Prema & Ram Digital

Prema & Ram Digital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prema & Ram Digital, Digital creator, San Leandro, CA.

म प्रेमा राई,
“ म एक सफल अनलाईन् डिजिटल व्यवसायी!
डिजिटल व्यवसायले मेरो जीवनमा नयाँ मोड ल्याएको छ।
अब म यो यात्रामा जोडिनु ईच्छुक हुने सबैलाई साथ र सहयोग गर्न तयार छु।”💫
आउनुहोस् संगै अघि बढौं!

01/07/2026

“वहाँले भन्नुभएको कुरा एकदमै सही लाग्यो। हामी आमाहरूले घर, बच्चा, परिवार र आफ्नै सपनाहरूबीच सधैं सन्तुलन मिलाउनुपर्छ। कहिलेकाहीँ आफ्नै लागि समय निकाल्न पनि गाह्रो हुन्छ। तर अहिलेको डिजिटल जमानामा, घरमै बसेर आफ्नै समयअनुसार केही गर्न सकिन्छ भन्ने कुरा बुझाईदिनु भएकोमा धेरै धन्यबाद्। यही कुराले सबैलाई प्रेरणा मिल्न सक्छ।

प्रेमा राई

सायद म अझै तयार छैन।”भन्ने वाक्यलेकति सपना रोकिएका छन्,कति अवसर ढाकिएका छन्—कहिल्यै गनेको छ?तयारी सधैं बाहिरी कुरा हुँदै...
01/07/2026

सायद म अझै तयार छैन।”
भन्ने वाक्यले
कति सपना रोकिएका छन्,
कति अवसर ढाकिएका छन्—
कहिल्यै गनेको छ?

तयारी सधैं बाहिरी कुरा हुँदैन।
कहिलेकाहीँ
हामीलाई समयले होइन,
हामीभित्रको डरले रोकिरहेको हुन्छ।

सबै कुरा बुझेर
सबै कुरा मिलाएर
अगाडि बढ्ने मानिसहरू
अत्यन्तै कम हुन्छन्।

तर जो अघि बढ्छन्,
उनीहरू एउटै कुरा गर्छन्—
डरलाई साथमै लिएर कदम चाल्छन्।

साहस शान्त हुँदैन।
साहस काँपिरहेको हुन्छ,
तर रोकिँदैन।

अवसर कहिल्यै
“सबैभन्दा तयार” खोज्दैन।
अवसरले खोज्छ—
जो आफूमा विश्वास गर्न
एकपटक भए पनि तयार हुन्छ।

धेरै कुर्नेहरूले
धेरै मौका छुटाउँछन्।

अब रोक्ने बहाना होइन,
अब सुरु गर्ने निर्णय चाहिएको हो।

वयो क्षण तपाईको हो।⭐️

प्रेमा राई

01/07/2026

Day— 2

The Magic Rock

एकछिन् सोच्नुहोस् त!अब जीवन केवल काम गरेर थाक्ने  होइन,समयको पछि दौडिने बाध्यता होइन,र अरूको सोचले आफ्ना निर्णय तय हुने ...
01/06/2026

एकछिन् सोच्नुहोस् त!

अब जीवन केवल काम गरेर थाक्ने होइन,
समयको पछि दौडिने बाध्यता होइन,
र अरूको सोचले आफ्ना निर्णय तय हुने युग पनि होइन।

आज महिलाले रोज्ने बाटो फरक छ—
जहाँ काम शरीरलाई बोझ होइन,
आत्मालाई सशक्त बनाउने माध्यम हुन्छ।

आफ्नै व्यवसाय, आफ्नै गति,
बच्चासँग बिताउने समय पनि आफ्नै नियन्त्रणमा,
आय र आत्मसम्मान दुवै सँगसँगै बढ्ने जीवन।

घर र करियरबीच रोज्नुपर्दैन,
किनकि दुवै सन्तुलनमा राख्न सकिने विकल्प छ।

यही हो आजको सचेत, आत्मनिर्भर र स्मार्ट जीवनशैली। ✨
यदि तपाईं पनि यस्तै परिवर्तनको खोजीमा हुनुहुन्छ भने,
मसँग जोडिनुहोस्—
वा मेरो वेबसाइटबाट register गरेर
free webinar मार्फत आफैं अनुभव गर्नुहोस्।

प्रेमा राई

01/06/2026

28 Days Gratitude Challenges
Count Your Blessings

हिजो साँझ ६:४५ बजे—फुल–टाइम कामबाट थाकेको शरीर लिएरघर फर्किँदा मेलबक्स खोल्छु,र त्यहाँ व्यवसायबाट आएको blessings देख्छु।...
01/04/2026

हिजो साँझ ६:४५ बजे—

फुल–टाइम कामबाट थाकेको शरीर लिएर
घर फर्किँदा मेलबक्स खोल्छु,
र त्यहाँ व्यवसायबाट आएको blessings देख्छु। 🙏

मेरो सकारात्मक सोचकै कारण
आज दिनदिनै जीवनमा परिवर्तन आइरहेको छ।
जब आफूलाई विश्वासका साथ
अगाडि बढाइन्छ,
तब सफलताका बाटाहरू आफैं खुल्दै जान्छन्।

सफलता कहीँ बाहिर खोज्नुपर्दैन—
त्यो त हाम्रै भित्र हुन्छ।
त्यसलाई चिन्ने आँट गर्नुपर्छ,
र आफ्नै क्षमतामा भरोसा गर्न जान्नुपर्छ। ✨

