12/06/2025
05 डिसेम्बर 2025,
रोहिणी रत्नाड्याङमा CPI(M) पार्टीको तर्फबाट आवश्यकता भएका परिवारहरूलाई खाद्य सामग्री तथा ब्लाङ्केट वितरण गरिएको छ।
सहयोग, एकता र सामुदायिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय परिवारहरू लाभान्वित भएका छन्।
कार्यक्रममा दार्जिलिङ जिल्ला सचिव तथा पूर्व सांसद समन पाठक, प्रेम पाख्रीङ, दिपा तामाङ, निरज गुप्ता लगायत स्थानीय नेतृत्वहरूको सहभागिता थियो।
नेतृत्वले समुदाय–केन्द्रित यस्ता गतिविधिलाई निरन्तरता दिँदै जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।