11/26/2025
परिवर्तनका सम्वाहक (ChangeMakers) 2025 का लागि मनोनयन खुला— Nepalism .com ले USA र Canada का परिवर्तनका सम्वाहकहरूलाई सम्मान गर्ने
नेपालिजम डट कमको ChangeMakers (परिवर्तनका संवाहक) ले हाम्रो समाजका अग्रजहरूलाई सम्मान गर्दछ। यो एक वार्षिक सूची हो जसले महत्त्वपूर्ण योगदान पुर्याउने, अरूलाई प्रेरित गर्ने, र आफ्नो प्रभावकारी काम मार्फत अलग पहिचान बनाउने व्यक्ति तथा संस्थाहरूलाई मान्यता दिन्छ।
Nepalism .com’s ChangeMakers honors the trailblazers of our society. It is an annual listing that recognizes individuals and organizations who have made significant contributions, inspired others, and stood out through their impactful work.
Exclusive: — न्यू जर्सी: आफ्नो प्रभावशाली वार्षिक परम्परालाई निरन्तरता दिँदै, नेपालिजमले आधिकारिक रूपमा ChangeMakers 2025 (USA & Canada): People Who Made a Difference का लागि मनोनयन खुला गरेको छ — यो कार्यक्रम समुदायमा सेवा, नेतृत्व, नवीनता तथा रूपान्तरणकारी प्रभावमार्फत योगदान पुर्याइरहेका नेपाली–अमेरिकी अग्रदूतहरूलाई सम्मानित गर्ने उद्देश्यले सुरु गरिएको हो।
सन् २०२० देखि, नेपालिजमको ChangeMakers सूचीले समाजमा उल्लेखनीय योगदान गर्ने, आफ्नो कामबाट अरूलाई प्रेरित गर्ने, र गर्वका साथ नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ। 2025 संस्करणले यही परम्परालाई निरन्तरता दिँदै, संयुक्त राज्य अमेरिका र क्यानडाभरि सकारात्मक परिवर्तन ल्याउन सफल व्यक्तित्वहरूको योगदानलाई उजागर गरिनेछ।
#परिवर्तनकासम्वाहक
Read details news at:
नेपालिजम डट कम (Nepalism.com) को ChangeMakers (परिवर्तनका संवाहक) ले हाम्रो समाजका अग्रजहरूलाई सम्मान गर्दछ। यो एक वार्षिक सूची हो ....