Tajabahas

Tajabahas “Connecting People, Building Communities Worldwide”

प्रवासमा पहिचान, मातृभूमिमा समर्पण : धादिङ समाजको नेतृत्वमा सागर अधिकारीअमेरिकामा छरिएर रहेका धादिङवासीहरूका लागि नयाँ आ...
06/18/2026

प्रवासमा पहिचान, मातृभूमिमा समर्पण : धादिङ समाजको नेतृत्वमा सागर अधिकारी

अमेरिकामा छरिएर रहेका धादिङवासीहरूका लागि नयाँ आशा र नेतृत्वको प्रतीक बनेका छन् सागर अधिकारी। धादिङ नेपाली समाज अमेरिकाको चौथो अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित अधिकारी अब केवल संस्थागत नेतृत्व होइन, समुदायको साझा आवाज बन्ने यात्रामा छन्।

निर्वाचनपछि उनले व्यक्त गरेको पहिलो प्रतिक्रिया नै उनको नेतृत्वको दिशा स्पष्ट पार्छ, समुदायप्रतिको प्रतिबद्धता, एकता र मातृभूमिप्रतिको उत्तरदायित्व। “अमेरिकाभरि छरिएका धादिङवासीहरूलाई एउटै सूत्रमा बाँध्दै उनीहरूको हकहित र समस्यामा साथ दिने संस्था बनाउनु हाम्रो लक्ष्य हो,” उनी भन्छन्।

न्यूयोर्कमा केन्द्रित हुँदै आएको संस्थालाई अब राज्यव्यापी स्वरूप दिने उनको योजना छ। विभिन्न राज्यहरूमा शाखा विस्तार गर्दै आपतकालीन अवस्थामा रहेका नेपालीहरूलाई छिटो, प्रभावकारी र नजिकबाट सहयोग पुर्‍याउने उनको प्राथमिकता रहेको छ। यहीसँगै, संस्थालाई दिगो र बलियो बनाउन ‘लाइफटाइम मेम्बरशिप’ अभियानलाई अगाडि बढाउने उनले बताएका छन्।

तर अधिकारीको दृष्टि केवल प्रवासमै सीमित छैन। उनी आफ्नो जन्मभूमि धादिङप्रति पनि उत्तिकै संवेदनशील छन्। जिल्लाका विपन्न समुदायका लागि सहयोग कार्यक्रम सञ्चालन गर्ने योजना सुनाउँदै उनी भन्छन्, “हामी जहाँ भए पनि हाम्रो जरा त्यहीँ हो”त्यसैले योगदान पनि त्यहीँ फर्किनुपर्छ।”

तीन दशक लामो प्रवास, अनुभव र संघर्ष

सन् १९९५ मा १९ वर्षको उमेरमा अमेरिका प्रवेश गरेका अधिकारीको यात्रा साधारण थिएन। धादिङको साविक फुलखर्क गाविस–१ (हाल गंगाजमुना गाउँपालिका–५) बाट सुरु भएको उनको जीवनपथ संघर्ष, मेहनत र निरन्तरताले भरिएको छ।

नेपालमा रहँदा पर्वतीय पर्यटन क्षेत्रमा संलग्न हुँदै उनले जीवनको प्रारम्भिक अनुभव बटुले। यही अनुभवले उनलाई अवसरको खोजीमा अमेरिका पुर्‍यायो। त्यसपछि सुरु भयो लामो संघर्ष, व्यवसाय, बसाइँसराइ र नयाँ परिवेशसँगको जुधाइ।

आज उनी सफल व्यवसायी मात्र होइनन्, समुदायसँग गहिरो सम्बन्ध राख्ने सामाजिक अभियन्ता पनि हुन्। धादिङ समाजमा कार्यसमिति सदस्य र वरिष्ठ उपाध्यक्षको भूमिका सम्हालिसकेका उनले संस्थागत नेतृत्वको अनुभव पनि सँगालेका छन्।

समुदायसँग जोडिएको पहिचान

अधिकारीको विशेषता केवल सफलता होइन, त्यो सफलतालाई समुदायसँग जोड्ने क्षमता हो। विदेशमा दशकौं बिताउँदा पनि आफ्नो गाउँ, समाज र नेपाली पहिचानलाई निरन्तर जोगाइराख्नु उनको व्यक्तित्वको महत्वपूर्ण पक्ष हो।

