09/14/2026
सशस्त्र सहायक हवल्दार खड्काले गु*माए बसको ठ*क्करबाट ज्या*न
सशस्त्र प्रहरी बलका सहायक हवल्दार सुदीप खड्काको बसको ठक्क*रबाट नि*धन भएको छ ।
मोरङको बूढीगंगामा सोमबार साँझ बसको ठक्करबाट गम्भी*र घा*इते भएका खड्काको उपचारको क्रममा मृ*त्यु भएको जनाइएको छ ।
कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले खड्काले चलाएको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठ*क्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक बूढीगंगा–४ का ३६ वर्षीय खड्का गम्भीर घाइते भएका थिए । टाउको, छाती, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चो*ट लागेका उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो।
उपचारकै क्रममा साँझ ६ः५२ बजे चिकित्सकले मृ*त घोषणा गरेको प्रहरीले जनाएको छ । खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णपट्टी, सप्तरीमा कार्यरत रहेको खुलेको छ।
दिवंगत खड्काप्रति हार्दिक श्रद्धाञ्जली !