यदि तपाईं पनि
आफ्नो जीवनमा परिवर्तन चाहनुहुन्छ भने—
सोच मात्र होइन, आजै Action लिनुहोस्।
सानो कदमबाट सुरु गर्नुहोस्,
किनकि Action बिना सपना, केवल कल्पना मात्र हुन्छ।

प्रेमा राई

💥यो अद्भुत प्लेटफर्ममा तपाईंहरु                               सबैलाई हार्दिक स्वागत छ।🌟यहाँ पुग्नु भनेको केवल एउटा निर्ण...
01/03/2026

💥यो अद्भुत प्लेटफर्ममा तपाईंहरु
सबैलाई हार्दिक स्वागत छ।🌟

यहाँ पुग्नु भनेको केवल एउटा निर्णय मात्र होइन,
आफ्नो भविष्य आफैं निर्माण गर्ने साहसिक कदम हो।

तपाईं सबैले आफ्नो action लिएर अगाडि बढ्नु भएको छ,
र यही निर्णय — यही निरन्तरता —
तपाईंहरूको सफलताको साँचो सुरुवात हो।

यात्रा सधैं सजिलो नहुन सक्छ,
तर सही प्लेटफर्म, सही सोच र सही समुदायसँग
सपना लक्ष्यमा रूपान्तरण हुनु केवल समयको कुरा मात्र हो।

फेरि एकपटक,
यो नयाँ सुरुवातका लागि धेरै–धेरै बधाई 🎉
अगाडि बढिरहनुहोस् —
तपाईंहरूको सफलताको कामना।🚀

प्रेमा राई

✨ ⭐️नयाँ वर्ष २०२६ को शुभकामना 💥✨सबै आफन्त, साथीभाइप्रतिनयाँ वर्ष २०२६ को हार्दिक शुभेच्छा।यो नयाँ वर्षलेसबैको जीवनमा उन...
01/01/2026

✨ ⭐️नयाँ वर्ष २०२६ को शुभकामना 💥✨

सबै आफन्त, साथीभाइप्रति
नयाँ वर्ष २०२६ को हार्दिक शुभेच्छा।

यो नयाँ वर्षले
सबैको जीवनमा उन्नति, प्रगति
र सकारात्मक परिवर्तन ल्याओस्।

सबैको सफलताको यात्रा
नजिकबाट देख्न पाउने अवसर मिलोस्। 🌱
प्रेमा राई

🌟 नयाँ यात्रामा हार्दिक स्वागत छ! 🌟आज तपाईंले केवल एउटा business join गर्नुभएको छैन,तपाईंले नयाँ सोच, नयाँ सम्भावना र नय...
12/30/2025

🌟 नयाँ यात्रामा हार्दिक स्वागत छ! 🌟

आज तपाईंले केवल एउटा business join गर्नुभएको छैन,
तपाईंले नयाँ सोच, नयाँ सम्भावना र नयाँ भविष्यतर्फको ढोका खोल्नुभएको छ।

यो प्लेटफर्म सपना देख्नेहरूका लागि मात्र होइन,
सपना पूरा गर्न action लिने साहसी मनहरूका लागि हो।
यहाँ अनुभवभन्दा ठूलो कुरा इच्छाशक्ति हो,
डरभन्दा ठूलो कुरा निर्णय हो,
र एक्लोपनभन्दा ठूलो कुरा टिमवर्क हो।

हामी विश्वास गर्छौं—
✔️ सही सिस्टम
✔️ निरन्तर सिकाइ
✔️ सहयोगी टिम
✔️ र स्पष्ट उद्देश्य
भए कुनै पनि पृष्ठभूमिबाट आएको व्यक्ति सफल हुन सक्छ।

यो यात्रामा तपाईं एक्लै हुनुहुन्न।
यहाँ तपाईंलाई सिकाउने, साथ दिने र अघि बढाउने टिम छ।
गल्तीहरू सिकाइ बन्छन्,
संघर्षहरू शक्ति बन्छन्,
र तपाईंको growth हाम्रो collective success बन्छ।

आजको “हो” भोलिको गर्व बन्न सक्छ।
आजको सानो कदमले भोलि ठूलो परिवर्तन ल्याउन सक्छ।
धैर्य राख्नुहोस्, निरन्तरता अपनाउनुहोस्,
र आफ्नै क्षमतामाथि विश्वास गर्न नछोड्नुहोस्।

✨ Welcome to a community where growth is intentional, support is real, and possibilities are unlimited. ✨
हामी तपाईंको यात्राको साक्षी मात्र होइन,
सफलताको साथी बन्न पाउँदा गर्व महसुस गर्छौं।

🚀 Let’s grow, learn, and win together! 🚀

Prema Rai

शरीर अलि सुस्त हुन सक्छ,      दैनिक जिम्मेवारीले थकान पनि दिन सक्छ।      तर भविष्य देख्ने आँखालाई,       थकानले रोक्ने अ...
12/29/2025

शरीर अलि सुस्त हुन सक्छ,
दैनिक जिम्मेवारीले थकान पनि दिन सक्छ।
तर भविष्य देख्ने आँखालाई,
थकानले रोक्ने अधिकार कहाँ हुन्छ र! ✨

किनकि सपना देख्नु कमजोरी होइन,
यो त आफू र परिवारको भोलिलाई
आजमै फरक बनाउने साहस हो।
आजको सानो कदम नै
भोलिको ठूलो परिवर्तन बन्छ।

प्रेमा राई

12/29/2025

Sunday Family day❤️❤️

12/28/2025

Address

San Leandro, CA
94579

Alerts

Be the first to know and let us send you an email when Prema & Ram Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share