LX HUB News media and entertainment for Nepal

झापा — दमकमा बोराभित्र फेला परेकी २१ वर्षीया रोमा (रमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेक...
06/05/2026

झापा — दमकमा बोराभित्र फेला परेकी २१ वर्षीया रोमा (रमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

गत जेठ १६ गते Damak नगरपालिका–१० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा युवतीको शव फेला परेको थियो। मृतकको पहिचान उनका पिता नारायण तिवारीले गरेका थिए।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले भारतको बिहार राज्य घर भई हाल दमकमा बस्दै आएका ३४ वर्षीय राकेशकुमार पण्डितलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार सीसीटीभी फुटेज, प्राविधिक विश्लेषण र निगरानीमार्फत आरोपीको पहिचान गरिएको थियो।

प्रारम्भिक सोधपुछमा पैसाको विषयमा भएको विवादपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित मोटरसाइकल, मोबाइल फोन, कपडा तथा अन्य सामग्रीसमेत बरामद गरिएको छ।

हाल आरोपीविरुद्ध ज्यानसम्बन्धी कसूर तथा जबरजस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति Rabi Lamichhaneले आफू छिट्टै प्रधानमन्त्री बन्न लागेको भन्ने चर...
06/05/2026

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति Rabi Lamichhaneले आफू छिट्टै प्रधानमन्त्री बन्न लागेको भन्ने चर्चाबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

भारत भ्रमणबाट शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विषयमा सोधिएको प्रश्नको जवाफमा ‘म केही भन्न चाहन्न’ भने।

यद्यपि त्यसपछि उनले रास्वपा स्थिर सरकारको पक्षमा रहेको स्पष्ट पारे। निर्वाचनअघि पार्टीले गरेका प्रतिबद्धता र सार्वजनिक वाचामा आफूहरू अडिग रहेको उनको भनाइ थियो।

लामिछानेले नेपाली जनताले स्थायित्वको अपेक्षासहित मत दिएको उल्लेख गर्दै राजनीतिक अस्थिरता नभई स्थिर शासन प्रणालीको पक्षमा पार्टी रहेको बताए।

गोकुल बास्कोटा: “३५ वर्ष केही गर्न नसकेकाहरूका लागि बालेन शाह गुरु हुन्”🤔 एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प...
06/05/2026

गोकुल बास्कोटा: “३५ वर्ष केही गर्न नसकेकाहरूका लागि बालेन शाह गुरु हुन्”🤔
एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन शाहको कूटनीतिक शैलीको खुलेर प्रशंसा गरेका छन्।
बास्कोटाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरूले बालेन शाहबाट सिक्नुपर्ने टिप्पणी गर्दै ३५ वर्षसम्म देशमा अपेक्षित सुधार गर्न नसकेकाहरूले अहिले बालेनको आलोचना गर्नु उचित नभएको बताएका छन्।
उनका अनुसार, बदलिँदो राजनीतिक र कूटनीतिक परिवेशमा नयाँ सोच र नयाँ दृष्टिकोण आवश्यक छ, जसको उदाहरण प्रधानमन्त्री शाहले प्रस्तुत गरेका छन्।
“३५ वर्ष केही गर्न नसकेकाहरूका लागि बालेन शाह गुरु हुन्,” भन्दै बास्कोटाले पुराना राजनीतिक शक्तिहरूमाथि समेत कटाक्ष गरेका छन्।
प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर देशभर बहस चलिरहेका बेला बास्कोटाको यो भनाइले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ।

SEE मा समातिएका मोबाइलहरुलाई यसरी पानीमा खसाल्दिने नेपाल प्रहरीको दिमागलाई के भन्नु हुन्छ?
06/05/2026

SEE मा समातिएका मोबाइलहरुलाई यसरी पानीमा खसाल्दिने नेपाल प्रहरीको दिमागलाई के भन्नु हुन्छ?