धादिङ समाजको नेतृत्व सम्हाल्दै उनले अब संस्थालाई केवल औपचारिक संरचनाबाट निकालेर सक्रिय, उत्तरदायी र प्रभावकारी प्लेटफर्म बनाउने संकेत दिएका छन्। उनको नेतृत्वमा संस्था अझ व्यापक, समावेशी र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ।

प्रवासमा बसेर पनि मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई कर्ममार्फत देखाउने सागर अधिकारी अहिले धादिङवासीहरूका लागि केवल नेता मात्र होइन, एक भरोसा, एक सम्भावना र एक प्रेरणा बनेका छन्।

‘जुन व्यवसायले उठायो, त्यसलाई कहिल्यै नछोड’-चिनियाँ दर्शन-मानछिरिङ तामाङ सन् २०१५, न्यूयोर्कको व्यस्त सहरमा पाइला टेकेको...
06/16/2026

‘जुन व्यवसायले उठायो, त्यसलाई कहिल्यै नछोड’-चिनियाँ दर्शन

-मानछिरिङ तामाङ
सन् २०१५, न्यूयोर्कको व्यस्त सहरमा पाइला टेकेको त्यो तेस्रो दिन आज पनि मेरो मनमा ताजा छ। आँखा भरी सपना, मनमा अनिश्चितता र भविष्यप्रतिको असंख्य प्रश्न बोकेर म अमेरिका पुगेको थिएँ। त्यही दिन, एक जना साथीको सहायताले, एउटा चिनियाँ रेस्टुरेन्टको ढोका खुलेको थियो र सायद, त्यही ढोकाबाट मेरो जीवनको नयाँ अध्याय सुरु भयो।

न्युजर्सीको ब्लुमफिल्डमा रहेको सन् १९८१ मा स्थापना भएको त्यो रेस्टुरेन्ट मेरो लागि केवल काम गर्ने ठाउँ थिएन, यो एउटा पाठशाला थियो जहाँ मैले जीवन, संघर्ष र सफलताको अर्थ सिकेँ।

शुरुआत सामान्य थियो, भाँडा माझ्ने, सरसफाइ गर्ने, साना काम सम्हाल्ने। ती कामहरूमा कुनै आकर्षण थिएन, तर त्यहाँबाट सिक्ने अवसर अनमोल थियो। दिनहरू बित्दै गए, म कामसँगै आफैं पनि बदलिँदै गएँ। विस्तारै ग्राहकसँग बोल्ने, काउन्टर सम्हाल्ने जिम्मेवारी आयो, र आत्मविश्वास पनि बढ्दै गयो। तर मलाई सबैभन्दा धेरै छोएको कुरा काम होइन, मानिस थिए, विशेषगरी, रेस्टुरेन्टका मालिक।

नेपालमा रहँदा ‘मालिक’ भन्नेबित्तिकै टाढाबाट आदेश दिने, दूरी बनाउने व्यक्तिको छवि मनमा थियो। तर यहाँ मैले बिल्कुल फरक चित्र देखें। ती मालिक कुनै कुर्सीमा बस्ने व्यक्ति थिएनन्, उनी त हरेक कामको बीचमा थिए। कहिले भाँडा माझ्दै, कहिले भान्सामा पस्दै, कहिले ग्राहकसँग मुस्कुराउँदै कुरा गर्दै। उनको पसिनामा व्यवसाय मात्र होइन, आत्मसम्मान पनि मिसिएको थियो।

त्यो दृश्यले मलाई भित्रैसम्म हल्लायो जब मालिक आफैं कुनै कामलाई सानो मान्दैनन् भने, हामीले किन मान्ने? म त्यहाँ काम गर्न गएको थिएँ, तर त्यहाँ मैले जीवन बुझ्न थालेँ। समय बित्दै गयो। वर्षहरू थपिँदै गए।

त्यो सानो रेस्टुरेन्ट विस्तार हुँदै धेरै ठाउँमा पुग्यो। नयाँ शाखाहरू खुले, व्यवसाय फैलियो। तर एउटा कुरा भने परिवर्तन भएन, मालिकको सम्बन्ध आफ्नो पहिलो रेस्टुरेन्टसँग।एक दिन, छुट्टीको शान्त क्षणमा मैले सोधेँ, “यति धेरै रेस्टुरेन्ट हुँदाहुँदै पनि तपाईं किन यही ठाउँमा यति धेरै समय दिनुहुन्छ?”

