04/23/2026
मेरो साथीले 350cc को नयाँ बुलेट बाईक किन्यो, ताकि आफ्नो गर्लफ्रेन्डलाई Long Drive घुमाउन सकुँ।
तर, बुलेट बाईकको चर्को आवाजको कारणले ड्राइभिङको बेलामा गर्लफ्रेन्डसँग कुरा हुन पाएन।
रिस उठेर उसले घाटा खाएरै बुलेट बाईक बेच्यो र Honda Bike किन्यो। बल्ल उसले भनेजस्तो Long Drive मा जाँदा गर्लफ्रेन्डसँग कुरा गर्न पायो। बुलेट बाइकले जस्तो ठूलो आवाज थिएन्।
समयले पंखा लगाएर उड्दै थियो। हेर्दा हेर्दै २ बर्ष बित्यो, कसरी बित्यो दुबैले थाहा नै पाएनन्। दुबैले जीउँने मर्नेको कसम खाएका थिए।
साथीको राम्रो जागीर थियो, राम्रै कमाउँथ्यो। यता केटीमा कुनै समस्या थिएन्। दुबैको पारिवारिक सहमतिमै उनीहरुको धुमधाम बिहे भयो।
बिहेको एक बर्षपछि साथीले Honda Bike बेचेर फेरि 500cc को बुलेट बाइक किन्यो।
#खित्कै_खित्का