्ताव राखेको छ ।
मंगलबार रातिदेखि रास्वपाका राजनीनिक वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह, बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाह लगायतले लगातार छलफल गरेपनि कुनै निष्कर्ष निस्किएको छैन ।

Address

Charlotte, NC

Telephone

+19802787859

Website

Alerts

Be the first to know and let us send you an email when RatoPatrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RatoPatrika:

Share