उनले हल्का मुस्कानसहित मलाई हेरे त्यो मुस्कानमा अनुभव, संघर्ष र सम्झनाहरू मिसिएका थिए। उनले भने, “यो ठाउँ मेरो सुरुवात हो। यहीँ मैले असफलता भोगेँ, यहीँ म लडेँ, यहीँ उठेँ। यही रेस्टुरेन्टले मलाई आजको बनायो। हामी चिनियाँहरू भन्छौँ जुन व्यवसायले तिमीलाई उठायो, त्यसलाई कहिल्यै नछोड। यदि तिमीले आफ्नो जरा बिर्सियौ भने, उचाइ पनि धेरै टाढा टिक्दैन।”

उनको शब्द केवल वाक्य थिएनन्, ती जीवनका सत्य थिए। त्यो दिन मैले बुझें, सफलता केवल अगाडि बढ्नु होइन, आफ्नो सुरुवातलाई सम्मान गर्नु पनि हो। किनकि हामी जहाँ पुगेका छौं, त्यो बाटोको पहिलो पाइला नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो।

आज पनि, जब जीवनका नयाँ मोडहरूमा उभिन्छु, त्यो चिनियाँ रेस्टुरेन्ट र त्यहाँका मालिकको अनुहार सम्झन्छु र आफैंलाई सम्झाउँछु, “जरा नबिर्स, किनकि त्यहीँबाट उचाइको आधार बनेको हुन्छ।”

With Manchhiring Tamang – I just got recognized as one of their top fans! 🎉
06/12/2026

With Manchhiring Tamang – I just got recognized as one of their top fans! 🎉

धादिङ समाज अमेरिका चुनाव तात्यो: अध्यक्षमा सागर–राज कडा प्रतिस्पर्धान्यूयोर्क, जुन ११। अमेरिकामा रहेका धादिङवासीहरूको सा...
06/11/2026

धादिङ समाज अमेरिका चुनाव तात्यो: अध्यक्षमा सागर–राज कडा प्रतिस्पर्धा

न्यूयोर्क, जुन ११। अमेरिकामा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका (DNSA) को आगामी जुन १५ मा हुने अधिवेशन नजिकिँदै जाँदा चुनावी सरगर्मी चरम बिन्दुमा पुगेको छ। यसपटक नेतृत्व चयन विशेष चासोको विषय बनेको छ।

अध्यक्ष पदका लागि हिमाल बी. अधिकारी (सागर) र राज के. गुरुङबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। दुवै उम्मेदवारले आफ्नो पक्षमा व्यापक समर्थन जुटाउँदै चुनावी अभियानलाई तीव्र बनाएका छन्।

सागर अधिकारीको पक्षमा वर्तमान अध्यक्ष टक रुवाली, पूर्वअध्यक्ष राजन गौलीलगायतको सशक्त टोली खुलेर लागेको छ। अधिकारीको संस्थागत अनुभव, अमेरिकामा स्थापित नेटवर्क तथा व्यवस्थापकीय दक्षतालाई मुख्य एजेन्डा बनाउँदै उनको समूहले मतदाता आकर्षित गर्ने प्रयास गरिरहेको छ।

अर्कोतर्फ, राज गुरुङलाई पूर्वअध्यक्ष रामेश्वर बुर्लाकोटी, दिवाकर पाण्डेलगायत प्रभावशाली व्यक्तित्वहरूको समर्थन प्राप्त छ। गुरुङ पक्षले नयाँ सोच, समावेशी नेतृत्व र संस्थागत पुनर्संरचनाको आवश्यकता औंल्याउँदै अभियान अघि बढाइरहेको छ।

दुवै पक्षले फोन सम्पर्क, सामाजिक सञ्जाल र व्यक्तिगत भेटघाटमार्फत आफ्ना योजना र प्रतिबद्धता मतदातासमक्ष प्रस्तुत गरिरहेका छन्। चुनाव नजिकिँदै जाँदा समर्थन तान्ने होड झनै तीव्र बन्दै गएको छ।

यसैबीच, केही धादिङवासीहरूले संस्थामा नेपालजस्तो राजनीतिक ध्रुवीकरण नदोहो¥याउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले आगामी नेतृत्वले सहकार्य, एकता र संस्थाको दिगो विस्तारमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