भारतको बिहारमा पटनाको कदमकुआन प्रहरीले फैसल खान उर्फ खान सरविरुद्ध कारबाही अघि बढाएको छ। कदमकुआन प्रहरी चौकीमा हत्या प्र...
06/05/2026

भारतको बिहारमा पटनाको कदमकुआन प्रहरीले फैसल खान उर्फ खान सरविरुद्ध कारबाही अघि बढाएको छ।

कदमकुआन प्रहरी चौकीमा हत्या प्रयास र हतियार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ। उनको कोचिङ सेन्टरमा ढुंगा प्रहार, तोडफोड र गोली प्रकरणपछि यो कदम चालिएको हो।

प्रहरीले खान सरविरुद्ध भारतीय दण्ड संहिताको धारा १०९ अन्तर्गत मुद्दा दर्ता गरेको छ। यो हत्या प्रयासको मुद्दा हो। यसमा १० वर्षसम्मको जेल सजाय र जरिवानाको व्यवस्था छ। यस धारा अन्तर्गत अग्रिम जमानत पनि उपलब्ध छैन।

गत मंगलबार राति मुसलपुर हाट क्षेत्रको खान ग्लोबल स्टडीज कोचिङ इन्स्टिच्युटमा ढुंगा प्रहार र तोडफोड भएको थियो। सुरुमा खान सर पक्षले प्रतिद्वन्द्वी कोचिङसँग जोडेर हमला भएको दाबी गरेका थिए। प्रहरीले ज्ञान बिन्दु कोचिङका निर्देशक रोशन आनन्दसहित तीन जनालाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। उनीहरूलाई न्यायिक हिरासतमा राखिएको छ।

तर भिडियो सार्वजनिक भएपछि स्थिति बद्लियो। उक्त भिडियोमा खान सरका दुई अंगरक्षकले गोली चलाएको देखिन्छ। प्रहरीले उनीहरूलाई पक्राउ गरी जेल पठाएको छ। गार्डहरूले प्रहरीसमक्ष खान सरको निर्देशनअनुसार गोली चलाएको बयान दिएका छन्। उनीहरूले आत्मरक्षाको दाबी गरे पनि मुद्दा दर्ता भइसकेको छ।

भारतीय सञचारमाध्यमका अनुसार प्रहरीले खान सरलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने अवस्था छ। उनीसँग सोधपुछ पनि भइसकेको छ। खान सरले सुरुमा गोली चलेको बताए पनि पछि बयान फेरेका छन्। उनले भनेका छन् कि झगडा भएकाले गार्डहरूले आत्मरक्षामा गोली चलाएका हुन्। उनका अनुसार प्रहरी आइपुग्न ढिलो हुने भएकाले त्यसो गरिएको हो। उनले अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।

दैनिक भास्करका अनुसार इन्स्पेक्टर अनिल कुमारको बयानमा मुद्दा दर्ता भएको हो। प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज जाँच गर्दै छ र थप कारबाही अघि बढाएको छ। एक सुरक्षा गार्ड घाइते भएर अस्पतालमा उपचाररत छन्। विद्यार्थीहरूले विरोध प्रदर्शन समेत गरेका छन्। प्रहरीले पूर्ण अनुसन्धान जारी राखेको भनेको छ।

उत्तर–पूर्वी जापानको फुकुसिमा सहरस्थित एक इलेक्ट्रोनिक्स कारखानाभित्र पसेर चार जनालाई आक्रमण गरेको भालु झ्याल आफैँ खोलेर...
06/05/2026

उत्तर–पूर्वी जापानको फुकुसिमा सहरस्थित एक इलेक्ट्रोनिक्स कारखानाभित्र पसेर चार जनालाई आक्रमण गरेको भालु झ्याल आफैँ खोलेर रातको समयमा भागेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार भालुले झ्यालको चुक्कुल खोलेर झ्याल धकेलेको देखिएको छ । भाग्नुअघि उक्त भालुले आफ्नो अगाडिका खुट्टाको प्रयोग गरेर धारा खोलेर पानी पिएको दृश्य पनि देखिएको थियो ।