यसपटकको निर्वाचनमा अन्य पदहरूमा पनि प्रतिस्पर्धा रोचक बनेको छ। वरिष्ठ उपाध्यक्षमा बलराम श्रेष्ठ र गणेश लम्साल, उपाध्यक्षमा राम मल्ल ठाकुरी र सुदेस्ना अधिकारी तथा सचिव पदमा देवेन्द्र गिरी र श्रीराम खतीवडाबीच प्रतिस्पर्धा हुँदैछ।

यता महासचिवमा हरि गिरी, कोषाध्यक्षमा एलन तामाङ र सह–कोषाध्यक्षमा रामचन्द्र उप्रेती एक्ला उम्मेदवार रहेकाले उनीहरू निर्विरोध चयन हुने निश्चितजस्तै देखिएको छ।

धादिङ समाजलाई न्यूयोर्क मात्र सीमित नराखी अन्य राज्यहरूमा समेत विस्तार गर्ने एजेन्डा यसपटकको नेतृत्वका लागि प्रमुख परीक्षणका रूपमा हेरिएको छ। अबको नेतृत्वले प्रतिस्पर्धालाई सहकार्यमा रूपान्तरण गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नले समुदायको ध्यान खिचेको छ।

धादिङ नेपाली समाज अमेरिका: कोषाध्यक्षमा एलान तामाङको सर्वसम्मत चयनअमेरिकामा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ नेपाल...
06/10/2026

धादिङ नेपाली समाज अमेरिका: कोषाध्यक्षमा एलान तामाङको सर्वसम्मत चयन

अमेरिकामा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका (DNSA) को आगामी निर्वाचनअघि नै नेतृत्व चयन सर्वसम्मतिमा टुंगिएको छ। यही जुन १४ मा हुने निर्वाचनअघि संस्थाले सहमतिको आधारमा नयाँ नेतृत्वलाई अघि बढाएको हो।

रूबी भ्याली गाउँपालिका-सेर्तुङका एलान तामाङ DNSA को कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। विगत एक दशकभन्दा बढी समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाउँदै आएका तामाङ सामाजिक कार्य, समुदायिक सहकार्य र संस्थागत गतिविधिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनी हाल म्हेन्दोमाया समाज अमेरिका (Mendhomaya Society of America) का वरिष्ठ उपाध्यक्षसमेत हुन्।

तामाङको सर्वसम्मत चयनलाई समुदायभित्र सकारात्मक संकेतका रूपमा हेरिएको छ। सामाजिक कार्यमा लामो समयदेखि सक्रिय तामाङको अनुभव र समन्वय क्षमताले संस्थालाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

समुदायभित्र देखिएको सहमति र सहकार्यका कारण यसपटक नेतृत्व चयन सहज रूपमा सम्पन्न भएको बताइएको छ। तामाङको सहभागिताले संस्थाको आर्थिक व्यवस्थापन, पारदर्शिता र समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसैगरी, महासचिवमा हरि गिरी र सह-कोषाध्यक्षमा रामचन्द्र उप्रेती पनि एकल उम्मेदवारका रूपमा उत्रिएका कारण उनीहरू निर्विरोध चयन हुने लगभग निश्चितजस्तै देखिएको छ।

धादिङवासीहरूको पहिचान, एकता र सामुदायिक हित प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थापना गरिएको DNSA ले अमेरिकामा बसोबास गर्ने धादिङेली समुदायलाई संगठित गर्दै आएको छ। आगामी नेतृत्वसँग संस्थाले अझ सक्रिय र परिणाममुखी कार्यक्रम अघि बढाउने विश्वास गरिएको छ।

धादिङ समाज अमेरिका चुनाव तात्यो: अध्यक्षमा कडा भिडन्त, तीन पदमा निर्विरोधन्युयोर्क, जुन ९ । अमेरिकामा रहेका धादिङवासीहरू...
06/10/2026

धादिङ समाज अमेरिका चुनाव तात्यो: अध्यक्षमा कडा भिडन्त, तीन पदमा निर्विरोध

न्युयोर्क, जुन ९ । अमेरिकामा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका (DNSA) को २०२६ निर्वाचनले रोचक मोड लिएको छ। उम्मेदवारी दर्ता सम्पन्न भएसँगै अध्यक्षदेखि सचिवसम्मका पदमा प्रतिस्पर्धा चर्किएको छ भने तीन पदमा उम्मेदवार निर्विरोध हुने निश्चित जस्तै देखिएको छ।

अध्यक्ष पदमा हिमाल बी. अधिकारी (सागर) र राज के. गुरुङबीच सीधा भिडन्त हुने भएको छ, जसले चुनावी माहोललाई थप तातेको बनाएको छ। वरिष्ठ उपाध्यक्षमा बलराम श्रेष्ठ र गणेश लम्साल तथा उपाध्यक्षमा राम मल्ल ठाकुरी र सुदेस्ना अधिकारीबीच पनि प्रतिस्पर्धा रोचक बनेको छ। सचिव पदमा देवेन्द्र गिरी र श्रीराम खतीवडाबीचको प्रतिस्पर्धा पनि उत्तिकै चासोको विषय बनेको छ।

यता महासचिवमा हरि गिरी, कोषाध्यक्षमा एलन तामाङ र सह-कोषाध्यक्षमा रामचन्द्र उप्रेती एक्ला उम्मेदवारका रूपमा उत्रिएका कारण उनीहरू निर्विरोध चयन हुने पक्का जस्तै देखिएको छ।

निर्वाचन समितिका अनुसार विभिन्न राज्यबाट ११ जना बोर्ड सदस्य पदका लागि मैदानमा उत्रिएका छन्। उम्मेदवारमाथि कुनै उजुरी भए जुन १० बेलुका ५ बजेसम्म पेश गर्न सकिने व्यवस्था गरिएको छ भने अन्तिम नामावली जुन ११ रातिसम्म सार्वजनिक गरिनेछ।

रवि लामिछाने: आशा, आक्रोश र परिवर्तनको राजनीतिनेपाली राजनीतिमा रवि लामिछानेको उदय केवल एक व्यक्तिको सफलता होइन, यो जनआक्...
06/05/2026

रवि लामिछाने: आशा, आक्रोश र परिवर्तनको राजनीति

नेपाली राजनीतिमा रवि लामिछानेको उदय केवल एक व्यक्तिको सफलता होइन, यो जनआक्रोशको विस्फोट हो। वर्षौंदेखि जरा गाडेको भ्रष्टाचार, अकर्मण्यता र राजनीतिक अभिजात वर्गप्रतिको वितृष्णाले एउटा यस्तो शून्य सिर्जना गर्‍यो, जसलाई भर्ने काम रवि लामिछानेले गरे। तर प्रश्न अब यो छ, के उनी समाधान हुन्, कि केवल असन्तुष्टिको प्रतीक?

सञ्चारकर्मीका रूपमा उनले जुन साहसिक छवि बनाए, भ्रष्टाचारविरुद्ध मुखर, जनताको पीडामा संवेदनशील, र सत्ता संरचनाप्रति आक्रामक त्यसैले उनलाई राजनीतिमा प्रवेश गर्ने नैतिक आधार दियो। उनले जनतालाई केवल सूचना दिएनन्, उनीहरूले महसुस गरिरहेको अन्यायलाई स्वर दिए। यही कारणले उनी “नेता” बन्नुभन्दा पहिले नै “आवाज” बने।

तर राजनीति सञ्चारकर्म होइन। यहाँ प्रश्न उठाउने मात्र होइन, उत्तर दिन पनि सक्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना र त्यसले प्राप्त गरेको अप्रत्याशित सफलता नेपाली मतदाताको मनोविज्ञानमा आएको गहिरो परिवर्तनको संकेत हो। यो स्पष्ट सन्देश थियो, जनता पुराना दलहरूसँग थाकिसकेका छन्। तर वैकल्पिक शक्तिको रूपमा उभिनु र विकल्पको रूपमा टिक्नु दुई फरक कुरा हुन्।

यहीँबाट रवि लामिछानेको वास्तविक परीक्षा सुरु हुन्छ।उनको राजनीतिक यात्रा विवादरहित कहिल्यै रहेन। आत्महत्या प्रकरणदेखि नागरिकता र राहदानी विवादसम्म, र पछिल्लो सहकारी प्रकरणसम्म यी सबै घटनाहरूले उनको छविमा निरन्तर प्रश्नचिन्ह खडा गरेका छन्। उनका समर्थकहरूले यसलाई राजनीतिक षड्यन्त्र भनेर खारेज गर्छन्। तर लोकतान्त्रिक राजनीतिमा प्रश्नलाई षड्यन्त्र भनेर मात्र पन्छाउनु पर्याप्त हुँदैन; जवाफदेहिता अपरिहार्य हुन्छ।