फुकुसिमाका मेयर युकी बाबा ले भालुलाई अत्यन्त बुद्धिमान भन्दै त्यसको व्यवहारले अधिकारीहरूलाई समेत आश्चर्यचकित बनाएको बताएका छन् । भालु मंगलबार राति फुकुसिमाको एक इस्पात कारखानामा प्रवेश गरी चार जनामाथि आक्रमण गरेपछि नजिकैको इलेक्ट्रोनिक्स कारखानातर्फ गएको थियो । त्यसपछि अधिकारीहरूले त्यहाँ नियन्त्रणमा लिन प्रयास गरेका थिए ।

भालुलाई बेहोस बनाउन ट्रान्क्विलाइजर डार्ट प्रयोग गरिए पनि प्रयास असफल भएको थियो । त्यस्तै फलफूल र मह राखेर बनाइएका पासोहरू पनि प्रभावकारी हुन सकेनन् । जापानी सञ्चारमाध्यमका अनुसार भालुले पासोमा नफसी चारा मात्र खाइदिएको थियो ।

खाडी मुलुकहरूलाई पछि पार्दै मलेसिया बन्यो विश्वकै सर्वोत्कृष्ट इस्लामिक अर्थतन्त्र! 🇲🇾🔥साउदी अरेबिया, कतार र दुबई जस्ता ...
06/05/2026

खाडी मुलुकहरूलाई पछि पार्दै मलेसिया बन्यो विश्वकै सर्वोत्कृष्ट इस्लामिक अर्थतन्त्र! 🇲🇾🔥
साउदी अरेबिया, कतार र दुबई जस्ता धनी र शक्तिशाली राष्ट्रहरूलाई समेत पछि पार्दै मलेसियाले फेरि एकपटक इतिहास रचेको छ।

अमेरिकाको प्रख्यात अनुसन्धान संस्था 'डिनारस्ट्यान्डर्ड' द्वारा जारी गरिएको हालैको 'स्टेट अफ दि ग्लोबल इस्लामिक इकोनोमी (SGIE) २०२५/२०२६' प्रतिवेदन अनुसार मलेसिया लगातार १२ औं वर्ष पनि विश्वव्यापी इस्लामिक अर्थतन्त्रमा शीर्ष स्थान कायम राख्न सफल भएको छ। 🏆
आखिर किन मलेसिया खाडी मुलुकहरू भन्दा अगाडि छ? हेरौँ यी मुख्य ३ क्षेत्र, जसमा मलेसिया संसारकै नम्बर १ बनेको छ:

खाडी मुलुकहरूको तेलको शक्ति र चमकधमक एकातिर छ, तर नीति, प्रविधि र हलाल बजारको सही व्यवस्थापनका कारण मलेसियाले विश्वकै सर्वोत्कृष्ट इस्लामिक अर्थतन्त्रको ताज आफ्नो शिरमा सुरक्षित राखेको छ। 👑
तपाईंलाई मलेसियाको यो प्रगति कस्तो लाग्छ? कमेन्टमा आफ्नो विचार लेख्नुहोला! 👇

सीमा विवादमा रवि लामिछानेको सन्देश, ‘ढोल बजाएर होइन, कूटनीतिक रूपमा समाधान खोज्नुपर्छ’काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार...
06/05/2026

सीमा विवादमा रवि लामिछानेको सन्देश, ‘ढोल बजाएर होइन, कूटनीतिक रूपमा समाधान खोज्नुपर्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयहरू सार्वजनिक हल्ला र नाराभन्दा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।

पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सीमा विवादको विषयलाई जिम्मेवार र चरणबद्ध ढंगले उठाउनुपर्ने धारणा राखेका हुन्।

सीमा विवादबारे सोधिएको प्रश्नमा उनले कूटनीतिक च्यानल सक्रिय गरेर समस्या समाधानतर्फ अघि बढ्नुपर्ने बताए। “यस्ता विषय ढोल बजाएजस्तो गरेर हुँदैन, आफ्नो देशको हित हुने ठाउँमा चरणबद्ध रूपमा कुरा राख्नुपर्छ,” उनले भने।