समस्या यहीँ छ, रवि लामिछानेले आलोचनालाई पूर्ण रूपमा स्वीकार गरेर संस्थागत पारदर्शितामा रूपान्तरण गर्न सकेका छैनन्। उनले जनविश्वास कमाएका छन्, तर त्यसलाई संस्थागत विश्वसनीयतामा बदल्ने प्रक्रिया अझै अपूरो छ।

उनको सबैभन्दा ठूलो शक्ति भनेकै जनतासँगको भावनात्मक सम्बन्ध हो। तर यही शक्ति कमजोरी पनि बन्न सक्छ। भावनामा आधारित राजनीति टिकाउ हुँदैन, यदि त्यसलाई नीतिगत स्पष्टता, प्रशासनिक दक्षता र दीर्घकालीन दृष्टिकोणले साथ नदिएमा।

सरकारमा सहभागिता र गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा उनीसँग अवसर थियो, आफ्नो आलोचनालाई उपलब्धिमा बदल्ने। तर अस्थिर गठबन्धन, अनुभवको कमी र निरन्तर विवादले त्यो अवसरलाई पूर्ण रूपमा उपयोग गर्न दिएन। यसले एउटा कटु सत्य देखाउँछ, लोकप्रियता सत्ता प्राप्त गर्न पर्याप्त हुन सक्छ, तर प्रभावकारी शासनका लागि मात्र पर्याप्त हुँदैन।

आज रवि लामिछाने एउटा दोबाटोमा उभिएका छन्। एकातिर उनी जनताको आशा हुन्, अर्कोतिर उनीमाथि बढ्दो शंका पनि छ। यदि उनले आफ्नो राजनीति केवल आक्रोश र लोकप्रियतामा सीमित राखे भने, उनी पनि विगतका असफल प्रयोगहरूको सूचीमा थपिने जोखिममा छन्। तर यदि उनले संस्थागत सुधार, पारदर्शिता र परिणाममुखी शासनलाई प्राथमिकता दिए भने, उनी वास्तवमै नेपाली राजनीतिमा संरचनात्मक परिवर्तन ल्याउने नेताका रूपमा स्थापित हुन सक्छन्।

अन्ततः, रवि लामिछानेको कथा अझै अधूरो छ। उनले इतिहासमा स्थान बनाउने कि केवल एउटा क्षणिक लहरका रूपमा सीमित रहने, यो अब नारामा होइन, नतिजामा निर्भर हुनेछ।

Mehnat Hoina, Dekhasiki Ko Rog (Not Hard Work, But the Disease of Show-Off Culture)A troubling trend is growing within t...
06/05/2026

Mehnat Hoina, Dekhasiki Ko Rog (Not Hard Work, But the Disease of Show-Off Culture)

A troubling trend is growing within the Nepali community in America—abandoning hard work and honest struggle in favor of show-off culture, social media “flexing,” and the desire to make quick money. Success is no longer measured by skill and effort, but by expensive cars, branded clothes, and artificial luxury.

This is not just a trend; it is a disease. The illusion of glamour created by social media is pulling many young people away from reality. In chasing external validation, they are being pushed toward poor decisions—sometimes even leading to illegal activities.

In recent years, reports of Nepali-origin youth being involved in criminal incidents have been increasing. This is not a coincidence; it is a warning. When a society begins to value appearance over effort, moral decline becomes inevitable.

The case of a 21-year-old Nepali-origin youth in Irving, Texas, who was arrested on allegations of operating an illegal gambling activity, is another example of this issue. No one should be considered guilty until proven so by law, but the question remains—how does a mindset develop that leads someone down this path?

The answer is clear: the desire for quick success, easy money, and an unwillingness to work hard. This path ultimately leads to destruction. Decisions made for momentary display not only ruin an individual’s future but also damage the reputation of the entire Nepali community.

Now we must choose—do we follow the path of hard work, or lose ourselves in the race of show-off culture? Success is not a performance; it is the result of struggle. Respect is not something you can buy; it is something you earn. If we fail to wake up now, regret will be all that remains.

Let us reject the lure of quick money. Let us embrace honesty, discipline, and hard work. Because in the end, what lasts is not shine—but character.

मनासास पार्कमा हराएकी नेपाली नर्स प्रकरण: दुई वर्षपछि आराबाट भेटियो मानव कपाल, डीएनए परीक्षण तीव्रअमेरिकाको भर्जिनिया रा...
05/30/2026

मनासास पार्कमा हराएकी नेपाली नर्स प्रकरण: दुई वर्षपछि आराबाट भेटियो मानव कपाल, डीएनए परीक्षण तीव्र

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्कबाट बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट प्रकरणमा झन्डै दुई वर्षपछि नयाँ फरेन्सिक प्रमाण फेला परेको छ।

सन् २०२४ को जुलाई–अगस्टतिर आफ्नै निवासबाट रहस्यमय रूपमा हराएकी २८ वर्षीया ममताको खोजी तथा अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका टुक्राहरू बरामद गरिएको हो।

भर्जिनियाको फरेन्सिक विज्ञान विभागका अनुसन्धानकर्ताहरूले उक्त आराबाट संकलन गरेका प्रमाणहरूको विस्तृत विश्लेषण गरेका छन्। फक्स फाइभले प्राप्त गरेको अदालतसम्बन्धी कागजात अनुसार वैज्ञानिकहरूले तीनवटा मानव कपाल, १३ वटा कपालका टुक्रा, साथै केही रेशा र धूलोका कणहरूको परीक्षण गरेका छन्।

प्रारम्भिक चरणमा अनुसन्धानकर्ताहरूले ‘भिजुअल निरीक्षण’ र ‘स्टेरियो माइक्रोस्कोपी’ प्रविधिको प्रयोग गरी नमूनाहरूको संरचना अध्ययन गरेका थिए। त्यसपछि थप उन्नत फरेन्सिक विश्लेषण प्रक्रिया अघि बढाइएको हो।

अदालतको अभिलेख अनुसार आरामा भेटिएका तीनवटा मानव कपाल ‘न्युक्लियर डीएनए परीक्षण’ का लागि उपयुक्त देखिएका छन्। ती नमूनाहरूलाई विस्तृत परीक्षणका लागि फरेन्सिक बायोलोजी शाखामा पठाइएको छ।

यद्यपि, अन्य १३ वटा कपालका टुक्राहरू भने न्युक्लियर डीएनए परीक्षणका लागि पर्याप्त गुणस्तरीय नभएको फरेन्सिक अधिकारीहरूले जनाएका छन्। ती सबै नमूनाहरू हाल राज्यको केन्द्रीय प्रयोगशालामा थप डीएनए विश्लेषण प्रक्रियामा रहेका छन्।

यो नयाँ प्रमाणले ममता काफ्ले भट्टको बेपत्ता प्रकरणको अनुसन्धानमा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ। अनुसन्धान निकायहरूले प्राप्त परिणामका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्।

बजेट: आशाको भाषण, परीक्षण कार्यान्वयनकोयसपटकको बजेटले फेरि एकपटक “नयाँ दिशा” को दाबी गरेको छ। तर नेपालमा बजेटको समस्या न...
05/30/2026

बजेट: आशाको भाषण, परीक्षण कार्यान्वयनको

यसपटकको बजेटले फेरि एकपटक “नयाँ दिशा” को दाबी गरेको छ। तर नेपालमा बजेटको समस्या नयाँ घोषणा होइन, पुरानो कमजोरी हो—कार्यान्वयन। विगत १० वर्षमा बजेटको आकार दोब्बर बन्यो, तर विकास खर्च, नीति स्थायित्व र परिणाममुखी प्रशासन उति नै कमजोर रह्यो। त्यसैले आजको मुख्य प्रश्न बजेट कति ठूलो भयो भन्ने होइन, कति प्रभावकारी ढंगले कार्यान्वयन हुन्छ भन्ने हो।

बजेटले केही परम्परागत जडता तोड्ने संकेत अवश्य दिएको छ। शासकीय सुधार, राजस्व प्रशासनमा पुनर्संरचना, खर्च कटौती र कर प्रणाली सरलीकरणजस्ता विषयले नीतिगत हिम्मत देखाएका छन्। तर हिम्मत कागजमा होइन, व्यवहारमा प्रमाणित हुनुपर्छ। महत्त्वाकांक्षी राजस्व लक्ष्य राखेर मात्र अर्थतन्त्र चल्दैन; स्रोत परिचालन गर्ने क्षमता, कर प्रशासनको अनुशासन र राज्यको विश्वासनीयता पनि चाहिन्छ।