लामिछानेले कूटनीति लोकप्रियता हासिल गर्ने माध्यम नभई राष्ट्रिय हित र समस्या समाधानसँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गरे। उनले अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा जिम्मेवारी र संवेदनशीलता नबुझी गरिने अभिव्यक्तिले अपेक्षित परिणाम नदिने पनि बताए।

पछिल्लो समय नेपाल–भारत सीमा विवादबारे विभिन्न राजनीतिक अभिव्यक्तिहरू सार्वजनिक भइरहेका बेला लामिछानेको यो धारणा आएको हो। उनले नेपालले आफ्नो राष्ट्रिय हितका विषय उचित समय, उचित मञ्च र कूटनीतिक प्रक्रियामार्फत उठाउँदै आएको र भविष्यमा पनि त्यसैगरी उठाउनुपर्ने बताए।

सुधन गुरुङले क्लिन चिट पाएको खुलासा भएको छ । सुधनका सन्दर्भमा छानबीन गर्न बनेको समितिले प्रधानमन्त्री बालेन शाहलाई बुझाए...
06/05/2026

सुधन गुरुङले क्लिन चिट पाएको खुलासा भएको छ । सुधनका सन्दर्भमा छानबीन गर्न बनेको समितिले प्रधानमन्त्री बालेन शाहलाई बुझाएको प्रतिवेदनमा उनी दोषी नभएको कुरा उल्लेख रहेको बुझिएको छ । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री बालेन साहले प्रतिवेदन अध्ययन सकेर उनलाई गृहमन्त्रीमा फर्काउने तयारी गरेका छन् । विवादास्पद व्यवसायीसँगको साँठगाँठ सम्बन्धी आरोप लागेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए भने उनका सन्दर्भमा छानबिन गर्न पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको नेतृत्वमा छानबीन समिति बनेको थियो । समितिले ४५ पृष्ठको प्रतिवेदन बुझाएको छ ।

यो गरिब परिवारको लागि बन्यो भयो नयाँ घर😍 टिकटकमा मिठो मिठो भन्दै चर्चामा आएका समाजसेवी अभिनव बज्राचार्य र तुलसी श्रेष्ठक...
06/05/2026

यो गरिब परिवारको लागि बन्यो भयो नयाँ घर😍 टिकटकमा मिठो मिठो भन्दै चर्चामा आएका समाजसेवी अभिनव बज्राचार्य र तुलसी श्रेष्ठको पहलमा वर्षौंदेखि चुहिने छानोमुनि अभाव र पीडासँग संघर्ष गरिरहेको एक विपन्न परिवारको जीवनमा नयाँ आशा पलाएको छ। उक्त परिवारका लागि नयाँ घर निर्माण भइरहेको छ, जुन अहिले अन्तिम चरणमा पुगेको बताइएको छ। पानी पर्दा भिज्नुपर्ने, हावाहुरीमा त्रासमा बस्नुपर्ने र सुरक्षित ओतको अभाव झेल्दै आएको परिवार अब आफ्नै सुरक्षित घरमा बस्ने आशामा उत्साहित छ। निर्माणाधीन घर उनीहरूका लागि केवल भवन नभई नयाँ जीवनको आधार बनेको छ।

घर निर्माणको प्रगतिसँगै स्थानीय समुदाय र सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया देखिएको छ। धेरैले अभिनव बज्राचार्य र तुलसी श्रेष्ठको मानवीय कार्यको प्रशंसा गर्दै यस्ता अभियानले वास्तविक आवश्यकता भएका परिवारको जीवन परिवर्तन गर्न सक्ने बताएका छन्। मानवता, सहयोग र सद्भावनाले प्रेरित यो अभियानले समाजमा अझै पनि एकअर्काको दुःखमा साथ दिने संस्कार जीवित रहेको सन्देश दिएको छ। धन्यवाद अभिनब र तुलसी सर😍😘❤️

Address

Los Angeles, CA

Alerts

Be the first to know and let us send you an email when LX HUB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LX HUB:

Share