सबैभन्दा सकारात्मक पक्ष कर प्रणालीलाई केही हदसम्म सरल बनाउने प्रयास हो। वर्षैपिच्छे कर दर, कर संरचना र प्रक्रियामा हुने हेरफेरले लगानीकर्ता, उद्यमी र नागरिक सबैलाई थकित बनाएको छ। स्थिर नीतिको अभावले राज्यप्रतिको भरोसा कमजोर पार्छ, र भरोसा कमजोर भएपछि औपचारिक अर्थतन्त्र बलियो हुन सक्दैन। यसपटक छरिएका करलाई एकीकृत गर्ने, भ्याट प्रक्रियालाई सहज बनाउने र लगानी फिर्तामा पूर्वस्वीकृतिको झन्झट घटाउने जस्ता कदम स्वागतयोग्य छन्।

तर बजेटको मूल कमजोरी फेरि पनि उही हो—स्पष्ट कार्यान्वयन खाका छैन। राम्रो भाषण, आकर्षक बुँदा र सुधारका नारा पर्याप्त हुँदैनन्। नेपालका धेरै बजेटहरू कागजमा उन्नत देखिए, तर कार्यालय, आयोजना र नीतिगत तहमा अलपत्र परे। विकास खर्च न्यून रह्यो, लक्ष्यहरू अवास्तविक भए, र प्रशासनिक ढिलासुस्तीले परिणाम निल्यो।

अनौपचारिक अर्थतन्त्रको मुद्दा अझै गम्भीर छ। ठूलो हिस्सा सरकारी दायराभन्दा बाहिर रहँदा राजस्व बढ्दैन, श्रम बजार व्यवस्थित हुँदैन, र करको भार सीमित वर्गमाथि मात्र थुप्रिन्छ। त्यसैले अनौपचारिक क्षेत्रलाई औपचारिक प्रणालीमा ल्याउने स्पष्ट रणनीति बजेटको केन्द्रमा हुनुपर्थ्यो। तर त्यहाँ अझै पनि अधुरोपन देखिन्छ। बिना यस्तो रूपान्तरण स्रोत परिचालन बलियो बन्ने सम्भावना कमजोर रहन्छ।

अर्को महत्वपूर्ण पक्ष पूर्वाधार र प्रविधिबीचको दूरी घटाउने प्रयास हो। डिजिटल पूर्वाधार, एआई र आधुनिक सेवा संरचनामा लगानी गर्नु भविष्यमुखी सोचको संकेत हो। तर नेपालमा ठूलो समस्या प्राथमिकताको अभाव होइन, निरन्तरताको अभाव हो। एउटा सरकारले सुरु गरेको कार्यक्रम अर्को सरकारले रोक्ने, अर्कोले फेरि अर्को नाम दिने, अनि अन्ततः परियोजनाले गति नपाउने प्रवृत्ति अब अन्त्य हुनुपर्छ।

बजेटले सैद्धान्तिक रूपमा नयाँ दिशातर्फ संकेत गरेको छ। यो टिप्पणी आशावादी छ, तर सर्तसहितको। किनकि नेपालमा नयाँ दिशा घोषणा भएर मात्रै आउँदैन; त्यसलाई प्रशासनिक इच्छाशक्ति, संस्थागत अनुशासन र राजनीतिक निरन्तरताले बनाउँछ। नत्र हरेक वर्ष “नयाँ” बजेट आउँछ, तर देश पुरानै गतिहीनतामा रहिरहन्छ।
त्यसैले यस बजेटलाई उत्सवको रूपमा होइन, परीक्षाको रूपमा हेर्नुपर्छ। यसको सफलता कर सुधार, खर्च नियन्त्रण, सुशासन, विकास खर्चको गुणस्तर र स्रोत परिचालनको नतिजाले निर्धारण गर्नेछ। बजेटले बाटो देखाएको हुन सक्छ, तर यात्राको दूरी अझै धेरै छ। अब निर्णायक कुरा एउटा मात्र हो, घोषणा होइन, कार्यान्वयन।

Address

Star Black
Fort Worth, TX
76189

Alerts

Be the first to know and let us send you an email when Tajabahas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tajabahas:

Share